
भारतको ‘अपरेशन सिन्दूर’ : पाकिस्तानमा मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्युIndia Launches Missile Strike on Pakistan After Pahalgam Attack, At Least 30 Killed
भारतको ‘अपरेशन सिन्दूर’ : पाकिस्तानमा मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको १५ दिनपछि पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेशन सिन्दूर’ को नाम दिएको छ। भारतीय सेनाका अनुसार आतंकवादी गतिविधि सञ्चालन भइरहेका संरचनालाई लक्षित गर्दै मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरजस्ता क्षेत्रमा हवाई हमला गरिएको हो। भारतीय मिडिया ‘द भाष्कर’का अनुसार कम्तिमा ३० जनाको मृत्यु भएको छ भने सयौं नागरिक प्रभावित भएका छन्।India Launches Missile Strike on Pakistan After Pahalgam Attack, At Least 30 Killed Fifteen days after the deadly terrorist attack in Pahalgam, India has launched a missile strike on Pakistan and Pakistan-administered Kashmir. The Indian Army has codenamed the operation as "Operation Sindoor", targeting terror infrastructure believed to be responsible for plotting attacks on Indian soil. According to Indian officials, the missile strikes hit locations in Muzaffarabad, Bagh, Gulpur, Kotli, Bhimber, Sialkot, Muridke, Chak Amru, and Bahawalpur. As per Indian media outlet Dainik Bhaskar, at least 30 people have been reported dead, with several areas severely impacted.


















