
1 min read
नेप्से निरन्तर ओरालो, सूचक र कारोबार दुबैमा गिरावट
मंगलबार Nepal Stock Exchange (नेप्से) परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा बन्द भएको छ। साताको सुरुदेखि नै घट्दो क्रममा रहेको बजारमा कारोबार रकम पनि घटेर ८ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। अधिकांश उपसमूह घटेका छन् भने म्युचुअल फण्ड र व्यापार उपसमूह मात्र सामान्य बढेका छन्। विकास बैंक उपसमूह सर्वाधिक घट्दा बजार समग्रमा दबाबमा देखिएको छ।
NEPSE TRADING
·10 Feb, 2026


















