
सुन र चाँदीको मूल्यमा वृद्धिGold and Silver Prices Increase in Domestic Market
फागुन १४ गते बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ। बुधबार सुन ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो। On Thursday, Falgun 14, both gold and silver prices increased in Nepal’s domestic market. The price of gold rose by Rs 600 per tola to Rs 315,400, compared to Rs 314,800 on Wednesday. Similarly, silver prices increased by Rs 10 per tola, reaching Rs 5,725. The previous day’s trading price for silver was Rs 5,715 per tola.


















