
बोटलर्स नेपाल (कोका–कोला) मा स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्तिBottlers Nepal (Coca-Cola) Appoints Siddhant Raj Pandey as Independent Director
बोटलर्स नेपाल (कोका–कोला) मा स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्ति बोटलर्स नेपाल लिमिटेड (Coca-Cola Bottlers Nepal Ltd.) ले कम्पनीमा नयाँ स्वतन्त्र सञ्चालकको रूपमा श्री सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको छ। कम्पनीले अक्टोबर ८, २०२५ (२०८२ असोज २२ गते) बसेको सञ्चालक समितिको बैठकले पाण्डेको नियुक्ति गर्ने निर्णय गरेको हो। कम्पनी सचिव विश्व प्रकाश पौडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार, पाण्डेको कार्यकाल सन् २०२६ जनवरी १ तारिखदेखि लागू हुने जनाएको छ। उनी कम्पनीका पूर्व स्वतन्त्र सञ्चालक किशोर कुमार महर्जनको स्थानमा नियुक्त भएका हुन्।Bottlers Nepal (Coca-Cola) Appoints Siddhant Raj Pandey as Independent Director Kathmandu — Bottlers Nepal Limited, the authorized bottler of The Coca-Cola Company in Nepal, has announced the appointment of Mr. Siddhant Raj Pandey as its new Independent Director. The decision was made during the Board of Directors meeting held on October 8, 2025 (Ashwin 22, 2082). According to an official notice signed by Mr. Bishwa Prakash Poudel, Company Secretary of Bottlers Nepal, Mr. Pandey’s appointment will take effect from January 1, 2026. He succeeds Mr. Kishore Kumar Maharjan, who previously served as the company’s independent director.


















