
1 min read
नेपाल टेलिकमको नाफामा गिरावट, सञ्चालन आम्दानीमा सुधार
नेपाल टेलिकमको नाफामा गिरावट, सञ्चालन आम्दानीमा सुधार नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो छ महिनाको नाफा र घाटासम्बन्धी वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको देखिएको छ। कम्पनीले बिहीबार जारी गरेको वित्तीय विवरण अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको खुद मुनाफा १२.९८ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यद्यपि, मुनाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आयमा सामान्य सुधार देखिएको छ। नेपाल टेलिकमका अनुसार, यस अवधिमा कुल सञ्चालन आय १.७३ प्रतिशतले बढेर १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ।
NEPSE TRADING
·12 Feb, 2026


















