
विद्युत बिक्री आम्दानी बढेपनि अपि पावरको नाफा घट्यो
अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.२४ प्रतिशतले बढी हो। तर, सञ्चालन मुनाफा घट्नु र वित्तीय खर्च बढ्नुका कारण खुद नाफा ४.९९ प्रतिशतले घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा रहेको छ।


















