NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 94 / 185Next
    • हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
      Investor

      हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमाHimalayan Bank Puts Promoter Shares Up for Sale

      हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल २ लाख १४ हजार ४९२.६७ कित्ता सेयर बिक्रीको लागि सार्वजनिक जानकारी गराएको हो। बैंकले जनाएको अनुसार, हालका लागि उक्त सेयर केवल संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं, कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताअनुसार फरक–फरक हुने भएकाले सो सम्बन्धी थप विवरणका लागि बैंकको कानुन विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै, तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि पनि उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।Himalayan Bank Puts Promoter Shares Up for Sale Himalayan Bank Limited has announced the sale of its 214,492.67 units of promoter shares, currently held under the names of 9 promoter shareholders. According to the bank, these shares are available for purchase only by existing promoter shareholders at this stage. Interested promoters must submit their applications within 35 days at the bank’s Legal Department, Heritage Plaza, Kamaladi, Kathmandu.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने
      Investor

      सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिनेCity Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28

      सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने सिटी होटल लिमिटेडले आजदेखि (भदौ २३ गते) आफ्ना विद्यमान सेयरधनीहरूलाई लक्षित गर्दै ८० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रहनेछ। यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। तदनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासनमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।City Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28 City Hotel Limited has opened the issuance and sale of its 80 percent rights shares starting today (Bhadra 23, 2082). The company is offering rights shares in the ratio of 8 new shares for every 10 existing shares held, equivalent to 13,392,000 units of rights shares at a par value of Rs. 100 per share. The total issue amounts to Rs. 1.3392 billion. For the purpose of the rights issue, the company had announced a book closure on 27 Shrawan 2082. Accordingly, shareholders who were listed in NEPSE trading records by 26 Shrawan 2082 are eligible to apply. The deadline for applications is set for 12 Ashwin 2082 (September 28, 2025).

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • RFPL रिभर फल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २3 देखि असोज १२ सम्म
      Investor

      RFPL रिभर फल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २3 देखि असोज १२ सम्मRiver Falls Power to Issue 100% Rights Shares , Applications Open from Sept 8 to Sept 28

      RFPL रिभर फॉल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २२ देखि असोज १२ सम्म रिभर फॉल्स पावर लिमिटेडले आफ्ना विद्यमान सेयरधनीहरूलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले १ः१ अनुपातमा हकप्रद सेयर (एक सेयरको बदलामा एक सेयर) जारी गर्न लागेको हो। नेप्सेमा दर्ता भइसकेको कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सेयरधनीहरूले २०८२ साल भदौ २२ गतेदेखि असोज १२ गतेसम्म (३० दिनभित्र) आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। हकप्रद सेयरका लागि आवेदन प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा प्रभु बैंकका थानकोट, पोखरा, बुटवल, धनगढी, विराटनगर र नेपालगञ्ज शाखाबाट दिन सकिनेछ।River Falls Power to Issue 100% Rights Shares , Applications Open from Sept 8 to Sept 28 River Falls Power Limited has announced that it will issue 100 percent rights shares in a 1:1 ratio to its existing shareholders. The company aims to strengthen its paid-up capital by offering one rights share for every one share held. According to the notice published by the company, shareholders can apply for the rights shares between 22 Bhadra 2082 to 12 Ashwin 2082 (7 September 2025 to 28 September 2025). Applications for the rights issue can be submitted at Prabhu Capital Limited, Kamaladi, Kathmandu, as well as at Prabhu Bank branches in Thanikot, Pokhara, Butwal, Dhangadhi, Biratnagar, and Nepalgunj.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो
      Investor

      नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्योNEPSE Cancels EOI for Online Trading System Support and Maintenance Service

      नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो काठमाडौं, भदौ २२ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट तथा मर्मतसम्भार सेवा सम्बन्धी अभिरुचि पत्र (EOI) रद्द गरेको छ। नेप्सेले सोमबार प्रकाशित गरेको सूचनाअनुसार गत साउन १६ गते (अगष्ट १, २०२५) गोरखापत्र दैनिक र सार्वजनिक खरिद प्रणाली (www.bolpatra.gov.np/egp ) मा प्रकाशित गरिएको ईओआई सूचना सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ७०(८) बमोजिम रद्द गरिएको हो। यससँगै अनलाइन ट्रेडिङ सिस्टमको मर्मतसम्भार तथा प्राविधिक सहयोगका लागि आह्वान गरिएको प्रक्रिया अब अमान्य हुने नेप्सेले स्पष्ट पारेको छ। नेप्सेले सरोकारवाला सम्पूर्ण पक्षलाई यो जानकारीमा लिन आग्रह गरेको छ।NEPSE Cancels EOI for Online Trading System Support and Maintenance Service Nepal Stock Exchange Limited (NEPSE) has cancelled the Expression of Interest (EOI) notice related to Support and Maintenance Service for the NEPSE Online Trading System. According to the official notice published on Monday, the EOI that was originally announced on 1 August 2025 in the Gorkhapatra Daily and on the Public Procurement Portal (www.bolpatra.gov.np/egp) has been cancelled in line with Rule 70(8) of the Public Procurement Regulations, 2064. With this decision, the earlier call for expressions of interest regarding the online trading system’s maintenance and technical support is no longer valid. NEPSE has requested all concerned stakeholders to take due note of the cancellation.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्य
      Investor

      नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्यNEPSE Invites Sealed Bids for Security Supply Works, Form at Rs. 5,000 and Bid Bond of Rs. 50,000 Mandatory

      नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्य नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो भद्रकालीस्थित भवन तथा सम्पत्तिको सुरक्षा आपूर्ति कार्यका लागि इच्छुक आपूर्तिकर्ता, कम्पनी वा फर्महरूबाट शिलबन्दी दरपत्र आह्वान गरेको छ। नेप्सेले आज जारी गरेको सूचनाअनुसार, भवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा सम्बन्धी अनुभव र प्राविधिक दक्षता प्राप्त सेवा प्रदायकलाई निवेदन दिन आग्रह गरिएको छ। दरपत्र फाराम २०७२/०५/०९ गतेसम्म कार्यालय समयभित्र नेपाल बैंक लिमिटेड, काठमाण्डौ शाखामा ५,००० रुपैयाँ (फिर्ता नहुने) शुल्क बुझाएर खरिद गर्न सकिनेछ।NEPSE Invites Sealed Bids for Security Supply Works, Form at Rs. 5,000 and Bid Bond of Rs. 50,000 Mandatory Nepal Stock Exchange Limited (NEPSE) has called for sealed bids from interested suppliers, firms, and companies for the supply of security services for its building and properties located at Bhadrakali, Kathmandu. According to the notice issued today, NEPSE has sought proposals from service providers with prior experience in social security works and technical expertise to ensure the safety and security of its premises.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्र
      Investor

      नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्रSecurities Board of Nepal Receives 22-Point Demand from Investors

      नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्र काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राख्दै सुधार र विस्तारका कार्यहरू तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। आइतबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले २२ बुँदे मागपत्र बुझाएको अवसरमा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यस्तो आश्वासन दिएका हुन्। श्रेष्ठले दोस्रो बजारलाई नै आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे। उनले भने, “सुरुदेखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो। खासगरी साना लगानीकर्ताले जुन भोग्नुपर्ने समस्या छ, त्यसलाई बेवास्ता गर्न सक्दिन।”Securities Board of Nepal Receives 22-Point Demand from Investors The Securities Board of Nepal (SEBON) has pledged to immediately move forward with reforms and expansion in favor of secondary market investors. On Sunday, a delegation led by investor Tilak Koirala submitted a 22-point demand letter to SEBON Chairman Santosh Narayan Shrestha, who assured that the problems of the secondary market would be addressed. Chairman Shrestha emphasized that the secondary market remains his first priority. He said, “From the beginning, my view has been that the secondary market must come first. Especially the challenges faced by small investors cannot be ignored. While authorized and issuing companies also require capital mobilization, there must be a balance between these two aspects.”

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड
      Investor

      नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्डUS Dollar Hits New Record in Nepali Market

      नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड नेपाली बजारमा डलरको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको खरिद मूल्य १४०.९३ रुपियाँ र बिक्री मूल्य १४१.५३ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च दर हो। यसअघि भदौ १४ गते डलरको खरिद मूल्य १४०.८२ र बिक्री मूल्य १४१.४२ रुपियाँ पुगेको थियो। त्यसै आधारमा एक साताभित्रै नयाँ रेकर्ड बनेको हो। डलरको मूल्य बढ्नु भनेको नेपाली रुपियाँ कमजोर हुनु पनि हो। नेपालमा डलर दर भारतीय मुद्रासँग पेग गरिएको छ। भारतमा हुने मूल्य परिवर्तनकै आधारमा नेपालमा समेत डलर दर तोकिन्छ। पछिल्लो समय भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने वस्तु आयातमा ५० प्रतिशत कर लगाएका कारण व्यापारमा अन्योल बढेको छ। त्यसपछि भारतमा विदेशी लगानी घटेको र डलरको माग उच्च भएको देखिन्छ। यही कारण नेपालमा पनि यसको असर परिरहेको छ।US Dollar Hits New Record in Nepali Market The value of the US dollar has once again reached a new record high in the Nepali market. Nepal Rastra Bank has fixed the buying rate at Rs. 140.93 and the selling rate at Rs. 141.53 for Sunday, the highest level so far. Earlier, on Bhadra 14, the buying rate had reached Rs. 140.82 and the selling rate Rs. 141.42, setting a record then. Within a week, the dollar has now touched a fresh high. A rising dollar essentially means the Nepali rupee is weakening. Nepal’s currency is pegged to the Indian rupee, so fluctuations in India directly impact Nepal. Recently, US President Donald Trump imposed a 50% tariff on goods imported from India, starting August 27. This created uncertainty in India’s trade with the US, leading to a withdrawal of foreign investments and higher demand for dollars in India. As a result, the dollar has appreciated in Nepal as well, since Nepal determines its exchange rate based on India’s evening rates.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने
      Investor

      नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्नेNEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately

      नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले जारी गरेको सूचनामा कम्पनीका सूचना तथा निर्णयले धितोपत्रको बजार मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता विषय तत्काल नेप्सेमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।NEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately Nepal Stock Exchange (NEPSE) has directed all listed companies to promptly provide information that could affect the market price of their securities. Issuing a notice, NEPSE has instructed companies to submit required information in the prescribed format and within the given timeframe.

      NEPSE TRADING·7 Sep, 2025·2 min read
    • प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्ताव
      Investor

      प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्तावPrabhu Capital to Hold 17th AGM on Ashwin 10; Proposes 12.63% Dividend

      प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्ताव प्रभु क्यापिटल लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा राति ९ बजे आयोजना गर्ने भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२.६३१६% लाभांश पारित गर्ने प्रस्ताव रहेको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले ४% बोनस सेयर र ८.६३१६% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। त्यसैगरी, साधारणसभाले अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने एजेन्डा पनि रहेको छ।Prabhu Capital to Hold 17th AGM on Ashwin 10; Proposes 12.63% Dividend Prabhu Capital Limited has announced that its 17th Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Royal Singi Hotel, Kamaladi, Kathmandu, starting at 9:00 PM. The AGM will endorse a 12.6316% dividend for the fiscal year 2081/82. As per the decision of the board of directors, the company has proposed a 4% bonus share and an 8.6316% cash dividend (including tax).

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्ताव
      Investor

      मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्तावMuktinath Capital to Hold 16th AGM on Ashwin 10; Proposes 9% Cash Dividend

      मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्ताव मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। साधारणसभा काठमाडौंको हत्तीसारस्थित अरन्या बुटिक होटलमा दिउँसो ४ बजे सुरु हुने कम्पनीले जनाएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने र अन्य आवश्यक एजेन्डाहरू समेत सभामा प्रस्तुत गरिनेछन्।Muktinath Capital to Hold 16th AGM on Ashwin 10; Proposes 9% Cash Dividend Muktinath Capital Limited has announced that its 16th Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Aranya Boutique Hotel, Hattisar, Kathmandu, starting at 4:00 PM. The agendas of the AGM include endorsing the financial reports for the fiscal year 2081/82, along with the auditor’s report comprising the profit and loss statement, balance sheet, financial statements, and cash flow report. The board of directors has also proposed a 9% cash dividend (including applicable taxes), which will be approved during the meeting. Similarly, the appointment of the auditor for the fiscal year 2082/83 and other necessary agendas will also be discussed.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव
      Investor

      ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्तावJyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend

      ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव ज्योति क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। सभा ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ७% नगद लाभांश (रु. १.४७ करोड बराबर) वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ।Jyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend Jyoti Capital Limited has announced that its 3rd Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Jyoti Bikash Bank Limited’s head office, Kamalpokhari, Kathmandu, starting at 9:00 AM. The agendas of the AGM include endorsing the financial reports for the fiscal year 2081/82, along with the auditor’s report comprising the profit and loss statement, balance sheet, financial reports, and cash flow statements. The board of directors has also proposed a 7% cash dividend, amounting to Rs. 1.47 Crores (including applicable taxes), which will be approved during the meeting.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णय
      Investor

      माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णयMachhapuchchhre Bank to Hold AGM on Ashwin 10; Announces 8% Dividend

      माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णय माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आफ्नो २७ औँ वार्षिक साधारणसभा २०८२ साल असोज १० गते पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजे आयोजना गर्ने भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ८% लाभांश पारित गर्नेछ। बैंक सञ्चालक समितिको भदौ १२ गतेको बैठकले ४% बोनस सेयर र ४% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. ११ अर्ब ६२ करोड रहेको छ। यसका साथै, साधारणसभाले अडिटरको प्रतिवेदनसहित नाफा नोक्सानी विवरण, वित्तीय विवरण, नगद प्रवाह विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने, तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक नियुक्त गर्ने एजेन्डा समेत रहेको छ।Machhapuchchhre Bank to Hold AGM on Ashwin 10; Announces 8% Dividend Machhapuchchhre Bank Limited (MBL) has scheduled its 27th Annual General Meeting (AGM) for Ashwin 10, 2082, at Hotel Pokhara Grand, Pokhara. The meeting will begin at 11 AM. The AGM will endorse the proposed 8% dividend for the fiscal year 2081/82. As per the decision of the board meeting held on Bhadra 12, the bank has proposed a 4% bonus share and a 4% cash dividend (including tax). The bank’s current paid-up capital stands at Rs. 11.62 Arba. In addition, the AGM agenda includes endorsing the auditor’s report along with the profit and loss account, financial statements, and cash flow statements for FY 2081/82. It will also appoint an auditor for the fiscal year 2082/83 and approve the appointment of a director representing the public shareholders’ group.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याए
      Investor

      एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएNMB Bank Promoter to Sell Over 598,000 Promoter Shares

      एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याए एनएमबि बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्ना ५,९८,१४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। यसअघि बैंकको सञ्चालक समितिमा भएको निर्णयअनुसार, संस्थापक शेयर खरिद–बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्था भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नआएपछि शेयर सर्वसाधारण तथा इच्छुक संस्था/व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक सूचना प्रकाशित गरी खरिदका लागि इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आह्वान गरिएको छ। इच्छुकहरूले तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।NMB Bank Promoter to Sell Over 598,000 Promoter Shares A promoter shareholder of NMB Bank Limited has announced the sale of 598,145 promoter shares. As per the bank’s Board of Directors’ earlier decision, promoter shares are first offered to existing promoter shareholders. However, since no applications were received within the given timeframe, the shares are now being offered to the general public and interested institutions. In line with the directives of the Securities Board of Nepal (SEBON), a public notice has been issued inviting interested individuals or institutions to submit their applications within the specified period. Applicants must provide all necessary documents along with their proposed purchase price.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रह
      Investor

      सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रहSanima Capital Distributes Returns to Unitholders of Mutual Funds, Urges Account Updates

      सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रह सानिमा क्यापिटल लिमिटेडले आफ्ना दुई म्युचुअल फण्डहरू — सानिमा लार्ज क्याप फण्ड (SLCF) र सानिमा ग्रोथ फण्ड (SAGF) — का इकाईधनीलाई २०८२ भदौ १६ गते प्रतिफल (लाभांश) वितरण गरेको छ। कम्पनीले यससँगै इकाईधनीहरूलाई आफ्नो बैंक खाता, डिमाट खाता र स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न अनुरोध गरेको छ।Sanima Capital Distributes Returns to Unitholders of Mutual Funds, Urges Account Updates Sanima Capital Limited has distributed returns to the unitholders of its two mutual funds — Sanima Large Cap Fund (SLCF) and Sanima Growth Fund (SAGF) — on Bhadra 16, 2082 (August 31, 2025). Along with the distribution, the company has urged all unitholders to update their bank accounts, DEMAT accounts, and Permanent Account Numbers (PAN). According to Sanima Capital, the return amount will be deposited directly into the designated bank accounts of the unitholders. Therefore, those who have not updated their details are requested to complete the process at the earliest. The company also cautioned that any errors or outdated information in DEMAT accounts or PAN numbers could cause delays in payments.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सनराइज होल्डिङ्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा असोज १२ गते हुने
      Investor

      सनराइज होल्डिङ्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा असोज १२ गते हुनेSunrise Holdings Limited to Hold 2nd Annual General Meeting on Ashwin 12

      सनराइज होल्डिङ्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा असोज १२ गते हुने सनराइज होल्डिङ्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आगामी २०८२ साल असोज १२ गते (सेप्टेम्बर २८, २०२५, शुक्रबार) गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको होटल हिमालय, कुपण्डोलमा आयोजना हुने भएको हो। सभामा प्रस्तुत हुने एजेन्डामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१/८२ आर्थिक वर्षको नाफा–नोक्सान विवरण र वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेका छन्। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ।Sunrise Holdings Limited to Hold 2nd Annual General Meeting on Ashwin 12 Sunrise Holdings Limited has announced that its 2nd Annual General Meeting (AGM) will be held on Ashwin 12, 2082 (September 28, 2025, Friday). According to the company’s Board of Directors’ decision, the AGM will take place at Hotel Himalaya, Kupondole, Kathmandu. The meeting’s agenda includes approval of the Board of Directors’ annual report, the auditor’s report, profit and loss statement, and financial statements of FY 2081/82. The appointment of an auditor for FY 2082/83 and the determination of their remuneration are also on the agenda.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • ग्लोबल आइएमई क्यापिटलको १८औं वार्षिक साधारण सभा असोज १ गते हुने
      Investor

      ग्लोबल आइएमई क्यापिटलको १८औं वार्षिक साधारण सभा असोज १ गते हुनेGlobal IME Capital to Hold 18th Annual General Meeting on Ashwin 1

      ग्लोबल आइएमई क्यापिटलको १८औं वार्षिक साधारण सभा असोज १ गते हुने ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आगामी २०८२ साल असोज १ गते (सेप्टेम्बर १७, २०२५, बुधवार) गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको होटल हिमालयमा आयोजना हुने भएको हो। सभामा आन्तरिक लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा-नोक्सान विवरण र २०८१/८२ आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका एजेन्डामाथि छलफल हुने जनाइएको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।Global IME Capital to Hold 18th Annual General Meeting on Ashwin 1 Global IME Capital Limited has announced that its 18th Annual General Meeting (AGM) will be held on Ashwin 1, 2082 (September 17, 2025, Wednesday). According to the company’s Board of Directors’ decision, the AGM will take place at Hotel Himalaya, Kathmandu. The agenda of the meeting includes the appointment of an internal auditor, approval of the Board of Directors’ annual report, auditor’s report, profit and loss statement, and the financial statements of FY 2081/82. In addition, the meeting will appoint an auditor for FY 2082/83 and finalize the remuneration.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • दुधकोशी-४ जलविद्युत् परियोजना निर्माणका लागि सानिमा मिडल तामोर र व्योमा हाइड्रोको संयुक्त लगानी
      Investor

      दुधकोशी-४ जलविद्युत् परियोजना निर्माणका लागि सानिमा मिडल तामोर र व्योमा हाइड्रोको संयुक्त लगानीSanima Middle Tamor and Vyoma Hydropower to Jointly Develop Dudhkoshi-4 Hydropower Project

      दुधकोशी-४ जलविद्युत् परियोजना निर्माणका लागि सानिमा मिडल तामोर र व्योमा हाइड्रोको संयुक्त लगानी सानिमा मिडल तामोर हाइड्रोपावर लिमिटेडले व्योमा हाइड्रोपावर प्रा.लि. सँगको संयुक्त लगानीमा ४७ मेगावाट क्षमताको दुधकोशी–४ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। उक्त आयोजना निर्माण कार्य Build-Own-Operate-Transfer (BOOT) मोडलमा अघि बढाइनेछ।Sanima Middle Tamor and Vyoma Hydropower to Jointly Develop Dudhkoshi-4 Hydropower Project Sanima Middle Tamor Hydropower Limited, in joint venture with Vyoma Hydropower Pvt. Ltd., has been selected to develop the 47 MW Dudhkoshi-4 Hydropower Project under the Build-Own-Operate-Transfer (BOOT) model. According to the Department of Electricity Development (DoED) under the Ministry of Energy, Water Resources, and Irrigation, the selection was confirmed through an official letter dated 2082/05/10.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने
      Investor

      अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्नेNepal Rastra Bank to Absorb Rs. 25 Billion from Excess Liquidity

      अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै आएको छ, तर कर्जा प्रवाह भने अपेक्षित स्तरमा पुग्न सकेको छैन। ब्याजदर निरन्तर घट्दा पनि कर्जा प्रवाह सुस्त बनेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग गर्दै थप तरलता खिच्ने तयारी गरेको हो। राष्ट्र बैंकका अनुसार २१ दिने निक्षेप संकलन उपकरणमार्फत उठाइने यो रकम असोज १२ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ। निक्षेप संकलनमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने व्यवस्था गरिएको छ।Nepal Rastra Bank to Absorb Rs. 25 Billion from Excess Liquidity Nepal Rastra Bank (NRB) has announced that it will absorb Rs. 25 billion from the banking system in order to manage the growing excess liquidity. For a long time, banks and financial institutions have been struggling with surplus liquidity, but credit flow has not reached the expected level. Even though interest rates have continuously declined, lending has remained sluggish. According to NRB, the central bank will use a 21-day deposit collection instrument to withdraw the funds. The principal and interest will be repaid on Ashoj 12. Participating banks and financial institutions will be allowed to bid for deposits with a minimum of Rs. 100 million and up to a maximum of Rs. 5 billion. The bidding process will be held today at 3 PM.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्ड
      Top

      सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्डGold Hits Rs. 212,000, Silver Reaches Rs. 2,500 — New Record in Nepal

      भदौ २२ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा र चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।On Sunday, September 7 (Bhadra 22), gold and silver prices in Nepal hit a new record. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at Rs. 212,000 per tola and silver at Rs. 2,500 per tola, marking the highest rates ever recorded.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सयपत्री हाइड्रोपावरको हकप्रद शेयर अनुपात संशोधन : अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न
      Investor

      सयपत्री हाइड्रोपावरको हकप्रद शेयर अनुपात संशोधन : अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न Sayapatri Hydropower Revises Rights Share Ratio

      सयपत्री हाइड्रोपावरको हकप्रद शेयर अनुपात संशोधन : अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद शेयरको अनुपात संशोधन भएको छ। कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो र सोका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो। तर आयोगले भदौ २० गते दिएको स्वीकृतिअनुसार कम्पनीले अब १ः०.७४ अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न पाउने भएको छ। यसअनुसार कम्पनीले आयोगले तोकेको नयाँ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।Sayapatri Hydropower Revises Rights Share Ratio Sayapatri Hydropower Limited has revised the ratio of its proposed rights share issuance. The company had earlier decided, through its annual general meeting held on Ashadh 21, to issue rights shares in a 1:1 ratio (100 percent of paid-up capital) and had submitted an application to the Electricity Regulatory Commission for approval. However, the commission, in its approval granted on Bhadra 20, has allowed the company to issue rights shares only in a 1:0.74 ratio.

      NEPSE TRADING·7 Sep, 2025·<1 min read