NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 93 / 185Next
    • राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय व्यापारमा संकट, सीमा नाका अवरुद्ध, चाडबाडको तयारीमा असर
      Investor

      राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय व्यापारमा संकट, सीमा नाका अवरुद्ध, चाडबाडको तयारीमा असर Political Instability Triggers Crisis in International Trade, Border Crossings Closed, Festival Preparations Affected

      राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय व्यापारमा संकट, सीमा नाका अवरुद्ध, चाडबाडको तयारीमा असर देशको परिवर्तित राजनीतिक अवस्थासँगै अहिले मुलुकभित्र यातायात तथा सीमा नाका पूर्णरुपमा बन्द भएका छन्। यसले गर्दा नेपाल–भारत र नेपाल–चीनबीचको आयात–निर्यात ठप्प बनेको छ। सीमा नाका अवरुद्ध भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार हाल भारत र चीन दुवैतर्फ जाँचपास प्रक्रिया नै रोकिएको छ। भारततर्फ भारतीय सीमा सुरक्षा बलले यात्रुहरूको आवाजाहीमा कडाइ गरेको छ, जसले गर्दा अत्यावश्यक सामग्री आपूर्ति समेत प्रभावित भएको छ। चीनतर्फका नाकामध्ये रसुवागढीमा मितेरी पुल अझै बनेको छैन भने सडक सुचारु भइसकेको छैन। तातोपानी नाकामा पनि सडक सहज नभएकाले व्यापार अवरुद्ध भएको छ।Political Instability Triggers Crisis in International Trade, Border Crossings Closed, Festival Preparations Affected With the country’s changing political situation, transport services and border checkpoints have been completely shut down, bringing imports and exports between Nepal–India and Nepal–China to a standstill.

      NEPSE TRADING·11 Sep, 2025·1 min read
    • सागर डिष्टिलरीको आईपीओ स्थगित
      Investor

      सागर डिष्टिलरीको आईपीओ स्थगितSagar Distillery IPO Postponed

      सागर डिष्टिलरीको आईपीओ स्थगित सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको प्राथमिक शेयर (IPO) प्रक्रिया स्थगित भएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो। यसअघि, कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने अनुमति पाएको थियो। उक्तमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषहरूलाई, र ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिसकिएको थियो। सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर मात्र बाँकी रहेकोमा आजदेखि आवेदन खुल्ने तयारी थियो। तर, अहिले उक्त प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।Sagar Distillery IPO Postponed Sagar Distillery has postponed its Initial Public Offering (IPO), which was scheduled to open for the general public today (Bhadra 25). In a notice issued on Wednesday, the company’s issue manager, Muktinath Capital, announced that due to the current adverse situation in the country, the public offering process has been suspended until further notice. Earlier, the company had received approval to issue 1,452,000 shares worth Rs. 145.2 million, which is 20% of its paid-up capital of Rs. 726 million.

      NEPSE TRADING·10 Sep, 2025·1 min read
    • जेन–जी आन्दोलन : बैंकका शाखामा तोडफोड, कर्मचारीको चिन्ता, बैंक बन्द, नगद सुरक्षित
      Investor

      जेन–जी आन्दोलन : बैंकका शाखामा तोडफोड, कर्मचारीको चिन्ता, बैंक बन्द, नगद सुरक्षितGen-Z Protest: Bank Branches Vandalized, Employees Concerned, Banks Closed, Cash Safe

      जेन–जी आन्दोलन : बैंकका शाखामा तोडफोड, कर्मचारीको चिन्ता, बैंक बन्द, नगद सुरक्षित देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनले काठमाडौंसहित विभिन्न शहरका बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष असरमा परेका छन्। भ्रष्टाचार नियन्त्रण, असमानता अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको आन्दोलन हिंसात्मक बन्दा बैंकका शाखा, एटीएम र भवनहरूमा तोडफोड भएको छ। बैंकका शाखामा तोडफोड र क्षति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड गरी भल्टसम्म प्रवेश गर्ने प्रयास भए पनि नगद सुरक्षित रहेको छ। त्यस्तै, बत्तिसपुतलीस्थित मारवाडी सेवा समितिको भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्णरूपमा नष्ट भएको छ। बैंकको भल्ट भने सुरक्षित रहेको छ। चितवनको भरतपुर र मोरङको विराटनगरमा रहेको भाटभटेनी स्टोरमा समेत आगजनी हुँदा त्यहाँ रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकका शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क जल्दा त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सरकारी कार्यालयमा आगजनी हुँदा त्यहाँ रहेका बैंक सेवा केन्द्रहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल बैंकर्स संघले जनाएको छ।Gen-Z Protest: Bank Branches Vandalized, Employees Concerned, Banks Closed, Cash Safe The nationwide Gen-Z protest has directly affected banks and financial institutions in Kathmandu and other cities. What began as a movement demanding corruption control, an end to inequality, and the removal of restrictions on social media has turned violent, leading to the vandalism of bank branches, ATMs, and office buildings.

      NEPSE TRADING·10 Sep, 2025·2 min read
    • देशका प्रमुख प्रशासनिक भवनमा आगजनी, सिंहदरबारदेखि संसद भवनसम्म क्षति
      Investor

      देशका प्रमुख प्रशासनिक भवनमा आगजनी, सिंहदरबारदेखि संसद भवनसम्म क्षतिMajor Government Buildings Set Ablaze, From Singha Durbar to Federal Parliament

      देशका प्रमुख प्रशासनिक भवनमा आगजनी, सिंहदरबारदेखि संसद भवनसम्म क्षति काठमाण्डौं उपत्यकासहित देशभर प्रदर्शन चर्किएपछि देशका प्रमुख प्रशासनिक तथा संवैधानिक संरचना आन्दोलनकारीको निशानामा परेका छन्। ‘जेन जी’ समूहको प्रदर्शनपछि उग्र बनेको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद भवनमा आगजनी भई भवनहरू ध्वस्त भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा आगो लगाइएपछि पूर्ण क्षति भएको छ भने रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित संसद भवन समेत ध्वस्त भएका छन्। यस्तै, महान्यायाधिवक्ताको कार्यालय र ट्राफिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। राजनीतिक नेतृत्वलाई समेत निशाना बनाउँदै प्रदर्शनकारीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत नेताको निवासमा तोडफोड र आगजनी गरेका छन्। एमाले नेताहरू गोकुल बास्कोटा, महेश बस्नेत र महेश बर्तौलालगायतको घरमा पनि क्षति पुगेको छ। देशका अन्य मुख्य शहरहरूमा समेत महत्त्वपूर्ण भौतिक संरचना र नेताहरूको आवासमा क्षति पुगेको खबर आएको छ। ‘जेन जी’ पुस्ताको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि आन्दोलन थप आक्रामक बनेको हो। अहिले स्थिति नियन्त्रण बाहिर गएको भन्दै सुरक्षाकर्मीहरू उच्च सतर्कतामा खटिएका छन्।Major Government Buildings Set Ablaze, From Singha Durbar to Federal Parliament Protests that erupted in Kathmandu Valley and across the country have targeted key government and constitutional structures. Following demonstrations organized by the “Gen Z” group, the movement turned violent, leading to massive arson at Singha Durbar, the Supreme Court, and the Federal Parliament building. The Prime Minister and Council of Ministers’ Office inside Singha Durbar was completely destroyed by fire. Similarly, the Supreme Court at Ramshah Path and the Federal Parliament building at New Baneshwor were also gutted. Protesters further set fire to the Office of the Attorney General and the Traffic Police Office. Political leaders’ residences were also attacked. The homes of CPN-UML Chairman KP Sharma Oli, Nepali Congress President Sher Bahadur Deuba, CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal “Prachanda,” and former Prime Minister Jhalanath Khanal were vandalized and torched. UML leaders Gokul Baskota, Mahesh Basnet, and Mahesh Bartuala also reported arson and damage to their residences.

      NEPSE TRADING·9 Sep, 2025·1 min read
    • भाटभटेनी नक्सालमा लुटपाट र आगजनी
      Investor

      भाटभटेनी नक्सालमा लुटपाट र आगजनीLooting and Arson at Bhatbhateni Naxal

      भाटभटेनी नक्सालमा लुटपाट र आगजनी जेन–जी आन्दोलनका क्रममा राजधानीको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा प्रदर्शनकारीहरूले लुटपाट गरेर आगजनी गरेका छन्। भाटभटेनी चेनको पहिलो स्टोर मानिने यस शाखामा प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि आगो लगाइदिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताएका छन्। उनले भने, “प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्। क्षतिबारे यकिन भएको छैन, तर पूरै स्टोरमा आगो लगाइएको छ।” नक्सालस्थित यो स्टोर व्यवसायी मीनबहादुर गुरुङले २०४३ सालमा स्थापना गरेका थिए। यसअघि राजावादी आन्दोलनका क्रममा कोटेश्वर भाटभटेनीमा पनि यस्तै किसिमको लुटपाट भएको थियो। आगजनी नियन्त्रणका लागि प्रहरी र दमकल परिचालन गरिएको छ भने ठूलो क्षतिको अनुमान गरिएको छ। घटनाले देशकै खुद्रा व्यापार क्षेत्रमा ठूलो आघात पुगेको बताइएको छ।Looting and Arson at Bhatbhateni Naxal Amid the ongoing Gen-Z protests, demonstrators looted and set fire to the Bhatbhateni Super Store in Naxal, Kathmandu. This outlet, known as the first Bhatbhateni store, was targeted after protestors looted goods and then torched the premises, according to Bhatbhateni’s Chief Operating Officer (COO) Panu Paudel. “The protestors looted goods from the store and then set it on fire. The extent of the damage is not yet confirmed, but the entire store has been engulfed,” he stated.

      NEPSE TRADING·9 Sep, 2025·1 min read
    • जेन–जी आन्दोलनको प्रभाव : मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने
      Investor

      जेन–जी आन्दोलनको प्रभाव : मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहनेBanks and Financial Institutions to Remain Closed on Tuesday Amid Gen Z Protests

      जेन–जी आन्दोलनको प्रभाव : मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने देशभर जेन–जी आन्दोलन चर्किएसँगै मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन्। सोमबारको प्रदर्शनमा राज्यले दमन गरेपछि आक्रोश बढेपछि सुरक्षालाई मध्यनजर गर्दै बैंकहरू बन्द गर्न लागिएको हो। प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरेको छ भने देशका विभिन्न सहरमा समेत कर्फ्यु लगाइएको छ। यस्तो अवस्थामा नेपाल बैंकर्स संघले मंगलबार बैंकका शाखा नखोल्ने निर्णय गरेको हो। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएअनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा मात्र नभई अन्य स्थानका बैंक शाखा पनि बन्द रहनेछन्। बैंकरहरूले आन्दोलनको जोखिमका कारण बैंक तथा वित्तीय संस्थामा तोडफोड र आगजनीको खतरा रहेको निष्कर्ष निकालेका छन्। सोमबारको प्रदर्शनमा राज्यद्वारा गरिएको हिंसात्मक कदमका कारण १९ जनाको मृत्यु भएको थियो भने सयौं युवा घाइते भएका थिए। मंगलबारको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।Banks and Financial Institutions to Remain Closed on Tuesday Amid Gen Z Protests Kathmandu – Banks and financial institutions across the country will remain closed on Tuesday as the Gen Z movement intensifies. Following Monday’s violent crackdown by the state, public anger has surged, prompting authorities and bankers to shut down operations for security reasons. The administration has imposed prohibitory orders inside the Ring Road area of Kathmandu Valley, while curfews have also been enforced in several other cities. In this context, the Nepal Bankers’ Association decided not to open bank branches on Tuesday.

      NEPSE TRADING·9 Sep, 2025·1 min read
    • आन्दोलनका कारण आज नेप्से बन्द हुने
      Investor

      आन्दोलनका कारण आज नेप्से बन्द हुने NEPSE Closed Today Due to Curfew

      आन्दोलनका कारण आज नेप्से बन्द हुने काठमाडौं । उपत्यकामा जारी कफ्युका कारण आज नेपाल स्टक एक्सेन्ज ९नेप्से० बन्द हुने भएको छ। नेप्सेका कर्मचारीहरू घरमै बसेर सूचना प्रकाशित गर्ने तयारीमा जुटेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्। हाल देशभर ‘जेन–जी आन्दोलन’ का कारण तनावग्रस्त अवस्था रहेको छ। राजधानी लगायतका मुख्य सहरहरूमा कफ्यु लगाइएपछि सामान्य गतिविधि समेत प्रभावित भएको छ। यसबीच लगानीकर्ताहरूले समेत बजार बन्द गर्न माग गर्दै आएका थिए। यसै सन्दर्भमा आजका लागि पूरै शेयर कारोबार स्थगित गरिएको छ। बजार कहिले सञ्चालनमा आउने भन्नेबारेमा भने नेप्सेले थप निर्णयपछि जानकारी गराउने जनाएको छ।NEPSE Closed Today Due to Curfew Kathmandu – The Nepal Stock Exchange (NEPSE) will remain closed today as a curfew has been imposed in the Kathmandu Valley. NEPSE spokesperson Murahari Parajuli informed that employees are working from home to publish official notices. The country has been gripped by the ongoing “Gen Z movement,” which has created a tense atmosphere across major cities. Following the curfew in the capital and heightened unrest, investors had also demanded the closure of the market. In response, NEPSE has suspended all share trading for today. Further updates on when the market will reopen will be announced after additional decisions are made.

      NEPSE TRADING·9 Sep, 2025·<1 min read
    • १ दर्जन निर्माण कम्पनी कालोसूचीमा
      Investor

      १ दर्जन निर्माण कम्पनी कालोसूचीमा12 Construction Companies Blacklisted by Government

      १ दर्जन निर्माण कम्पनी कालोसूचीमा सरकारले समयमै काम सम्पन्न नगरेका कारण १ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २३ गते गरेको निर्णयअनुसार यी कम्पनीलाई कालोसूचीमा राखिएको हो। विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेका निर्माण कम्पनीहरूले आज (भदौ २४) देखि लागू हुने गरी १ वर्षदेखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।12 Construction Companies Blacklisted by Government The government has decided to blacklist 12 construction companies for failing to complete their projects on time. The decision was made on Bhadra 23 by the Public Procurement Monitoring Office under the Office of the Prime Minister and Council of Ministers. According to the office, the companies were blacklisted based on recommendations received from various government bodies.

      NEPSE TRADING·9 Sep, 2025·<1 min read
    • ‘आरबीबी फोकस फण्ड–४०’ इकाइ खरिदको आज अन्तिम दिन
      Investor

      ‘आरबीबी फोकस फण्ड–४०’ इकाइ खरिदको आज अन्तिम दिनLast Day to Apply for “RBB Focus Fund–40” Units

      ‘आरबीबी फोकस फण्ड–४०’ इकाइ खरिदको आज अन्तिम दिन आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले भदौ १८ गतेदेखि निष्कासनमा ल्याएको ‘आरबीबी फोकस फण्ड–४०’ योजनाको इकाइ खरिदका लागि आवेदन दिने अन्तिम दिन आज (भदौ २४ गते) परेको छ। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरका १० करोड इकाइ बिक्रीमा ल्याएको हो। कुल निष्कासन हुने इकाइमध्ये १ करोड ४० लाख इकाइ कोष प्रर्वद्धकलाई र १० लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ।Last Day to Apply for “RBB Focus Fund–40” Units Today (September 9, 2025 – Bhadra 24, 2082) is the final day to apply for the units of “RBB Focus Fund–40”, which was opened for subscription by RBB Merchant Banking Limited on Bhadra 18. The company has issued 100 million units worth Rs. 1 billion at a face value of Rs. 10 per unit. Out of the total issue, 14 million units have been allocated to the fund promoter and 1 million units to the fund manager. The remaining 85 million units have been offered to the general public. In this closed-end scheme, investors can apply for a minimum of 100 units and a maximum of 10 million units. The scheme is promoted by Rastriya Banijya Bank (Fund Promoter) and managed by RBB Merchant Banking Limited (Fund Manager) under the RBB Mutual Fund.

      NEPSE TRADING·9 Sep, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Jhapa Energy Limited’s IPO

      झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भदौ २० गतेदेखि निष्कासनमा ल्याएको साधारण सेयर (IPO) मा आवेदन दिने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। यस आईपीओअन्तर्गत कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री भई बाँडफाँट गरिसकेको छ। त्यस्तै, २८ हजार ५१४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ११ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।Last Day to Apply for Jhapa Energy Limited’s IPO Bhadra 24, 2082) is the final day to apply for the Initial Public Offering (IPO) issued by Jhapa Energy Limited. The company received approval from the Securities Board of Nepal (SEBON) on Ashad 31 to issue a total of 950,475 shares at a face value of Rs. 100 each. Out of the total issue, 380,190 shares (10%) have already been allotted to local residents of the project-affected areas, while 57,029 shares (15%) have been allocated and distributed among Nepalis working abroad. Similarly, 28,514 shares have been reserved for mutual funds, and 11,406 shares have been set aside for the company’s employees. The remaining 473,336 shares have been opened for public investors.

      NEPSE TRADING·9 Sep, 2025·1 min read
    • प्रधानमन्त्रीले माफी माग्नुपर्छ, जेन–जी युवाले संयम देखाउनुपर्छ
      Investor

      प्रधानमन्त्रीले माफी माग्नुपर्छ, जेन–जी युवाले संयम देखाउनुपर्छ the Prime Minister Must Apologize, and Gen-Z Must Show Restraint

      प्रधानमन्त्रीले माफी माग्नुपर्छ, जेन–जी युवाले संयम देखाउनुपर्छ नेपालको इतिहासमा युवापुस्ताले बोकेको आवाज कति शक्तिशाली हुन्छ भन्ने कुरा पछिल्लो ‘जेन–जी आन्दोलन’ ले प्रमाणित गरिदिएको छ। १३ वर्षदेखि २८ वर्षबीचका युवाहरूले सरकारको भ्रष्टाचार, अकर्मण्यता र असंवेदनशीलताविरुद्ध गरेको आन्दोलन पहिलो दिनमै हिंसात्मक र दुःखदायी ढंगले उफ्रिएको छ। राजधानी काठमाडौंदेखि बाहिरी सहरहरूमा भएको झडप, गोलीप्रयोग र आगजनीले मुलुक शोकमा डुबेको छ। अहिलेसम्मै १७ भन्दा बढी युवाको ज्यान गइसकेको र यो संख्या अझ बढ्ने आकलन भइरहेको अवस्थामा मुलुककै भविष्य बोकेको पुस्ता रगतमा ढलेको दृश्यले सम्पूर्ण समाजलाई आक्रोशित तुल्याएको छ। फेसबुक, युट्युबसहित २४ वटा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध आन्दोलनको प्रत्यक्ष कारण देखिए पनि, यो विद्रोहको वास्तविक बीउ भने दशकौँदेखि सञ्चित भ्रष्टाचार, अवसरवाद र असमानतामा छ। युवाले पढ्दा–पढ्दै रोजगारी नपाउनु, जागिर खान घूस दिनुपर्ने अवस्था, राजनीतिमा नातावाद–क्लाइण्टेलिजम, न्यायपालिकामा समेत दलको आदेश पालना गर्ने प्रवृत्ति, र सरकारी कार्यालयमा सर्वव्यापी भ्रष्टाचार—यी सबैले उनीहरूलाई राज्यसँग विमुख बनाएको हो। सामाजिक सञ्जाल बन्द हुनु त केवल ‘ट्रिगर’ मात्र हो, विद्रोहको आधार भने गहिरो संरचनागत अन्याय हो।the Prime Minister Must Apologize, and Gen-Z Must Show Restraint The recent Generation-Z Movement has once again proved how powerful the collective voice of Nepal’s youth can be. Young people between the ages of 13 and 28, disillusioned by corruption, incompetence, and the insensitivity of the state, poured into the streets in protest. Within hours, what began as a symbolic demonstration erupted into one of the most violent episodes in Nepal’s recent history. By evening of the first day, at least 17 young lives had been lost, with observers fearing the number could climb far higher. From Kathmandu to other major cities, clashes, gunfire, and arson have thrown the nation into mourning and outrage.

      NEPSE TRADING·8 Sep, 2025·2 min read
    • जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनि
      Investor

      जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनिNEPSE Index Falls Below 2,700 After Two Months Amid Gen Z Protests

      जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनि काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार फेरि ओरालो लागेको छ । लगातार चार दिनदेखि घटिरहेको नेप्से परिसूचक यस दिन पनि झरेर दुई महिनापछि पुनः २७०० विन्दुमुनि पुगेको हो । सोमबार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा बन्द भएको छ । यसअघि गत असार २४ गते नेप्से २७०० विन्दुभन्दा तल २६८३.८६ विन्दुमा झरेको थियो । त्यसपछि पहिलो पटक यस दिन परिसूचक २७०० विन्दु तल आएको हो ।NEPSE Index Falls Below 2,700 After Two Months Amid Gen Z Protests The stock market continued its downward trend on Monday, the second trading day of the week, as the NEPSE index plunged below the 2,700 mark for the first time in two months. The NEPSE index dropped by 35.99 points to close at 2,672.25. Previously, on July 8 (Ashar 24), the index had closed at 2,683.86, marking the last time it was below the 2,700 level.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्यु
      Top

      बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्युAt Least 15 Killed as Police Use Excessive Force Against Gen Z Protest in Baneshwar

      बानेश्वरमा जेनजी प्रदर्शनमा प्रहरीको अत्यधिक बल प्रयोग, कम्तीमा १५ जनाको मृत्यु जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शन राजधानीसहित देशभर उग्र रूप लिँदै गएको छ । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आयोजित प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको पुष्टि भएको छ । सुरुमा शान्तिपूर्ण ढंगले सुरु भएको प्रदर्शन बानेश्वरमा संसद भवनतर्फ बढ्दै गर्दा तनावग्रस्त बनेको थियो । ब्यारिकेड तोड्दै संसद भवन प्रवेश गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर, भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले दमन गर्दै हवाइ फायर, अश्रुग्यास मात्र नभई गोलीसमेत चलाएको छ । यस क्रममा हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने घाइतेको संख्या ठूलो रहेको बताइएको छ । घाइतेलाई विभिन्न अस्पतालमा पुर्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।At Least 15 Killed as Police Use Excessive Force Against Gen Z Protest in Baneshwar The nationwide protest called by Gen Z on Monday turned violent after police used excessive force against demonstrators in Baneshwar. What began as a peaceful demonstration escalated when protesters attempted to break through barricades and march toward the Federal Parliament building. Police initially fired tear gas to disperse the crowd, but as the situation spiraled out of control, security forces resorted to harsher measures. According to reports, police not only used tear gas and aerial firing but also live ammunition. By the time this news was prepared, at least 15 people had been confirmed dead. With many more injured and rushed to various hospitals, the death toll is expected to rise. While protests were called across the country, the situation in the capital became especially tense as the peaceful demonstrations quickly turned into violent clashes. The unrest has now spread nationwide, with Gen Z youth staging protests in several cities, leaving the entire country on edge.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेश
      Investor

      नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेशGen Z Protesters Storm Federal Parliament Building in New Baneshwar

      नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेश काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आज जेनजी प्रदर्शनकारीले उग्र रूप लिँदै संघीय संसद भवनभित्रै प्रवेश गरेका छन् । संसद् भवनको मुख्य गेट तोडफोड गर्दै भित्र पसेका उनीहरूले ढुंगामुढा समेत गरेका थिए । केहीबेरपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गर्दै प्रदर्शनकारीलाई भवन बाहिर निकाल्न सफल भएको छ । यद्यपि, प्रदर्शन भने रोकिएको छैन । कर्फ्यू आदेश जारी भइसके पनि प्रदर्शनकारी सडकमा निरन्तर प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले संसद भवन वरपरको क्षेत्रमा कर्फ्यू लगाएको छ । संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गर्ने, गेट तोडफोड गर्ने, सुरक्षा बल बसेको पोष्टमा पुगेर नेपालको झण्डा फहराउने जस्ता गतिविधि भएपछि प्रशासनले यस्तो कदम चालेको हो । सुरक्षा व्यवस्था कडा पारिए पनि जेनजी प्रदर्शनकारी भने अझै पनि सडकमा सक्रिय छन्, जसका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।Gen Z Protesters Storm Federal Parliament Building in New Baneshwar Kathmandu — In a dramatic escalation, Gen Z protesters stormed into the Federal Parliament building in New Baneshwar today. Smashing through the main gate, they forced their way inside and hurled stones. Police later responded with tear gas and water cannons, eventually pushing the protesters out of the building. Despite the crackdown, the demonstrations have not stopped. Protesters remain active on the streets even after the District Administration Office issued a curfew order in the area. The curfew was enforced after protesters not only broke into the Parliament building and vandalized its gates but also reached the security post and hoisted Nepal’s national flag there. Security forces have tightened control around New Baneshwar, but Gen Z demonstrators continue their defiance, keeping the area tense and unstable.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ
      Investor

      जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ Jeevan Vikas Laghubitta Brings 13,400 Promoter Shares for Sale

      जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरू तथा अन्य इच्छुक लगानीकर्ताका लागि १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा ल्याइएका शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले यसमा सहभागी हुन भदौ २९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। लघुवित्तका अनुसार लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने चाहनेले सम्पूर्ण कित्ता खरिद गर्न सक्नेछन्।Jeevan Vikas Laghubitta Brings 13,400 Promoter Shares for Sale Jeevan Vikas Laghubitta Bittiya Sanstha Limited has announced the sale of 13,400 promoter shares for its existing promoter shareholders as well as other interested individuals and institutions. The minimum price per share has been set at Rs. 525. Interested investors can submit applications until Bhadra 29. According to the company, investors must apply for a minimum of 1,000 shares, while those interested may also bid for the entire lot.

      NEPSE TRADING·8 Sep, 2025·<1 min read
    • सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्ने
      Investor

      सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्नेNew Rule for Listed Companies: Disclosure Required for Share Purchases Above 5%

      सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत कम्पनीहरूको लगानी व्यवस्थापनमा नयाँ नियम लागू भएको छ। नयाँ नियमअनुसार कुनै पनि लगानीकर्ताले एउटै कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा नेप्सेलाई तुरुन्त जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। नेप्सेले सूचीकृत कम्पनीलाई वित्तीय विवरणसँगै सम्पूर्ण लगानी विवरण समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। यसअनुसार कम्पनीले लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र र त्रैमासिक विवरण भने त्रैमासिक सकिएको १ महिनाभित्र नेप्सेलाई बुझाउनुपर्नेछ। नयाँ नियमअन्तर्गत कम्पनीले बुक क्लोज गर्ने निर्णय, १० करोड रुपैयाँभन्दा बढी सम्पत्ति खरिद/बिक्री, सञ्चालक समिति वा सदस्यमा हुने हेरफेर, तथा १० करोड रुपैयाँभन्दा बढी दायित्व बहन गर्ने निर्णय पनि तत्काल नेप्सेलाई जानकारी गराउनुपर्नेछ। नेप्सेले सूचीकृत कम्पनीलाई कुल १९ प्रकारका विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्ने निर्देशन जारी गरेको छ। यसले लगानीकर्तालाई पारदर्शी जानकारी उपलब्ध गराइ बजारमा विश्वास र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।New Rule for Listed Companies: Disclosure Required for Share Purchases Above 5% A new regulation has come into effect regarding investment management in companies listed under the Securities Board of Nepal (SEBON). As per the rule, if any investor acquires 5% or more shares of a single company, they must immediately disclose this information to NEPSE. NEPSE has also directed listed companies to submit their financial reports and complete investment details on time. According to the rule, audited annual financial statements must be submitted to NEPSE within 5 months of the fiscal year-end, and quarterly reports must be submitted within 1 month of the quarter-end.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
      Investor

      कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks?

      कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय राष्ट्रियस्तरका विकास बैंकमध्ये कामना सेवा विकास बैंकले पहिलोपटक गत आर्थिक वर्ष (२०८१/८२) को लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको सञ्चालक समितिको बैठकले आइतबार यस प्रस्ताव पारित गरेको हो। गत वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको कामना सेवाले यस वर्ष वितरण दर बढाएको छ। प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्। नेपालमा हाल राष्ट्रियस्तरका ८ वटा विकास बैंक सञ्चालनमा रहेका छन्। तीमध्ये ज्योति विकास बैंक मात्र घाटामा रहेकाले लाभांश दिन नसक्ने देखिएको छ। बाँकी ७ वटा विकास बैंकहरूले भने वितरणयोग्य नाफा भएका कारण यस वर्ष लाभांश दिने क्षमता बनाएका छन्।Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks? Among the national-level development banks, Kamana Sewa Development Bank has become the first to announce dividend distribution for the last fiscal year (2081/82 BS). The bank decided to distribute a total dividend of 15.7895%, which includes 10% bonus shares and 5.7895% cash dividend (including tax). The decision was approved at the bank’s board meeting held on Sunday. Last year, the bank had distributed 12% dividend, but this year it has increased the rate. Shareholders will receive the dividend once it is approved by Nepal Rastra Bank and endorsed by the bank’s upcoming 19th Annual General Meeting (AGM). Currently, there are eight national-level development banks in operation. Among them, only Jyoti Development Bank is in loss and unable to distribute dividends. The remaining seven banks, however, have distributable profits and are in a position to announce dividends this year.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने
      Investor

      वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिनेBarun Hydropower to Auction Unsold Rights Shares from September 14

      वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि लिलामी बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ। कम्पनीले यसअघि गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो क्रममा बिक्री नभएका २ लाख ३८ हजार ४४३ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो। उक्त सेयर खरिदका लागि जो–कोही व्यक्ति, कम्पनी वा संघ–संस्था सहभागी हुन सक्नेछन्। इच्छुकले असोज १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न पाउने व्यवस्था गरिएको छ। लिलामी आवेदन फाराम आरबीबी मर्चेन्ट बैंकिङबाट प्राप्त गर्न सकिनेछ। साथै, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, संखुवासभाको चैनपुर र खाँदबारी तथा धरानमा पनि आवेदन दिन सकिनेछ।Barun Hydropower to Auction Unsold Rights Shares from September 14 Kathmandu — Barun Hydropower Company Limited has announced that it will auction its unsold rights shares through a sealed-bid process starting September 14 (Bhadra 29). The company had earlier issued rights shares at a 1:1 ratio from July 15 (Ashadh 31) to August 19 (Bhadra 3). Out of the total issue, 238,443 units remained unsubscribed, which will now be put up for auction. The auction is open to individuals, companies, and institutions. Interested bidders must submit their sealed bid applications by September 28 (Ashoj 12). The minimum price has been set at Rs. 100 per share, with investors allowed to bid for at least 100 units and up to the entire lot.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप
      Investor

      खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थपKhani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16

      खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ। यसअघि कम्पनीले आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकेको थियो। तर पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। यसअनुसार, १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ। हकप्रद प्रयोजनका लागि कम्पनीले यसअघि असार २७ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार २६ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।Khani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16 Khani Khola Hydropower Company Limited has extended the deadline for its ongoing rights share issue, which opened on August 19 (Bhadra 3). The application period, which was initially set to close on September 8 (Bhadra 23), has now been extended until September 16 (Bhadra 31) due to insufficient applications received within the earlier deadline. The company is issuing 4,657,143 units of rights shares at a 1:1 ratio (one rights share for every one share held) at a par value of Rs. 100 per share, amounting to its current paid-up capital of Rs. 465.71 million. For this purpose, the company had already announced a book closure on July 11 (Ashadh 27). Shareholders recorded in NEPSE until July 10 (Ashadh 26) are eligible to apply for the rights issue. The issue manager for Khani Khola Hydropower’s rights offering is Citizens Capital Limited.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो
      Investor

      ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायोOriental Hotels Limited Calls AGM, Proposes Rights Share Issue

      ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव गर्दै वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी असोज ३१ गते बिहान ११ बजे ललितपुर, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ। सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.२६६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ। हकप्रद निष्कासनबाट संकलित रकम कम्पनीको परिसरको रिनोभेशन (नवीकरण) कार्यमा उपयोग गर्ने कम्पनीको योजना छ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसैबीच, सभा प्रयोजनार्थ कम्पनीले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। सोअनुसार असोज १ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुनुका साथै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।Oriental Hotels Limited Calls AGM, Proposes Rights Share Issue Oriental Hotels Limited has called its Annual General Meeting (AGM), putting forward a proposal to issue rights shares. The meeting is scheduled to be held on October 17 (Ashoj 31) at 11 AM at the Nepal Administrative Staff College, Jawalakhel, Lalitpur. The AGM will discuss a proposal to issue rights shares in the ratio of 1:0.2663 based on the company’s current paid-up capital. The amount raised from the rights issue will be utilized for the renovation of the company’s premises. In addition, the meeting will approve proposals to authorize the Board of Directors to amend the company’s Articles and Bylaws, elect six board members representing shareholders, and appoint one independent director. For the purpose of the AGM, the company has announced a book closure from October 18 (Ashoj 2) to October 16 (Ashoj 30). Therefore, only shareholders registered in NEPSE by October 17 (Ashoj 1) will be eligible to participate in the AGM and apply for the proposed rights issue.

      NEPSE TRADING·8 Sep, 2025·1 min read