
हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि पुनः उत्पादन सुरुHetauda Cement Industry Resumes Production After Five Months
हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि पुनः उत्पादन सुरु करिब पाँच महिनाको लामो अन्तरालपछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरेको छ। विद्युत् आपूर्तिको अभावमा बन्द रहेको यो उद्योगले नियमित विद्युत् आपूर्ति भएसँगै आफ्नो उत्पादन प्रक्रिया फेरि सुरु गरेको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार सिमेन्ट उत्पादनका लागि आवश्यक चुनढुंगा पेल्न दैनिक आठ मेगावाट विद्युत् चाहिन्छ। विद्युत् आपूर्तिमा आएको नियमितताले उत्पादन कार्य सहज भएको उनले बताए। हाल उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला जगेडामा राखिएको छ भने दोस्रो चरणमा करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए।Hetauda Cement Industry Resumes Production After Five Months After nearly five months of closure, Hetauda Cement Industry has resumed cement production starting today. The industry, which had been shut down due to a lack of electricity, has restarted its operations following the restoration of a stable power supply. According to Acting General Manager Naveen Kumar Karna, the industry requires eight megawatts of electricity daily to crush limestone, a key component in cement production. He stated that the resumption of a consistent power supply has enabled the restart of production. Currently, 1,900 metric tons of coal, necessary for the industry’s operations, have been kept in reserve, while preparations are underway to procure approximately 4,000 metric tons of coal through a tender process in the second phase, Karna added.


















