
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजEverest Bank’s Dividend Record Date: Today Is the Last Day to Secure Eligibility
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पाउनका लागि आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि असोज २४ गते (भोलि) बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। बैंकले चालु आर्थिक वर्षको सञ्चित मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो प्रस्तावित लाभांश आगामी साधारण सभाबाट स्वीकृत भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।Everest Bank’s Dividend Record Date: Today Is the Last Day to Secure Eligibility Kathmandu — Today (October 9) is the last trading day for investors to be eligible for Everest Bank Limited’s proposed dividend from the fiscal year 2081/82. The bank has announced a book closure on Ashoj 24 (October 10) for the purpose of dividend distribution and its upcoming annual general meeting (AGM). Therefore, only those shareholders whose names are recorded in NEPSE by the end of today’s trading session will be eligible to receive the dividend and attend the AGM.


















