
सिन्धुलीमा नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट, ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामदArmed Robbery at Nepal SBI Bank in Sindhuli: Four Arrested, Over NPR 180 Million Recovered
सिन्धुलीमा नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट, ४ जना पक्राउ, १ करोड ८० लाखभन्दा बढी रकम बरामद सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–२ बस्तीपुरस्थित Nepal SBI Bank को हायुटार शाखामा मंगलबार राति सशस्त्र लुटपाट भएको छ। नकाबधारी पाँच–छ जनाको समूहले बैंकमा प्रवेश गरी लुटपाट गर्दा एक जना सुरक्षा गार्ड घाइते भएका छन् भने ठूलो रकम लुटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब ८:४० बजे लुटेराहरूले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि बैंकका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएका थिए। लुटेराहरू भाग्ने क्रममा स्थानीयको होहल्लापछि केही रकम बोकेको बोरा घटनास्थलमै छाडेर भागेको र थप खोजतलासका क्रममा घटनास्थलको २–३ किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानबाट रकम फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हालसम्म १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको छ।Armed Robbery at Nepal SBI Bank in Sindhuli: Four Arrested, Over NPR 180 Million Recovered Sindhuli: An armed group carried out a robbery at the Nepal SBI Bank branch located in Ghyanglekh Rural Municipality–2, Bastipur–Hayutar, on Tuesday night. Police have arrested four suspects in connection with the incident and recovered a significant portion of the stolen cash. According to the District Police Office, Sindhuli, the robbery occurred at around 8:40 PM when a group of five to six masked individuals entered the bank premises. The assailants overpowered the security guard, Rudra Bahadur Karki, injuring him with a khukuri, and took bank staff under control before looting the cash vault.


















