NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 135 / 234Next
    • मिथिला लघुवित्तको चौथो त्रैमासमा ८ करोडभन्दा बढी नाफा
      Latest

      मिथिला लघुवित्तको चौथो त्रैमासमा ८ करोडभन्दा बढी नाफाMithila Laghubitta Earns Over NPR 80 Million Net Profit in Q4

      मिथिला लघुवित्तको खुद नाफा ७७% ले बढेर ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानीमा ४१.८६% र सञ्चालन मुनाफामा १०७.६८% वृद्धि भएको छ। प्रति शेयर आम्दानी (EPS) ३७.५८ रुपैयाँ र PE Ratio ४२.५५ गुणा रहेको छ। कम्पनीले २ अर्ब ९६ करोड कर्जा, १ अर्ब १८ करोड निक्षेप, र १ अर्ब ७७ करोड सापटी रिपोर्ट गरेको छ। वित्तीय सूचकहरूले कम्पनीको मजबुत प्रदर्शन देखाउँछन्।Mithila Laghubitta's net profit surged by 77%, reaching NPR 84.1 million in FY 2081/82. Strong growth in net interest income (41.86%) and operating profit (107.68%) fueled this rise. EPS rose to NPR 37.58, and the PE ratio stood at 42.55. The company also reported loans of NPR 2.96 billion, deposits of NPR 1.18 billion, and borrowings of NPR 1.77 billion. Financial indicators show strong performance and stability.

      NEPSE TRADING·7 Aug, 2025·1 min read
    • कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियो
      Stock

      कुमारी बैंकको चौथो त्रैमासमा २ अर्ब ११ करोड नाफा, EPS Rs. 8.07 मा उक्लियोKumari Bank Reports Rs. 2.11 Billion Net Profit in Q4; EPS Rises to Rs. 8.07

      कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार देखाएको छ। अघिल्लो वर्षको सोही अवधिको ४६ लाख रुपैयाँ खुद नाफाबाट बैंकले यस वर्ष २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदै ४५,८२९% वृद्धि हासिल गरेको छ। यो वृद्धिको मुख्य कारण बैंकको इम्पेरेमन्ट चार्ज ६ अर्ब ८४ करोडबाट घटेर २ अर्ब ७९ करोडमा झर्नु हो। बैंकको सञ्चालन मुनाफा ५२९.८७% ले वृद्धि भएको छ भने नेट इन्टरस्ट आम्दानी ६.९५% र फी तथा कमिसन आम्दानी २७.४४% ले बढेको छ। EPS २ पैसा बाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यद्यपि, अघिल्लो वर्ष पहिले नै प्रकाशित विवरणअनुसार तुलना गर्दा केही तथ्यांक फरक देखिएकाले लगानीकर्ताले विवरण बुझ्दा सतर्कता अपनाउन आवश्यक छ।Kumari Bank Limited has shown remarkable financial improvement in Q4 of fiscal year 2082. The net profit soared by 45,829% to Rs. 2.11 Arba compared to just Rs. 46 lakh in the same period last year. This dramatic rise is largely due to a substantial reduction in impairment charges, which dropped from Rs. 6.84 Arba to Rs. 2.79 Arba. The bank also reported a sharp increase in operating profit by 529.87%, net interest income rose by 6.95%, and net fee and commission income grew by 27.44%. EPS jumped from Rs. 0.02 to Rs. 8.07. However, compared to previously published data for Ashad 2081, there are discrepancies suggesting adjustments were made in impairment figures and earnings, which calls for cautious interpretation by investors.

      NepseTrading·7 Aug, 2025·1 min read
    • सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले बढ्यो
      Top

      सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले बढ्योGold Price Unchanged, Silver Rises by Rs. 10

      साउन २२ गते, २०८२ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमै स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ।On August 7, 2025, gold prices in Nepal remained unchanged at Rs. 198,400 per tola, while silver increased by Rs. 10 and is now trading at Rs. 2,315 per tola. ________________________________________

      NEPSE TRADING·7 Aug, 2025·<1 min read
    • साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमा
      Investor

      साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमाNEPSE Declines Slightly; Microfinance Shines; WIN Nepal & Trade Tower Hit Circuit

      सिजनमै सुस्तायो बजार ! साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमा सामान्यतया साउन–भदौको समयलाई शेयर बजारको “सिजन” मानिन्छ । यस अवधिमा विगतमा कारोबार उच्च, सूचकहरू हरियो, लगानीकर्ता सक्रिय हुने गरेका थिए । तर, आर्थिक वर्ष २०८१/८२ मा भने यो सिजनको सुरुवातमै बजार सुस्त देखिएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई साता बजारमा उत्साह देखिए पनि पछिल्ला ८ कारोबार दिनदेखि कारोबार रकम लगातार घट्दै गएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।Market Slows Down Despite Being in Peak Season! NEPSE Declines Slightly; Microfinance Shines; WIN Nepal & Trade Tower Hit Circuit The months of Shrawan and Bhadra are usually considered the "season" for the Nepali stock market, often marked by increased trading volume, bullish trends, and high investor participation. Historically, this period has brought positive momentum. However, this fiscal year 2081/82, the market has shown weakness right from the beginning of the season. Following the release of the monetary policy, the market experienced a short-lived rally for about two weeks — with NEPSE rising and daily turnover nearing Rs. 10 Arba. But over the past eight consecutive trading days, turnover has been in a downtrend, signaling renewed investor uncertainty.

      NEPSE trading ·6 Aug, 2025·2 min read
    • स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला
      Top

      स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुलाSwastik Laghubitta to Issue IPO for General Public from Shrawan 30

      स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। लघुवित्तले १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्दैछ, जसको मूल्य १ करोड ९५ लाख रुपैयाँभन्दा बढी हुनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गतेसम्म खुला रहनेछ। यस आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी बी एटदरेट’ रेटिङ्ग दिएको छ। निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।Swastik Laghubitta Bittiya Sanstha Limited is issuing its IPO for the general public starting from Shrawan 30. The company is offering 195,195 shares worth over Rs. 19.5 million. Investors can apply for a minimum of 10 and a maximum of 5,000 shares. The IPO will close on Bhadra 3 at the earliest and Bhadra 13 at the latest. ICRA Nepal has rated the IPO as ‘ICRANP IR B@’. Nabil Investment Banking Limited is the issue manager.

      NEPSE TRADING·6 Aug, 2025·1 min read
    • करेक्शन फेज कि नयाँ गिरावटको सुरुवात? बजारमा लगानीकर्ता अन्योलमा
      Investor

      करेक्शन फेज कि नयाँ गिरावटको सुरुवात? बजारमा लगानीकर्ता अन्योलमाCorrection Phase or Start of a Downtrend? Investors in Dilemma as NEPSE Falls

      करेक्शन फेज कि नयाँ गिरावटको सुरुवात? बजारमा लगानीकर्ता अन्योलमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत अधिकांश कम्पनीहरूले चौथो त्रैमासको वित्तीय विवरण सकारात्मक रूपमा सार्वजनिक गरिरहेका छन्। नाफा, प्रतिशेयर आम्दानी (EPS), सञ्चालन आम्दानी लगायतका वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिए पनि बजार भने त्यसको विपरीत दिशातर्फ उन्मुख भएको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। लगानीकर्ताको मनोबलमा गहिरो असर पारेको यो गिरावटलाई धेरैले ‘करेक्शन फेज’ का रूपमा लिएका छन् भने केही विश्लेषकहरू यसलाई नयाँ डाउनट्रेंडको सुरुवातको संकेत मानेर चेतावनी दिइरहेका छन्।Correction Phase or Start of a Downtrend? Investors in Dilemma as NEPSE Falls Despite listed companies in the Nepal Stock Exchange (NEPSE) publishing strong fourth-quarter financial results for FY 2080/81, the stock market has taken a sharp dip. While net profits, EPS, and other key financial indicators have improved across the board, Tuesday's trading session saw the NEPSE index drop by 41.78 points to close at 2,833.57. This decline has shaken investor sentiment and triggered confusion about the market’s future direction.

      NEPSE TRADING·5 Aug, 2025·3 min read
    • उपकार लघुवित्तको उल्लेखनीय वित्तीय सुधार, असार मसान्तसम्म ३ करोड नाफा
      Stock

      उपकार लघुवित्तको उल्लेखनीय वित्तीय सुधार, असार मसान्तसम्म ३ करोड नाफा Significant Financial Improvement for Upakar Laghubitta: Rs. 30 Million Profit by Ashad End

      उपकार लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ करोड ५१ लाखको नोक्सानीबाट स्पष्ट सुधार हो। नाफा वृद्धि मुख्यतया सम्भावित जोखिमका लागि छुट्याइएको रकम घटाउँदा भएको हो। लघुवित्तको खुद ब्याज आम्दानी १६.८२%, अन्य सञ्चालन आम्दानी १०५.४४% र कुल सञ्चालन आम्दानी २२.८१% ले वृद्धि भएको छ। प्रतिशेयर आम्दानी ३२.२६ रुपैयाँ, नेटवर्थ १९०.९६ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १०५.०७ गुणा रहेको छ। संस्थाको चुक्ता पूँजी १० करोड ६१ लाख रहेको छ भने २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरिएको छ।Upakar Laghubitta reported a net profit of Rs. 34.2 million in Q4 FY 2081/82, a major turnaround from a Rs. 35.1 million loss last year. The profit is mainly due to a sharp reduction in provisioning for possible losses. Net interest income grew by 16.82%, other operating income by 105.44%, and total operating income by 22.81%. EPS stands at Rs. 32.26, net worth per share at Rs. 190.96, and P/E ratio at 105.07. The company has a paid-up capital of Rs. 106.1 million and deployed Rs. 2.45 billion in loans from Rs. 923.6 million deposits and Rs. 1.40 billion borrowings.

      NEPSE TRADING·5 Aug, 2025·1 min read
    • मन्दाकिनी हाइड्रोपावरको खुद नाफा २२.९४% ले बढ्यो
      Latest

      मन्दाकिनी हाइड्रोपावरको खुद नाफा २२.९४% ले बढ्योMandakini Hydropower's Net Profit Increased by 22.94%

      मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा २२.९४% ले वृद्धि भई ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्री आम्दानी १.५१% ले बढेको छ भने वित्तीय आम्दानी २५.२५% ले वृद्धि र खर्च १८.६५% ले घटेको छ। प्रतिशेयर आम्दानी ६ रुपैयाँ १७ पैसा, नेटवर्थ १०७ रुपैयाँ १३ पैसा र PE अनुपात ९७.६३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी ६४ करोड ६७ लाख र अन्य इक्विटी ४ करोड ६१ लाख रुपैयाँ छ।Mandakini Hydropower Limited reported a 22.94% increase in net profit, reaching Rs. 3.98 crore in FY 2081/82. Revenue from electricity rose slightly by 1.51%, while finance income surged by 25.25% and finance costs dropped by 18.65%. EPS increased to Rs. 6.17, net worth per share stood at Rs. 107.13, and the PE ratio was 97.63. The company has a paid-up capital of Rs. 64.67 crore and other equity of Rs. 4.61 crore.

      NepseTrading·5 Aug, 2025·1 min read
    • तेस्रो दिन लगातार बढ्यो सुनको मूल्य, चाँदीको भाउ पनि बढ्यो
      Top

      तेस्रो दिन लगातार बढ्यो सुनको मूल्य, चाँदीको भाउ पनि बढ्योGold Price Increases for 3rd Consecutive Day; Silver Also Rises

      साउन २० गते, मंगलबार सुनको मूल्य लगातार तेस्रो दिन बढ्दै प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो १ हजार ९०० रुपैयाँले बढी हो। चाँदीको भाउ पनि २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।Gold prices in Nepal rose for the third consecutive day on Tuesday, August 5, 2025. Hallmark gold reached NPR 198,500 per tola, up NPR 1,900 from the previous day. Silver also gained NPR 25, trading at NPR 2,280 per tola.

      NEPSE TRADING·5 Aug, 2025·<1 min read
    • गणपति लघुवित्तको नाफा १७९.५१%:  EPS र सञ्चालन मुनाफामा समेत वृद्धि
      Latest

      गणपति लघुवित्तको नाफा १७९.५१%: EPS र सञ्चालन मुनाफामा समेत वृद्धिGanapati Laghubitta's Profit Up by 179.51%: EPS and Operating Profit Also Rise

      गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले गत आर्थिक वर्षको अन्त्यसम्ममा १७९.५१% ले नाफा वृद्धि गर्दै ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालन मुनाफा १६८.२७% ले बढेको छ भने EPS २८ रुपैयाँ ४ पैसा पुगेको छ। कुल सञ्चालन आम्दानी ४२.२६% ले वृद्धि भएको छ। ब्याज आम्दानी ४१.७१% ले बढ्दा फि आम्दानी भने ८६.५७% ले घटेको छ। कम्पनीको वितरणयोग्य नाफा २ करोड ६४ लाख र प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ। निक्षेप २ अर्ब २७ करोड र कर्जा लगानी २ अर्ब २९ करोड पुगेको छ।Ganapati Laghubitta Bittiya Sanstha Limited (GMFBS) reported a 179.51% rise in net profit, reaching NPR 4.25 crore by the end of FY 2081/82. Operating profit surged by 168.27%, EPS increased to NPR 28.04, and total operating income grew by 42.26%. Net interest income rose 41.71%, while fee income dropped by 86.57%. The company also holds a distributable profit of NPR 2.64 crore and a net worth per share of NPR 177.45. Deposits reached NPR 2.27 Arba, and loan investments stood at NPR 2.29 Arba.

      NEPSE TRADING·5 Aug, 2025·1 min read
    • आयोजना प्रभावित स्थानीयका लागि बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      आयोजना प्रभावित स्थानीयका लागि बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Bandipur Cable Car IPO for Project-Affected Locals

      Today (August 5, 2025) is the final day to apply for Bandipur Cable Car & Tourism Ltd's IPO, opened for locals from project-affected areas. The company is issuing 566,000 shares at Rs. 100 each. Applications can be made for a minimum of 10 and up to 20,000 shares. Only residents from designated wards of Tanahun and Gorkha districts are eligible. The issue has received a "CARE-NP BB" rating, indicating moderate credit risk. The project’s estimated cost is Rs. 3.85 billion. बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन ६ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिन आज (साउन २० गते) अन्तिम दिन हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ५ लाख ६६ हजार कित्ता शेयर निष्काशन गरेको हो। आवेदन दिन न्यूनतम १० र अधिकतम २० हजार कित्ता माग गर्न सकिनेछ। यस आईपीओमा तनहुँ र गोरखा जिल्लाका निश्चित वडाका बासिन्दाले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीलाई CARE-NP BB रेटिङ प्राप्त छ, जसले औषत जोखिम जनाउँछ। परियोजनाको लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

      NEPSE TRADING·5 Aug, 2025·1 min read
    • MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्च
      Latest

      MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्चDouble-Digit Profit Surge for MBL, EPS Also Rises Sharply

      माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०८०/८१ मा बलियो वित्तीय प्रदर्शन गर्दै २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५%ले बढी हो। ब्याज तथा कमिशन आम्दानी वृद्धि र इम्पेरमेन्ट चार्ज घटेकाले नाफा उकालो लागेको हो। बैंकको EPS १७ रुपैयाँ ३१ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ छ। P/E Ratio १४.९९ र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।Machhapuchchhre Bank Limited (MBL) has reported a strong financial performance for FY 2080/81, posting a net profit of Rs. 2.01 billion – a 92.45% increase compared to the previous year. The surge was driven by higher interest and commission income and a significant drop in impairment charges. The bank's EPS rose to Rs. 17.31, and it holds Rs. 1.07 billion in distributable profit. Its P/E ratio is 14.99, and net worth per share is Rs. 163.80.

      NEPSE TRADING·5 Aug, 2025·1 min read
    • नेप्सेमा सुधारको संकेत : तीन दिनको गिरावटपछि बजारमा आशा पलायो, डोजी क्यान्डल बनेपछि ‘बुलिश रिभर्सल’ को सम्भावना
      Investor

      नेप्सेमा सुधारको संकेत : तीन दिनको गिरावटपछि बजारमा आशा पलायो, डोजी क्यान्डल बनेपछि ‘बुलिश रिभर्सल’ को सम्भावनाNEPSE Market Recovery: After 3-Day Fall, Bullish Reversal Pattern Expected

      नेप्सेमा सुधारको संकेत : तीन दिनको गिरावटपछि बजारमा आशा पलायो, डोजी क्यान्डल बनेपछि ‘बुलिश रिभर्सल’ को सम्भावना पछिल्लो तीन दिनको लगातार गिरावटपछि सोमबारको कारोबार दिन नेप्से परिसूचकले दोहोरो अंकको सुधार देखाएको छ। साउन १३ गते ३०२० विन्दु छोएको बजार त्यसपछिका तीन दिन १४३ अंकले घटेर आइतबार २८५८.९० विन्दुसम्म झरेको थियो। सोमबार भने बजार १६.४६ अंकले उकालो लाग्दै २८७५.३६ विन्दुमा बन्द भएको छ। विश्लेषकहरूका अनुसार, बजारको यो गिरावट सामान्य ‘करेक्शन’ चरणको हिस्सा मात्र थियो। अल्पकालीन लगानीकर्ताहरूको मुनाफा बुकिङ र ३००० विन्दुलाई प्राविधिक प्रतिरोध मानिएकोले बिक्री चाप बढ्दा बजार ओरालो लागेको हो। सोमबारको सुधारले भने बजार फेरि लयमा फर्कन सक्ने सम्भावनाको संकेत दिएको छ। यद्यपि बजार बढेको भए पनि सोमबारको कारोबार रकम घटेको छ। आइतबार १३ अर्ब ७ करोड बराबरको कारोबार भएको थियो भने सोमबार १० अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। १३ उपसमूहमध्ये ७ उपसमूह हरियो रहे भने ६ उपसमूह रातो रहन पुगेका छन्, जसले बजारमा केही सन्तुलन देखाएको छ।NEPSE Market Recovery: After 3-Day Fall, Bullish Reversal Pattern Expected After a continuous three-day decline, the NEPSE index showed a double-digit recovery on Monday. On Saun 13 (July 29), NEPSE had reached a recent high of 3020 points but subsequently dropped by 143 points over the next three trading days, falling to 2858.90 on Sunday. However, Monday's market closed 16.46 points higher at 2875.36, providing a sense of relief to investors. Analysts suggest this recent decline was merely a technical correction. Profit booking from short-term investors and the psychological resistance around the 3000 level created downward pressure on the market. Monday’s rebound now signals the potential for a trend reversal and renewed momentum.

      NEPSE TRADING·4 Aug, 2025·2 min read
    • वित्तीय सफलता : आशाको EPS र नाफा दुवैमा वृद्धि
      Stock

      वित्तीय सफलता : आशाको EPS र नाफा दुवैमा वृद्धिFinancial Success: Asha’s EPS and Profit Both See Sharp Growth

      आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २०८२ मा सम्पन्न आर्थिक वर्षमा अत्यधिक सुधारिएको वित्तीय प्रदर्शन देखाएको छ। कम्पनीको खुद नाफा अघिल्लो वर्षको ६ करोड ८९ लाख रुपैयाँबाट २० करोड ९२ लाख रुपैयाँमा पुगेर २४८.२८ प्रतिशतले बढेको छ। यो वृद्धिको प्रमुख कारण ६७.४७ प्रतिशतले बढेको खुद ब्याज आम्दानी हो, जुन हाल ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ। साथै, सञ्चालन नाफा २५५.३६ प्रतिशतले बढ्दा कुल सञ्चालन आम्दानी पनि ५०.०५ प्रतिशतले वृद्धि भई ८९ करोड २० लाख रुपैयाँमा पुगेको छ। यी सबै तथ्यांकले कम्पनीको सञ्चालन क्षमता र नाफा कमाउने क्षमतामा उल्लेखनीय मजबुती आएको संकेत गर्छ।Asha Laghubitta Bittiya Sanstha has shown outstanding financial performance in the fiscal year ending Ashad 2082. The company’s net profit rose sharply by 248.28%, increasing from NPR 60.08 million in Ashad 2081 to NPR 209.27 million. This surge is primarily due to a 67.47% rise in net interest income, which reached NPR 738.84 million. Operating profit also soared by 255.36%, supported by a 50.05% growth in total operating income, which now stands at NPR 892.04 million. These figures reflect a strong improvement in the company’s core operational efficiency and profitability.

      NEPSE TRADING·4 Aug, 2025·1 min read
    • सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्यो
      Latest

      सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्योSingati Hydro's Profit: Electricity Sales Revenue Increased Eightfold

      सिंगटी हाइड्रो इनर्जीले २०८१/८२ मा १४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ, अघिल्लो वर्षको ६ करोड ९२ लाख घाटाबाट उक्लिँदै। विद्युत् बिक्री ८ करोड ३० लाखबाट बढेर ६८ करोड ७१ लाख पुगेको छ। ब्याज तिर्न २६ करोड ७३ लाख खर्च भए पनि कम्पनीले ५ रुपैयाँ १७ पैसा EPS र १०९ रुपैयाँ ५३ पैसा नेटवर्थ कायम गरेको छ।Singati Hydro Energy posted a net profit of NPR 149.9 million in FY 2081/82, recovering from a loss of NPR 69.2 million last year. Electricity sales rose to NPR 687.1 million from NPR 83 million. Despite NPR 267.3 million in interest payments, the company achieved EPS of NPR 5.17 and net worth per share of NPR 109.53.

      NEPSE TRADING·4 Aug, 2025·1 min read
    • आजको विदेशी मुद्रा विनिमय दर
      Economy

      आजको विदेशी मुद्रा विनिमय दरToday's Foreign Exchange Rates

      नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर (१३९.७७/१४०.३७ रुपैयाँ), युरो, पाउण्ड, स्वीस फ्रयांकलगायत प्रमुख मुद्राको खरिद र बिक्री दर तोकिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी रियाल लगायतका एसियाली मुद्रा र भारतीय रुपैयाँ (१०० = १६०/१६०.१५) को दर समेत अद्यावधिक गरिएको छ। यी दरहरू जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकको दर केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। विस्तृत जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिन्छ।Nepal Rastra Bank has published today's official foreign exchange rates. The buying and selling rates for major currencies like the US Dollar (NPR 139.77/140.37), Euro, Pound, Swiss Franc, and others have been set. Asian currencies like Japanese Yen, Chinese Yuan, and Saudi Riyal are also updated. Indian Rupee is set at NPR 160 (buying) and NPR 160.15 (selling) per 100 INR. Rates may change anytime, and commercial banks may offer slightly different rates. Visit NRB's website for real-time updates.

      NEPSE trading ·4 Aug, 2025·1 min read
    • बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३ गतेसम्म लम्बियो
      Investor

      बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३ गतेसम्म लम्बियोApplication Deadline Extended for Barun Hydropower’s Right Shares Until Bhadra 3

      बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३ गतेसम्म लम्बियो बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १:१ अनुपातमा बिक्री खुला गरिएको हकप्रद सेयरमा आवेदन दिने म्याद लम्बिएको छ। कम्पनीले असार ३१ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले भदौ ३ गतेसम्म आवेदन दिन सक्ने भएका छन्। कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ कित्ता बराबर नयाँ १ कित्ता (१००%) को अनुपातमा हकप्रद सेयर निष्काशन गरिएको हो। हकप्रद सेयर बाँडफाँट भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर निष्काशनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन्।Application Deadline Extended for Barun Hydropower’s Right Shares Until Bhadra 3 Kathmandu — Barun Hydropower Company Limited has extended the application deadline for its 1:1 ratio right share issuance. Investors can now apply for the 100% right shares until Bhadra 3. The issuance originally opened on Ashar 31. The company is offering 5,358,150 right shares at a par value of NPR 100 each, totaling NPR 535.815 million. The rights are being issued at a 1:1 ratio — one new share for every one existing share held. After allotment, the company’s paid-up capital will increase to NPR 1.07163 billion. For the purpose of this issuance, the company had announced a book closure date on Jestha 22. Therefore, only shareholders who held shares until Jestha 21 are eligible to apply for the right shares. RBB Merchant Banking Limited is the issue and sales manager for this offering. Applications can be submitted through RBB Merchant Banking and various branches of Rastriya Banijya Bank including Birgunj, Janakpur, Narayangadh, Baglung, Butwal, Nepalgunj, Birendranagar, Dhangadhi, Birtamod, Hetauda, Tulsipur, Mahendranagar, Chainpur, Khandbari, and Dharan. Additionally, investors can apply through banks and financial institutions participating in the C-ASBA system, or via the “Mero Share” online portal.

      NEPSE TRADING·4 Aug, 2025·1 min read
    • माबिलुङ इनर्जी लिमिटेडको आईपीओ : साउन २६ गतेदेखि  साउन २९ गतेसम्म आवेदन दिन सकिने
      Investor

      माबिलुङ इनर्जी लिमिटेडको आईपीओ : साउन २६ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिनेMabilung Energy Limited to Open IPO for General Public from Shrawan 26

      माबिलुङ इनर्जी लिमिटेडको आईपीओ : साउन २६ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिने काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राप्त स्वीकृति अनुसार कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न पाउने अनुमति प्राप्त गरेको थियो।Mabilung Energy Limited to Open IPO for General Public from Shrawan 26 Kathmandu — Mabilung Energy Limited is set to open its Initial Public Offering (IPO) for the general public starting Shrawan 26. The company is issuing 1,248,904 ordinary shares at a par value of NPR 100 per share. Earlier, the company had already issued and allotted IPO shares to locals of the project-affected areas and to Nepali citizens working abroad. As per the approval received from the Securities Board of Nepal (SEBON), the company was permitted to issue 1,890,530 shares, equivalent to 48.9998% of its total issued capital of NPR 385.824 million. Out of this, 1,248,904 shares are now being issued to the general public.

      NEPSE TRADING·4 Aug, 2025·1 min read
    • दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Final Day to Apply for Darma Khola Hydropower Limited’s IPO

      दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिन आज साउन १९ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणमा आईपीओ निष्काशन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख २३ हजार १८५ कित्ता साधारण शेयर निष्काशन गरेको हो। यो शेयर कम्पनीको १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीको ३८.३३ प्रतिशत हो। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकिएको छ। त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर छुट्याई बाँडफाँट गरिसकिएको छ।Today Is the Final Day to Apply for Darma Khola Hydropower Limited’s IPO Today, Shrawan 19, is the last day to apply for the ordinary shares (IPO) issued by Darma Khola Hydropower Limited, which opened for public subscription on Shrawan 15. After issuing IPOs to locals of the project-affected area and Nepali citizens working abroad, the company has now opened 2,423,185 ordinary shares for general public investors. This represents 38.33% of the company's issued capital of Rs. 1.03 billion.

      NEPSE TRADING·4 Aug, 2025·1 min read
    • कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासा
      Investor

      कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासाMassive Embezzlement of Over Rs. 3.38 Billion Uncovered at Karnali Development Bank

      कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ अपचलनको सनसनीखेज खुलासा काठमाडौं । कर्णाली विकास बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको तथ्य सार्वजनिक भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) द्वारा गरिएको अनुसन्धानमा बैंकका कर्मचारी तथा सञ्चालकहरूमै संलग्न रही विभिन्न बहानामा बैंकको रकम अपचलन गरिएको प्रमाणित भएको छ। अनुसन्धानका अनुसार अन्य बैंकबाट ल्याइएको नगद रकम बैंकको प्रणालीमै नचढाई सिधै अपचलन गरिएको देखिएको छ। चेक तथा भौचर कारोबारमा संलग्न १७ जनाका माध्यमबाट मात्र १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ अपचलन भएको छ। त्यस्तै, विभिन्न बैंकमा जम्मा गर्ने भनिएको १५ करोड ३० लाख रुपैयाँ कहीँ कतै नजम्मा भई हराएको छ। रेमिट कारोबारमार्फत १ करोड ७८ लाख रुपैयाँ कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरेर हिनामिना गरिएको छ।Massive Embezzlement of Over Rs. 3.38 Billion Uncovered at Karnali Development Bank A shocking case of financial fraud has surfaced at Karnali Development Bank, with the Central Investigation Bureau (CIB) revealing that more than Rs. 3.38 billion in cash has been embezzled through systematic internal manipulation. According to the CIB investigation, large amounts of cash brought in from other banks were not recorded in the system and were directly misappropriated. Transactions involving checks and vouchers revealed the involvement of 17 individuals, leading to the embezzlement of Rs. 1.11 billion.

      NEPSE TRADING·4 Aug, 2025·1 min read