
सोपान फर्मास्यूटिकल्स लिमिटेड को आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताSopan Pharmaceuticals Limited IPO Opens From Today, Priority Given to Nepalis Working Abroad
सोपान फर्मास्यूटिकल्स लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आज (चैत ९ गते) देखि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ। बाँकी शेयर सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि क्रमशः छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर मार्फत दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले केयरएनपी बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।Sopan Pharmaceuticals Limited has opened its IPO from today (Chaitra 9) targeting Nepalis working abroad. Sopan Pharmaceuticals Limited is issuing 4.29 million shares, which is 25 percent of its issued capital, with 10 percent of the shares reserved for Nepalis working abroad. The remaining shares have been allocated to mutual funds, employees, and the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 11,000 shares. The issue manager is NMB Capital Limited, and applications can be submitted through Mero Share. The company has received a CARE-NP B issuer rating from CARE Ratings Nepal.


















