
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा नेपाल प्रतिबद्धNepal Reaffirms Zero-Tolerance Policy Against Corruption at UN Conference
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा नेपाल प्रतिबद्ध कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि (UNCAC) का पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट गरेको छ। सम्मेलनमा नेपालले कानुनी, प्रशासनिक तथा संस्थागत सुधारलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिँदै सुशासन प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्याएको हो। सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर हाल नेपालमा अन्तरिम सरकार गठन गरिएको उल्लेख गरे। उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासन सुधारका विषयमा दृढतापूर्वक अघि बढिरहेको बताए। उनका अनुसार शासन प्रणालीलाई प्रभावकारी बनाउन नीति, संरचना र कार्यान्वयन तीनै तहमा सुधारलाई प्राथमिकता दिइएको छ।Nepal Reaffirms Zero-Tolerance Policy Against Corruption at UN Conference Nepal has reaffirmed its firm commitment to a zero-tolerance policy against corruption, stating that legal, administrative, and institutional reforms are being actively implemented to strengthen good governance. The commitment was reiterated during the 11th Conference of States Parties to the United Nations Convention against Corruption (UNCAC), currently underway in Doha, Qatar.


















