
गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानीNRB Governor Dr. Paudel Discloses Property Details, Over Rs 140 Million Invested in Shares
गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पदमा नियुक्त भएपछि कानुनी प्रावधानअनुसार उनले बुधबार आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा प्रवर्द्धक (संस्थापक) सेयरधनीका रूपमा कूल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जी रहेका छन्। ग्लोबेको प्रालि नाम दोहोरिएर उल्लेख भएको छ।NRB Governor Dr. Paudel Discloses Property Details, Over Rs 140 Million Invested in Shares Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel has publicly disclosed his property details, in accordance with legal provisions that require officials holding public office to make their assets public. The disclosure was made on Wednesday. Governor Paudel has declared a total investment of Rs 140.56 million in promoter shares across seven companies. These companies include Sanima Bank, Sanima Hydropower, Sanima Middle Tamor Hydropower, Globeco Pvt. Ltd., Sanyukta Urja Hydropower, and Chitwan Energy. Notably, Globeco Pvt. Ltd. is mentioned twice in the disclosure.


















