
धौलागिरी लघुवित्तका प्रवर्द्धक तथा कर्मचारी सेयरको लक–इन अवधि सकिँदैLock-in Period of Promoters’ and Employees’ Shares of Dhaulagiri Laghubitta Nears Expiry
धौलागिरी लघुवित्तका प्रवर्द्धक तथा कर्मचारी सेयरको लक–इन अवधि सकिँदै धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (DLBS) ले आफ्नो प्रवर्द्धक तथा कर्मचारी सेयरको लक–इन अवधि आगामी असोज १९ गते, २०८२ मा समाप्त हुने जानकारी सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी हालैको निर्देशिका अनुसार, कम्पनीले लगानीकर्ता तथा सरोकारवालालाई प्रवर्द्धक र कर्मचारीले राखेका सेयरको लक–इन अवधि समाप्त हुने जानकारी गराएको हो। धौलागिरी लघुवित्तका कुल १३ लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भइसकेका छन्। तीमध्ये प्रवर्द्धकले २ लाख १ हजार कित्ता र कर्मचारीले १ हजार ५०० कित्ता सेयर राखेका छन्, जुन तीन वर्षअघि आईपीओ बाँडफाँड भएपछि लक–इन अवधिमा रहेका थिए।Lock-in Period of Promoters’ and Employees’ Shares of Dhaulagiri Laghubitta Nears Expiry Dhaulagiri Laghubitta Bittiya Sanstha Limited (DLBS) has published a notice announcing that the lock-in period of its promoters’ and employees’ shares will expire on Ashwin 19, 2082. As per the recent guidelines issued by the Securities Board of Nepal (SEBON), the company has officially informed its investors and stakeholders about the conclusion of the lock-in period for these shares.


















