
Top News
Stay informed and invest with latest NEPSE news and analysis.

3 min read
नेप्से २७०० माथि टिके पनि बजारमा अझै अन्योल, प्राविधिक सूचकले देखाए सतर्कताको संकेत साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ । अघिल्लो कारोबार दिन सुधार देखिएको बजार सोमबार भने झिनो अंकले घट्दै बन्द भएको हो । दिनभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा खरीद र बिक्री दबाब लगभग बराबरी हुँदा नेप्से सामान्य गिरावटसहित रोकिएको विश्लेषण गरिएको छ ।
NEPSE TRADING
·18 May, 2026

1 min read
राजनीतिक स्थिरता र उत्पादनमुखी नीति बिना अर्थतन्त्र सुधार कठिन
NEPSE TRADING
·18 May, 2026

1 min read
फेड नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी
NEPSE TRADING
·17 May, 2026

<1 min read
बाँकेको रिसोर्टमा जुवातास खेल्दै गरेका १३ जना पक्राउ
NEPSE TRADING
·17 May, 2026

1 min read
नयाँ वर्षसँगै बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधार
NEPSE TRADING
·17 May, 2026

1 min read
ऊर्जा विकासमा कानुनी गाँठो, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको विकासमा देखिएका कानुनी र प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । संस्थाले ऊर्जा उत्पादनका महत्वाकांक्षी लक्ष्यहरू बारम्बार घोषणा भए पनि कार्यान्वयन भने कानुनी जटिलतामै अल्झिएको जनाएको छ ।
NEPSE TRADING
·16 May, 2026

2 min read
स्पेसएक्सको आईपीओ तयारीले विश्व बजारमा हलचल एलन मस्कको कम्पनीले उठाउन सक्छ ८० अर्ब डलरभन्दा बढी लगानी अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ अब सेयर बजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले आगामी जुन १२ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरिरहेको छ । यदि योजना अनुसार प्रक्रिया अघि बढ्यो भने स्पेसएक्सको आईपीओ विश्वकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासनमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।
NEPSE TRADING
·16 May, 2026

2 min read
डलरको ऐतिहासिक उकालो, नेपाली अर्थतन्त्रमाथि बढ्दो दबाब आयात खर्च चुलिने संकेत, महँगी बढ्ने चिन्ता गहिरियो नेपालमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार अमेरिकी १ डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा पुगेको छ । नेपाली रुपैयाँविरुद्ध डलर यति बलियो बनेको यो पहिलो पटक हो । पछिल्ला दिनमा लगातार उकालो लागिरहेको डलरले अर्थतन्त्रमा नयाँ दबाब थप्न थालेको विश्लेषण गरिएको छ ।
NEPSE TRADING
·16 May, 2026

3 min read
उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोड स्वर्णिम वाग्लेले सार्वजनिक गरे आगामी बजेटका प्राथमिकता ‘थिति बसाल्ने’ नारासहित संरचनागत सुधारमा केन्द्रित हुने संकेत सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक पुनःसंरचना, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फ केन्द्रित गर्ने संकेत दिएको छ । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै आगामी बजेट “रोजगारी, उत्पादन र सुशासन” मा आधारित हुने बताएका हुन् ।
NEPSE TRADING
·15 May, 2026

3 min read
ठूला उद्योगभन्दा आईटी र साना व्यवसायतर्फ आकर्षण लगानी प्रतिबद्धता बढ्दा पनि ‘नेट इन्फ्लो’ माथि प्रश्न नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वरूप पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बदलिन थालेको देखिएको छ । विगतमा जलविद्युत, ठूला उत्पादनमूलक उद्योग वा पूर्वाधार परियोजनामा केन्द्रित विदेशी लगानी अहिले सूचना प्रविधि, साना उद्यम र कृषि–आधारित व्यवसायतर्फ मोडिन थालेको संकेत उद्योग विभागको पछिल्लो तथ्यांकले दिएको छ ।
NEPSE TRADING
·15 May, 2026

3 min read
बजेटअघि बढ्यो अपेक्षा सुस्त अर्थतन्त्र चलायमान बनाउने दबाबमा सरकार निजी क्षेत्र, युवा र बजार सबैको नजर आगामी बजेटमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नजिकिँदै जाँदा सरकारमाथि आर्थिक गतिविधि चलायमान बनाउने दबाब बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सुस्त बन्दै गएको अर्थतन्त्र, निजी क्षेत्रको घट्दो मनोबल र तीव्र रूपमा बढिरहेको युवाको विदेश पलायनका बीच आउने बजेटलाई धेरैले निर्णायक अवसरका रूपमा हेर्न थालेका छन् । विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा “नयाँ सोचसहितको बजेट” ल्याउने संकेत दिएपछि निजी क्षेत्रदेखि सर्वसाधारणसम्मको चासो बढेको हो ।
NEPSE TRADING
·15 May, 2026

3 min read
महालेखाको प्रतिवेदनले देखायो वित्तीय अनुशासन कमजोर सरकारी निकायमा हुने खर्चको पारदर्शिता र आर्थिक अनुशासनमाथि फेरि गम्भीर प्रश्न उठेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले बेरुजु रकम निरन्तर बढिरहेको तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार हालसम्म फर्छ्यौट हुन बाँकी कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ । यस्तो अवस्था देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत सार्वजनिक निकायको जवाफदेहिताप्रति चिन्ता व्यक्त गरेका छन् ।
NEPSE TRADING
·15 May, 2026

2 min read
अधिक तरलताबीच बैंकहरूको ब्याजदर स्थिर, केहीले घटाए निक्षेपको प्रतिफल काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर अधिकांश रूपमा स्थिर राखेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहँदा र कर्जा माग सुस्त बनेपछि बैंकहरू अहिले निक्षेप तान्नभन्दा लागत व्यवस्थापनमा केन्द्रित देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको नयाँ ब्याजदर विवरणले बैंकिङ क्षेत्रमा कम ब्याजदरको वातावरण अझै कायम रहेको संकेत गरेको छ ।
NEPSE TRADING
·14 May, 2026

1 min read
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला ३०० रुपैयाँले बढेर तीन लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ। पछिल्लो समय चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।
NEPSE TRADING
·14 May, 2026

1 min read
यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन १० प्रतिशत हकप्रदमार्फत कम्पनीले २३ करोडभन्दा बढी पूँजी थप्दै United Ajod Insurance Limited ले निष्काशन गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय आजबाट सकिँदैछ । कम्पनीले चैत २६ गतेदेखि विद्यमान शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
NEPSE TRADING
·14 May, 2026