
सिटी होटल लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न, तीन समूहका लागि अलग–अलग कट–अफ मूल्य निर्धारणCity Hotel Limited Completes Allotment of Unsold Rights Shares, Announces Separate Cut-Off Prices for Three Investor Categories
सिटी होटल लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड सम्पन्न, तीन समूहका लागि अलग–अलग कट–अफ मूल्य निर्धारण सिटी होटल लिमिटेडले अवितरित हकप्रद शेयरहरूको बाँडफाँड प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरेको छ। कम्पनीले संस्थापक, कर्मचारी तथा सर्वसाधारण समूहमा बाँकी रहेका शेयर शिलबन्दी बोलपत्र प्रणालीमार्फत बिक्री गर्ने निर्णय गरेको थियो। निर्धारित समयावधि भित्र प्राप्त बोलपत्रहरूको मूल्यांकनपछि कम्पनीका सञ्चालक समितिले मंसिर ११ गते (२०८२/०८/११) अन्तिम बाँडफाँड स्वीकृत गरेको हो। यसअघि कम्पनीले कूल २१ लाख ५० हजार ४१८ कित्ता शेयर बिक्रीका लागि खुला गरेको थियो। जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहतर्फ लक–इन अवधि कायम ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फ लक–इनमा नरहेका १ लाख ५४ हजार ४१९ कित्ता शेयर अवितरित रहेकाहरू थिए। यी शेयर कात्तिक २३ देखि कात्तिक ३० सम्म शिलबन्दी बोलपत्रका लागि खुला गरिएको थियो।City Hotel Limited Completes Allotment of Unsold Rights Shares, Announces Separate Cut-Off Prices for Three Investor Categories City Hotel Limited has formally completed the allotment process for its unsold rights shares, concluding a multi-phase procedure that involved sealed bids from interested investors. The company had invited bids for unsold promoter, employee (lock-in), and ordinary (non-lock-in) shares after they remained unsubscribed during the rights issue. The allotment was finalized on Mangsir 11 (November 26, 2025), following a meeting of the company’s board.


















