
स्नो रिभर्स लिमिटेडको आईपीओ बैशाख २९ देखि खुल्दै, सर्वसाधारणका लागि ७.७८ लाख कित्ता निष्काशनSnow Rivers Limited to Launch IPO for General Public from Baisakh 29
स्नो रिभर्स लिमिटेडको आईपीओ बैशाख २९ देखि खुल्दै, सर्वसाधारणका लागि ७.७८ लाख कित्ता निष्काशन काठमाडौँ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले आगामी बैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको शेयर बाँडफाँट सम्पन्न भइसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई लक्षित गर्दै आईपीओ खुलाउन लागिएको हो।Snow Rivers Limited to Launch IPO for General Public from Baisakh 29 Kathmandu — Snow Rivers Limited is set to issue its Initial Public Offering (IPO) to the general public starting from Baisakh 29, following the successful allotment of shares to project-affected locals and Nepali workers employed abroad. The company is now entering the second phase of its public offering, targeting retail investors.
















