NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 165 / 238Next
    • पाँच हजार ५०४ राष्ट्रसेवकले सम्पत्ति विवरण नबुझाएको खुलासा, अख्तियारले कारबाही गर्ने
      Top

      पाँच हजार ५०४ राष्ट्रसेवकले सम्पत्ति विवरण नबुझाएको खुलासा, अख्तियारले कारबाही गर्ने 5,504 Government Officials Fail to Submit Property Declarations; Commission Signals Legal Action

      पाँच हजार ५०४ राष्ट्रसेवकले सम्पत्ति विवरण नबुझाएको खुलासा, अख्तियारले कारबाही गर्ने आर्थिक वर्ष २०८०/८१ मा संघ, प्रदेश र स्थानीय तहका ५ हजार ५०४ सरकारी कर्मचारी तथा पदाधिकारीले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ। यो तथ्य राष्ट्रिय सतर्कता केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको हो।5,504 Government Officials Fail to Submit Property Declarations; Commission Signals Legal Action Kathmandu — A total of 5,504 government employees and public officials at the federal, provincial, and local levels failed to submit their property declarations for the fiscal year 2080/81, according to a new report. This was revealed in the Property Declaration Monitoring Report submitted by the National Vigilance Center (NVC) to the Commission for the Investigation of Abuse of Authority (CIAA) on Monday.

      NEPSE trading ·26 May, 2025·1 min read
    • हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख ९० हजार कित्ता सेयर बजारमा ल्याउने
      Investor

      हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख ९० हजार कित्ता सेयर बजारमा ल्याउनेHim Star Urja Receives SEBON Approval to Issue IPO, 1.19 Million Shares to Be Offered

      हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख ९० हजार कित्ता सेयर बजारमा ल्याउने नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (IPO) निष्कासनको अनुमति दिएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल र धितोपत्र बोर्डबीच देखिएको स्वीकृति विवादपछि स्वीकृति पाउने पहिलो कम्पनीको रूपमा हिम स्टार अगाडि आएको हो। बोर्डले कम्पनीलाई ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत बराबर हुने ११ करोड ९० लाख रुपैयाँको सेयर सार्वजनिक गर्न स्वीकृति दिएको हो। यसअनुसार, कम्पनीले ११ लाख ९० हजार कित्ता साधारण सेयर आम जनताका लागि निष्काशन गर्नेछ। एनआईसी एशिया क्यापिटल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। कम्पनीले निकट भविष्यमा शेयर निष्काशनको मिति र आवेदन प्रक्रिया सार्वजनिक गर्नेछ।Him Star Urja Receives SEBON Approval to Issue IPO, 1.19 Million Shares to Be Offered The Securities Board of Nepal (SEBON) has granted approval to Him Star Urja Company Limited to issue its Initial Public Offering (IPO). This is the first IPO approval granted by SEBON following a recent dispute between the board and the Independent Power Producers' Association of Nepal (IPPAN) over the IPO approval process. The company has received approval to issue 1.19 million ordinary shares, equivalent to 30% of its total paid-up capital of NPR 373 million. The total IPO issuance amounts to NPR 119 million. NIC Asia Capital Limited has been appointed as the issue and sales manager for the IPO. Him Star Urja is expected to announce the IPO opening date and application process soon. This approval is seen as a positive signal for other hydropower companies awaiting IPO issuance, potentially revitalizing investor confidence in the sector.

      NEPSE trading ·26 May, 2025·1 min read
    • पियोर इनर्जीको साधारण सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुने
      Top

      पियोर इनर्जीको साधारण सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुनेPure Energy Shares Listed on NEPSE, Trading to Begin from Tuesday

      पियोर इनर्जीको साधारण सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुने पियोर इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (IPO) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीका ८० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएका हुन्। सूचीकृत सेयरमध्ये २० प्रतिशत सर्वसाधारण समूह र ८० प्रतिशत संस्थापक समूह अन्तर्गत पर्छन्। नेप्सेले पियोर इनर्जीलाई "PURE" सिम्बोल प्रदान गरेको छ। कम्पनीको सेयर कारोबार भोलि मंगलबार (जेठ १४ गते) बाट सुरु हुने नेप्सेले जानकारी दिएको छ। हाइड्रोपावर समूहमा पर्ने यो कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम ९६ रुपैयाँ ४५ पैसा देखि अधिकतम २८९ रुपैयाँ ३५ पैसा सम्म तोकिएको छ। कारोबार सुरु भएपछि, सेयर मूल्य हरेक कारोबारमा २ प्रतिशत र दैनिक अधिकतम १० प्रतिशतसम्म मात्रै घटबढ हुन सक्नेछ। लगानीकर्ताहरूले अब पियोर इनर्जीको सेयर खरिद–बिक्री नेप्से मार्फत् गर्न सक्नेछन्।Pure Energy Shares Listed on NEPSE, Trading to Begin from Tuesday Pure Energy Development Company Limited has officially listed its ordinary shares on the Nepal Stock Exchange (NEPSE). A total of 8 million units of ordinary shares have been listed. Out of the total listed shares, 20% belong to the general public, while 80% are held by the promoters. NEPSE has assigned the stock symbol "PURE" to the company, which falls under the Hydropower category. The company’s shares will begin trading from Tuesday (Jestha 14). For the first transaction, the price range has been set between NPR 96.45 and NPR 289.35. Following the initial trade, a maximum fluctuation of 2% per transaction and up to 10% per day will be allowed. Investors can now buy and sell Pure Energy shares through the NEPSE trading system.

      NEPSE trading ·26 May, 2025·1 min read
    • थप १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
      Investor

      थप १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकारNepal Government Auctions NPR 17 Billion Treasury Bills Amid Surplus Bank Liquidity

      नेपाल सरकारले जेठ १२ गते १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ, जसमा १२ अर्ब नवीकरण र ५ अर्ब नयाँ जारी गरिने हो। बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता रहेकाले सरकारी कागजातप्रतिको माग उच्च छ, जसका कारण ब्याजदर घट्दो क्रममा छ।The Government of Nepal is auctioning NPR 17 billion worth of treasury bills on May 26, 2025, including NPR 12 billion in renewal and NPR 5 billion in new issuance. With excess liquidity in banks and limited investment alternatives, demand for short-term government securities has surged, leading to lower interest (discount) rates.

      NEPSE trading ·26 May, 2025·1 min read
    • सुनको मूल्यमा  गिरावट, चाँदीको मूल्य यथावत
      Investor

      सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य यथावतSignificant Drop in Gold Price, Silver Remains Unchanged

      सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य यथावत नेपाली बजारमा आज सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो मात्रै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो भने त्यसअघिको शुक्रबार १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। गएको वैशाख ९ गते सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज पनि चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमै कायम छ, जुन हिजोको मूल्य पनि हो। बजार विश्लेषकहरूका अनुसार सुनको अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, माग आपूर्ति लगायतका कारणले सुनको मूल्यमा उतारचढाव भइरहेको छ। आगामी दिनमा सुनको मूल्यमा अझै चहलपहल आउने अनुमान गरिएको छ।Significant Drop in Gold Price, Silver Remains Unchanged The price of gold in the Nepali market has dropped by NPR 700 per tola today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the trading price of hallmark gold now stands at NPR 191,100 per tola. Just yesterday, the price was NPR 191,800 per tola, while on Friday it was NPR 190,400 per tola. On Baisakh 9 (April 21), the price of gold had reached a record high of NPR 197,900 per tola, the highest ever in Nepal’s history. Meanwhile, the price of silver remains stable, continuing at NPR 2,005 per tola today—the same rate as yesterday. Market analysts attribute the fluctuation in gold prices to changes in the international market, currency exchange rates, and local supply-demand dynamics. The trend suggests further volatility in the coming days.

      NEPSE trading ·26 May, 2025·1 min read
    • ईभीका लागि छुट्टै बिमा निर्देशिका आउने तयारी : बिमा प्राधिकरणको पहलमा नीति निर्माण प्रक्रिया सुरु
      Trending

      ईभीका लागि छुट्टै बिमा निर्देशिका आउने तयारी : बिमा प्राधिकरणको पहलमा नीति निर्माण प्रक्रिया सुरुSeparate Insurance Policy for EVs Coming Soon: Nepal Insurance Authority Initiates Policy Revision Process

      ईभीका लागि छुट्टै बिमा निर्देशिका आउने तयारी : बिमा प्राधिकरणको पहलमा नीति निर्माण प्रक्रिया सुरु नेपाल बिमा प्राधिकरणले विद्युतीय सवारी (ईभी) का लागि छुट्टै बिमा दर नीति ल्याउने तयारी गरेको छ। हालसम्म पेट्रोलियम सवारीसंगै एउटै ढाँचामा बिमा हुँदै आएकोमा, अब विद्युतीय सवारी साधनको प्रकृति, जोखिम र मर्मत खर्च फरक भएको कारण छुट्टै निर्देशिका आवश्यक भएको निष्कर्षसहित संशोधन प्रक्रिया अघि बढाइएको हो। हाल बिमा कम्पनीहरूले मूल्यको आधारमा बिमा शुल्क लिने गरेका छन्। विद्युतीय र पेट्रोलियम सवारीबीच फरक नदेखाई एउटै मोटर बिमा निर्देशिका, २०७३ अनुसार शुल्क निर्धारण हुँदै आएको छ। तर पछिल्ला वर्षहरूमा ईभीको प्रयोग तीव्र गतिमा बढेपछि, यसमा प्रयोग हुने प्रविधि, ब्याट्री, सर्भिस खर्च र जोखिमसम्बन्धी संरचना फरक हुने भएकाले छुट्टै नीति आवश्यक भएको बताइएको छ।Separate Insurance Policy for EVs Coming Soon: Nepal Insurance Authority Initiates Policy Revision Process The Nepal Insurance Authority has initiated the process of revising the “Motor Insurance Tariff Directive, 2073” with the goal of introducing a separate insurance policy specifically for electric vehicles (EVs). Currently, insurance companies in Nepal determine motor insurance premiums based on the vehicle's value, regardless of whether the vehicle runs on petroleum or electricity. The existing directive, issued in 2073, does not distinguish between internal combustion engine (ICE) vehicles and EVs, and as a result, both types have been insured under the same structure.

      NEPSE trading ·26 May, 2025·2 min read
    • नेपाल एसबीआई र शाइन रेसुंगा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने
      Investor

      नेपाल एसबीआई र शाइन रेसुंगा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेNepal SBI and Shine Resunga Banks to Issue Bonds Worth NPR 4 Billion

      नेपाल एसबीआई र शाइन रेसुंगा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने नेपाल एसबीआई बैंक लिमिटेड र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल एसबीआईलाई ३ अर्ब रुपैयाँ र शाइन रेसुंगालाई १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो।Nepal SBI and Shine Resunga Banks to Issue Bonds Worth NPR 4 Billion Nepal SBI Bank Ltd. and Shine Resunga Development Bank Ltd. have received regulatory approval from the Securities Board of Nepal (SEBON) to issue bonds totaling NPR 4 billion.

      NEPSE trading ·26 May, 2025·1 min read
    • बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता, निक्षेपमा नयाँ रेकर्ड
      Investor

      बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता, निक्षेपमा नयाँ रेकर्डLiquidity Surplus Worsens in Nepal’s Banking Sector as Credit Demand Remains Weak

      बैंकिङ प्रणालीमा थपिएको तरलता संकट: कर्जा प्रवाहको सुस्तता र विकास ऋणपत्रको तयारी गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको अधिक तरलताको संकट अहिले नेपाली बैंकिङ क्षेत्रकै प्रमुख चुनौती बनेको छ। मागको कमी, आर्थिक शिथिलता र लगानीयोग्य क्षेत्रमा कर्जाको न्यून मागका कारण बैंकहरूमा भारी मात्रामा रकम थुप्रिएको छ। बैंकहरूले कर्जा प्रवाह गर्न नसक्दा राष्ट्र बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको छ।Liquidity Surplus Worsens in Nepal’s Banking Sector as Credit Demand Remains Weak Since mid of the last fiscal year, excess liquidity has emerged as a critical issue in Nepal’s banking sector. With declining credit demand and a slowdown in business activities, banks are struggling to disburse loans, leading to a pile-up of idle funds. As a result, Nepal Rastra Bank (NRB) is facing increasing difficulty managing monetary operations and maintaining the interest rate corridor.

      NEPSE trading ·26 May, 2025·3 min read
    • भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल — जापानलाई उछिनेको ऐतिहासिक मोड
      Top

      भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल — जापानलाई उछिनेको ऐतिहासिक मोडIndia Surpasses Japan to Become the 4th Largest Economy in the World

      अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को २०२५ अप्रिलको विश्व आर्थिक दृष्टिकोण अनुसार, भारतले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ। भारतको GDP ४.१८७ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन जापानको ४.१८६ ट्रिलियन डलर भन्दा थोरै बढी हो। यो आर्थिक सफलता भारतको सेवा क्षेत्र, उत्पादन वृद्धि, र रणनीतिक सुधारको नतिजा हो। अमेरिका, चीन र जर्मनीपछि भारत अहिले चौथो स्थानमा पुगेको छ। यदि भारतले यही गति कायम राखेमा छिट्टै जर्मनीलाई पनि उछिन्ने अपेक्षा गरिएको छ।India has overtaken Japan to become the 4th largest economy in the world, according to the IMF's April 2025 World Economic Outlook. India’s GDP now stands at $4.187 trillion, just ahead of Japan’s $4.186 trillion. This economic leap highlights India’s strong growth driven by a robust service sector, rising manufacturing, and strategic reforms. The global rankings are led by the USA, China, Germany, followed now by India. Experts believe India could surpass Germany in the coming years if it maintains its current growth pace.

      Nepsetrading·26 May, 2025·2 min read
    • ऊर्जा  क्रान्तिको सुरुवात : जापानले अन्तरिक्षबाट पृथ्वीमा सौर्य ऊर्जा पठाउने तयारी गर्दै
      Top

      ऊर्जा क्रान्तिको सुरुवात : जापानले अन्तरिक्षबाट पृथ्वीमा सौर्य ऊर्जा पठाउने तयारी गर्दैJapan Leads the Way: Solar Energy Transmission from Space to Earth Becomes a Reality

      जापान संसारकै पहिलो देश बन्ने तयारीमा छ, जसले अन्तरिक्षबाट पृथ्वीमा सौर्य ऊर्जा पठाउने प्रविधिमा काम गरिरहेको छ। सौर्य प्यानलयुक्त उपग्रहबाट संकलित ऊर्जा माइक्रोवेभमार्फत पृथ्वीमा पठाइनेछ। यो प्रणालीले कुनै पनि समयमा, कुनै पनि स्थानमा स्वच्छ र निरन्तर ऊर्जा आपूर्ति गर्नेछ, जसले कार्बन उत्सर्जन घटाउने र विश्व ऊर्जा प्रणालीलाई बदल्ने अपेक्षा गरिएको छ। जापानले सन् २०३० भित्र यो प्रविधिलाई व्यावसायिक रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ।Japan is set to become the first country to transmit solar energy from space to Earth. This pioneering project will use satellites equipped with solar panels to collect energy in orbit and send it wirelessly via microwaves to Earth. The system will provide clean, uninterrupted energy anytime, anywhere—helping reduce carbon emissions and revolutionize global energy supply. Japan aims to begin small-scale tests soon and expand the technology commercially by the 2030s.

      Nepsetrading·26 May, 2025·1 min read
    • मौद्रिक नीति समीक्षा : संशोधन गरिएका ६ नीति
      Investor

      मौद्रिक नीति समीक्षा : संशोधन गरिएका ६ नीति NRB Releases Third Quarter Monetary Policy Review: Major Relief for Share Investors

      मौद्रिक नीति समीक्षा : संशोधन गरिएका ६ नीति नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आइतबार सार्वजनिक गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो। समीक्षामा समावेश छ वटा प्रमुख बुँदामा बैंकिङ, कर्जा, लगानी र विदेशी विनिमय नीतिसम्बन्धी महत्वपूर्ण विषय उल्लेख छन्। राष्ट्र बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थितिलाई मध्यनजर गर्दै मौद्रिक नीतिको कार्यदिशालाई सावधानीपूर्वक सन्तुलित बनाइएको जनाएको छ। नीति दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दर ६.५ प्रतिशतमा यथावत राखिएको छ। त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात पनि यथावत राखिएको छ। अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ९० प्रतिशत दैनिक नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरिनेछ।NRB Releases Third Quarter Monetary Policy Review: Major Relief for Share Investors Nepal Rastra Bank (NRB) has released the third quarter review of the Monetary Policy for the fiscal year 2081/82 (2024/25) following its Board of Directors' meeting on Sunday. The review highlights six major points focusing on interest rates, liquidity, credit risk weights, and regulatory updates. The central bank stated that it has maintained a cautious balance in the policy direction, considering the current domestic economic and financial conditions. The key policy rate remains unchanged at 5.0%, the deposit collection rate at 3.0%, and the bank rate — the upper limit of the interest rate corridor — is held steady at 6.5%.

      NEPSE trading ·25 May, 2025·1 min read
    • शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकले
      Investor

      शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकलेRelief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans

      शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ, जसले शेयर बजारमा लगानीकर्ताका लागि राहतको संकेत दिएको छ। समीक्षामा विशेषगरी शेयर धितो कर्जासम्बन्धी जोखिम भार घटाइएको छ। अबदेखि शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ। यस नीतिगत परिवर्तनले बैंकहरूलाई शेयर धितो कर्जा प्रवाह गर्न सहज बनाउने अनुमान गरिएको छ। जोखिम भार कम भएपछि बैंकहरूको पूँजीमा पर्ने भार घट्नेछ, जसले गर्दा उनीहरू थप कर्जा प्रवाह गर्न सक्षम हुनेछन्। शेयर लगानीकर्ताको दृष्टिकोणले हेर्दा यो निर्णयले बजारमा सकारात्मक प्रभाव पार्नेछ। यसले बजारमा तरलता थप बढाउने र सेयर मूल्यहरूमा उत्साहजनक वृद्धि गराउने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकको यो निर्णयलाई विश्लेषकहरूले बजारलाई बलियो बनाउने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्। शेयर बजारमा पछिल्ला केही महिना देखिएको संकोचपूर्ण अवस्था परिवर्तन हुने सम्भावना देखिएको छ। यो नीतिगत निर्णय लागू भएसँगै सेयर लगानीकर्तामाझ आशा र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।Relief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans Nepal Rastra Bank (NRB) has released the third quarterly review of the Monetary Policy for the fiscal year 2081/82, bringing positive news for the capital market. In a move likely to please share investors, the central bank has reduced the risk weight on share-backed (margin) loans from 125% to 100%. This policy revision is expected to ease the flow of margin lending by commercial banks. With a lower risk weight, banks will have reduced capital requirements for such loans, enabling them to lend more aggressively against share collateral. Market analysts suggest that this change will inject more liquidity into the stock market and potentially boost investor sentiment. The reduction in risk weight is seen as a strategic step by the central bank to strengthen the market, especially during a time when the stock market has been witnessing sluggish momentum. Investors and financial institutions alike are hopeful that this move will lead to increased activity and confidence in Nepal’s capital market in the coming weeks.

      NEPSE trading ·25 May, 2025·1 min read
    • SCB स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ
      Investor

      SCB स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङStandard SCB Chartered Bank Nepal Secures ‘Triple A’ Rating for the Sixth Consecutive Year

      स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ बैंकको पुँजी आधार बलियो, जोखिम न्यून र कोष लागत पनि कम स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं वर्ष उच्चतम क्रेडिट रेटिङ ‘ट्रिपल ए’ (AAA) प्राप्त गरेको छ। इक्रा नेपालले दिएको यो रेटिङले बैंकको वित्तीय स्थायित्व, ऋण तिर्ने क्षमता र सम्पत्तिको गुणस्तर बलियो रहेको प्रमाणित गर्छ। इक्रा नेपालका अनुसार बैंकको २०२५ को मध्य अप्रिलसम्म जोखिम भारित सम्पत्तिको आधारमा कुल पुँजी अनुपात १७.४४ प्रतिशत छ भने प्राथमिक पुँजी अनुपात १५.१५ प्रतिशत रहेको छ। यो अनुपात नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ११ प्रतिशत र ८.५ प्रतिशतको मापदण्डभन्दा निकै माथि छ।SCB Standard Chartered Bank Nepal Secures ‘Triple A’ Rating for the Sixth Consecutive Year Strong Capital Base, Low Risk, and Market-Leading Cost of Funds Highlighted Standard Chartered Bank Nepal Limited has once again secured the highest credit rating of ‘Triple A’ (AAA) from ICRA Nepal, marking its sixth consecutive year of receiving the top-tier rating. This rating reflects the bank’s strong financial discipline, timely debt servicing capacity, and robust asset quality. According to ICRA Nepal, as of mid-April 2025, the bank’s capital adequacy ratio stood at 17.44% based on risk-weighted assets, and the core capital ratio was 15.15%. These are significantly above the regulatory minimums set by Nepal Rastra Bank at 11% and 8.5%, respectively.

      NEPSE trading ·25 May, 2025·1 min read
    • नेप्सेमा ओरालो यात्रा : राजनीतिक अन्योल, नीति प्रतीक्षा र प्राविधिक चिन्हले बजार दबाबमा
      Investor

      नेप्सेमा ओरालो यात्रा : राजनीतिक अन्योल, नीति प्रतीक्षा र प्राविधिक चिन्हले बजार दबाबमाNEPSE Declines Amid Policy Uncertainty and Bearish Technical Indicators

      नेप्सेमा ओरालो यात्रा : राजनीतिक अन्योल, नीति प्रतीक्षा र प्राविधिक चिन्हले बजार दबाबमा नेपालको पूँजी बजारले साताको सुरुवात ओरालो यात्राबाट गरेको छ। आइतबार, ११ जेठ २०८२, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा झरेको छ। बजारको यो गिरावट पछाडि राजनीतिक अन्योल, मौद्रिक नीति समीक्षा र आगामी बजेटको पर्खाइ मुख्य कारण मानिएको छ।NEPSE Declines Amid Policy Uncertainty and Bearish Technical Indicators On Sunday, the first trading day of the week, the Nepal Stock Exchange (NEPSE) index declined by 8.57 points, closing at 2,679.98. This drop reflects investor caution in anticipation of two major policy events — the third quarterly review of the monetary policy by Nepal Rastra Bank and the upcoming full annual budget for fiscal year 2081/82. Political instability and policy uncertainty have intensified the "wait and watch" sentiment among investors.

      NEPSE trading ·25 May, 2025·2 min read
    • गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत
      Investor

      गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Revived

      गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यालयमा महत्वपूर्ण पुनःसरुवाको थालनी गरेका छन्। सो क्रममा उनले डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा ल्याएका हुन्। राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार, राष्ट्रिय योजना आयोगमा काजमा सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको अवकाशपश्चात उक्त स्थान रिक्त बनेको थियो। त्यसै स्थानमा डा. भट्टलाई सरुवा गरिएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व सम्हाल्नेछन्। डा. भट्ट स्वयं गभर्नर पदको एक प्रमुख आकांक्षी थिए। उनले गत वैशाखमा गभर्नर बन्ने आशामा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर एवं गभर्नरको दौडमा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए। गभर्नर बन्ने सम्भावना समाप्त भएपछि उनी अमेरिका प्रस्थान गरेका थिए। गभर्नर पौडेलले पदभार सम्हाल्नासाथ संगठनभित्रको रणनीतिक पुनःसंरचना सुरु गरेको संकेत यही निर्णयबाट देखिएको छ।Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Revived Newly appointed Governor of Nepal Rastra Bank, Dr. Vishwanath Paudel, has initiated a major internal reshuffle by transferring Dr. Gunakar Bhatta from the Economic Research Department to lead the Governor’s Office. According to Dr. Bhagwat Acharya, Assistant Information Officer at the central bank, the position became vacant after the retirement of Executive Director Prakash Shrestha, who had been seconded to the National Planning Commission. Dr. Bhatta has now been appointed to take over the leadership role in the Governor's Office.

      NEPSE trading ·25 May, 2025·1 min read
    • मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दै
      Top

      मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दैNRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review

      मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा तयारीका लागि आज आइतबार व्यवस्थापन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बस्न लागेको हो। बैठकमा दुबै डेपुटी गभर्नर र कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिवको भूमिकामा रहने व्यवस्था छ। कार्यकारी निर्देशकमध्ये पहिलो वरियतामा रहेका अधिकारीलाई व्यवस्थापन समितिको जिम्मेवारी दिइने परिपाटी रहेको छ। मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार प्रत्येक त्रैमासिक समिक्षा त्रैमासको समाप्तिपछि ४५ दिनभित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ। यही व्यवस्था अनुसार समिक्षा तयारी गर्न बैठक बस्न लागिएको हो। गभर्नर पौडेलले आफ्नो कार्यकालको प्रारम्भदेखि नै नियमनभन्दा पनि सुपरीवेक्षणमा विशेष ध्यान दिने बताएका छन्। त्यसैले यसपटकको समिक्षामा ठूला नीतिगत परिवर्तनको अपेक्षा नगरी बजारलाई सकारात्मक सन्देश दिने खालको समिक्षा आउने अनुमान गरिएको छ। नयाँ गभर्नरको नेतृत्वमा पहिलोपटक हुने त्रैमासिक समिक्षा भएकाले यसले गभर्नरको नीति दिशा कतातिर जाने हो भन्ने कुरामा महत्वपूर्ण संकेत दिने बताइँदैछ। त्यसैले मौद्रिक नीति समिक्षालाई यसपटक चासोपूर्वक हेरिएको छ।NRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review Kathmandu, May 25 – Nepal Rastra Bank (NRB) has scheduled a management committee meeting today (Sunday) at 3 PM to discuss the third quarterly review of the monetary policy. The meeting will be chaired by the newly appointed Governor Dr. Bishwanath Paudel. As per the NRB structure, the management committee is chaired by the Governor and includes both Deputy Governors and a senior executive director designated by the Governor as the member-secretary. Typically, the most senior executive director is entrusted with the committee responsibilities. According to the Monetary Policy Formulation Procedure, the quarterly review must be conducted within 45 days of the end of each quarter. Today’s meeting is part of the process to finalize the upcoming review. Governor Paudel has emphasized supervisory functions over regulatory functions since taking office. Therefore, this review is expected to send a positive signal to the market rather than introducing major policy changes. Since this will be the first monetary policy review under the new Governor’s leadership, it is being closely watched. Observers believe it will offer important insights into the direction the Governor intends to take moving forward.

      NEPSE trading ·25 May, 2025·1 min read
    • राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारी
      Investor

      राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारीNRB Issues Rs. 30 Billion Deposit Collection Instrument Again to Manage Excess Liquidity

      राष्ट्र बैंकले फेरि ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै, तरलता व्यवस्थापनको प्रयास जारीNRB Issues Rs. 30 Billion Deposit Collection Instrument Again to Manage Excess Liquidity Nepal Rastra Bank (NRB) has once again issued a Rs. 30 billion deposit collection instrument for 21 days to absorb excess liquidity from the financial system. This move follows the maturity of Rs. 27.5 billion previously placed in a similar instrument on Baisakh 21. According to NRB, interested banks and financial institutions can participate in the auction process and submit bids by 3 PM today. The repayment date, including principal and interest, is set for Ashad 1 (June 14). The interest rate will be determined through the auction process. Each participant must bid for a minimum of Rs. 1 billion and can demand up to Rs. 5 billion, with allocation based on cutoff rates.

      NEPSE trading ·25 May, 2025·1 min read
    • नेपाली बजारमा सुन प्रतितोला १,४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य स्थिर
      Top

      नेपाली बजारमा सुन प्रतितोला १,४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य स्थिरGold Price Soars by NPR 1,400 per Tola in Nepali Market, Silver Remains Stable

      आइतबार (जेठ ११) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेर १,९१,८०० रुपैयाँ पुगेको छ। शुक्रबारको मूल्य १,९०,४०० रुपैयाँ थियो। चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २,००५ रुपैयाँ कायम छ।On Sunday (Jestha 11), the price of gold in Nepal rose by NPR 1,400 per tola, reaching NPR 191,800. This is up from Friday’s rate of NPR 190,400. However, silver prices remained stable at NPR 2,005 per tola.

      NEPSE TRADING·25 May, 2025·1 min read
    • १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंका
      Investor

      १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंकाNRB Selects Bangladesh’s Howladar Yunus & Co. for Loan Portfolio Review of Nepal’s Top 10 Banks

      १० ठूला बैंकको ऋण पोर्टफोलियो रिभ्यु : IMF को सन्देश र आशंका नेपाल राष्ट्र बैंकले देशका १० ठूला वाणिज्य बैंकको ऋण पोर्टफोलियो (Loan Portfolio) को लेखापरीक्षण गर्न बंगलादेशको अन्तर्राष्ट्रिय लेखा परीक्षण फर्म हाउलादार युनुस एण्ड कम्पनीलाई छनोट गरेको छ। यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँग गरिएको विस्तारित कर्जा सुविधा (ECF) सम्झौताको शर्तअनुसार अघि बढाइएको हो। नेपालले ३९५ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा १० ठूला बैंकको ऋण पोर्टफोलियो तेस्रो पक्षबाट अडिट गराउने प्रतिबद्धता जनाएको थियो। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले हालै प्राविधिक मूल्यांकनको आधारमा बंगलादेशको हाउलादार युनुस एण्ड कम्पनीलाई उत्कृष्ट ठहर गर्दै अन्तिम रुपमा छनोट गरेको हो। अब उक्त कम्पनीले २५ जेठभित्र वित्तीय प्रस्ताव पेश गर्नुपर्नेछ। यसअघि भारतको केपीएमजी कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि लेखापरीक्षण प्रक्रिया रोकिएको थियो।NRB Selects Bangladesh’s Howladar Yunus & Co. for Loan Portfolio Review of Nepal’s Top 10 Banks Kathmandu, May 25 – Nepal Rastra Bank (NRB) has resumed the process of conducting a loan portfolio review of the country’s top 10 commercial banks, selecting Howladar Yunus & Co., a renowned auditing firm from Bangladesh, as the external auditor. This move follows Nepal’s commitment made during its Extended Credit Facility (ECF) agreement with the International Monetary Fund (IMF). Under this agreement, the Government of Nepal and NRB had agreed to have an international audit conducted for the top 10 commercial banks with the highest credit exposure.

      NEPSE trading ·25 May, 2025·2 min read
    • सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय
      Investor

      सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णयGovernment to Liquidate Five State-Owned Enterprises Within a Year, Assets to Be Transferred to Nepal Government

      सरकारद्वारा एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय सरकारले पूर्ण वा बहुसंख्यक स्वामित्वमा रहेका पाँच सार्वजनिक संस्थानलाई एक वर्षभित्र खारेज गर्ने कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत कार्ययोजनामा ती संस्थानलाई खारेज गरी उनीहरूको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइने उल्लेख छ। खारेज हुने सार्वजनिक संस्थानहरू यसप्रकार छन्: जनकपुर चुरोट कारखाना बुटवल धागो कारखाना नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल नेपाल ओरियन्ड म्याग्नेसाइट कार्ययोजना अनुसार एक वर्षभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यी संस्थानहरूलाई विघटन गरेपछि सम्पत्ति तथा दायित्व व्यवस्थापन अर्थ मन्त्रालयमार्फत गरिनेछ भने अनुगमन कार्य प्रधानमन्त्री कार्यालयले गर्ने व्यवस्था गरिएको छ। सरकारको यो कदम अकार्यकारी, घाटामा चलिरहेका वा अर्द्धनिष्क्रिय संस्थानको पुनर्संरचना तथा आर्थिक अनुशासन कायम राख्नेसम्बन्धी नीति अनुरूप भएको बताइएको छ। अबको चरणमा खारेज प्रकृयालाई कानुनी र व्यवस्थापकीय ढाँचामा अगाडि बढाइनेछ।Government to Liquidate Five State-Owned Enterprises Within a Year, Assets to Be Transferred to Nepal Government The Government of Nepal has approved a plan to liquidate five fully or majority state-owned public enterprises within the next one year. The decision was endorsed by the Office of the Prime Minister and Council of Ministers on Monday.

      NEPSE trading ·25 May, 2025·1 min read