
बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति र कर्जा अपलेखन दोब्बरले बढ्योNon-Banking Assets and Loan Write-Offs Surge in BFIs
बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति र कर्जा अपलेखन दोब्बरले बढ्यो आर्थिक गतिविधिमा आएको सुस्ततालाई कारण देखाउँदै बैंक तथा वित्तीय संस्थामा गैर-बैंकिङ सम्पत्ति (NBA) र कर्जा अपलेखन (Write-off) तीव्र गतिमा बढेको छ। पछिल्लो एक वर्षमै गैर-बैंकिङ सम्पत्ति ४२ प्रतिशतले बढ्दा, कर्जा अपलेखन भने ११६ प्रतिशतले उक्लिएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मिलाएर कुल गैर-बैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ३५ अर्ब ५० करोड मात्र थियो। यसरी एक वर्षमै १५ अर्बभन्दा बढीको थप गैर-बैंकिङ सम्पत्ति देखिएको हो। वाणिज्य बैंकको मात्रै गैर-बैंकिङ सम्पत्ति ४२ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।Non-Banking Assets and Loan Write-Offs Surge in BFIs Kathmandu — Non-banking assets (NBA) and loan write-offs in banks and financial institutions (BFIs) have surged sharply as sluggish economic activities weakened borrowers’ repayment capacity. In the last fiscal year alone, NBAs rose by 42%, while loan write-offs jumped by 116%. According to Nepal Rastra Bank data, by the end of the last fiscal year, the combined NBAs of commercial banks, development banks, and finance companies reached NPR 50.55 billion, up from NPR 35.50 billion a year earlier — an increase of more than NPR 15 billion. Commercial banks alone hold NBAs worth NPR 42.77 billion.


















