
मार्जिन कारोबार : आगामी फागुन १ गतेदेखि लागू हुने EBON Approves New Margin Trading Directive; Implementation from mid-February
मार्जिन कारोबार : आगामी फागुन १ गतेदेखि लागू हुने नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा तरलता बढाउने र लगानीको दायरा फराकिलो बनाउने उद्देश्यसहित नयाँ 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' स्वीकृत गरेको छ। बोर्डको पछिल्लो बैठकले यसअघि कार्यान्वयनमा रहेको २०७४ को निर्देशिकालाई खारेज गर्दै आगामी फागुन १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था गरेको हो। नयाँ निर्देशिका अनुसार अब लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) बाट ऋण लिएर शेयर खरिद गर्न पाउने बाटो थप सहज भएको छ। यो व्यवस्थामा लगानीकर्ताले आफूसँग भएको केही रकम 'प्रारम्भिक मार्जिन' का रूपमा राखेर बाँकी रकम ब्रोकरबाट सापट लिई शेयर खरिद गर्न सक्नेछन्। शेयरको मूल्यमा आउने गिरावटलाई मध्यनजर गर्दै लगानीकर्ताले सधैँ २० प्रतिशत 'सम्भार मार्जिन' कायम राख्नुपर्नेछ, अन्यथा ब्रोकरले 'मार्जिन कल' मार्फत थप रकम माग गर्ने अधिकार पाएको छ। बोर्डले बजारको स्थायित्वका लागि सबै कम्पनीको शेयरमा मार्जिन सुविधा नदिने नीति लिएको छ। EBON Approves New Margin Trading Directive; Implementation from mid-February KATHMANDU — In a major move to boost liquidity and expand investment avenues in the capital market, the Securities Board of Nepal (SEBON) has approved the 'Margin Trading Facilities Directive, 2026 (2082 BS)'. Replacing the previous 2017 guidelines, the new directive is set to come into effect on February 13 (Falgun 1). Under the new provisions, stockbrokers are now empowered to provide credit directly to investors for purchasing shares. This "Margin Trading" facility allows investors to purchase stocks by depositing a portion of the total cost as "Initial Margin," while borrowing the remainder from the broker.


















