
नेपाल राष्ट्र बैंकले १७५ दिनका लागि फेरि ४० अर्ब निक्षेप संकलन गर्दैNepal Rastra Bank to Collect Additional NPR 40 Billion Deposit for 175 Days
नेपाल राष्ट्र बैंकले १७५ दिनका लागि फेरि ४० अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि फेरि लामो अवधिको निक्षेप संकलन गर्न लागेको छ। बजारमा कर्जाको माग घट्दै गएको र लगानीयोग्य पूँजी बैंक तथा वित्तीय संस्थामा थुप्रिँदै गएपछि केन्द्रीय बैंकले लामो अवधिका लागि निक्षेप उठाउने रणनीति अपनाएको हो। विगत दुई वर्षयता बजारमा कर्जाको मागमा ठूलाे वृद्धि नदेखिँदा बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता (excess liquidity) बढ्दै गएको छ। यसअघि राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप संकलन गर्दै आएकोमा, अहिले भने ६ महिनासम्म (१७५ दिन) का लागि निक्षेप उठाउन थालेको छ। गत बुधबार १७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पुनः १७५ दिनकै लागि थप ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। यसअघि राष्ट्र बैंकले ४ देखि ५६ दिन अवधिसम्मका निक्षेप उपकरणमार्फत तरलता संकलन गर्दै आएको थियो। पछिल्लो समयमा जेनजी आन्दोलनपछि निजी क्षेत्रका कम्पनीहरूमा तोडफोड र आगजनीका घटनाहरू बढेपछि, लगानी वातावरण कमजोर बनेको र कर्जाको माग घटेको पृष्ठभूमिमा राष्ट्र बैंकले यो नीति अवलम्बन गरेको हो।Nepal Rastra Bank to Collect Additional NPR 40 Billion Deposit for 175 Days Nepal Rastra Bank (NRB) has decided to once again collect long-term deposits from the market to manage excess liquidity in the financial system. As loan demand remains weak and investable funds continue to pile up within banks and financial institutions, the central bank has opted for longer-term deposit instruments to absorb liquidity. For the past two years, credit demand in the market has remained sluggish, resulting in a steady accumulation of excess liquidity in the banking sector. While NRB previously used to collect short-term deposits, it has now begun accepting deposits for up to six months (175 days). Last Wednesday, the central bank absorbed NPR 40 billion for 175 days, and today it plans to collect another NPR 40 billion for the same duration. Previously, NRB had been collecting deposits for periods ranging between 4 and 56 days.


















