
सार्वजनिक खरिद ऐन संशोधन: अब सबै ठेक्कामा ई–बिडिङ अनिवार्य हुनेPublic Procurement Law to Be Amended: E-Bidding to Be Made Mandatory for All Contracts
सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार अब सबै ठेक्कापट्टामा ई–बिडिङ अनिवार्य हुने र कागजी टेन्डर प्रणाली पूर्ण रूपमा हटाइनेछ। सबै बोलपत्रहरू ई–जीपी पोर्टलमार्फत मात्र पेश गर्नुपर्नेछ। यसले अनियमितता, मिलेमतो र बिचौलियाको प्रभाव घटाउने तथा सबै व्यवसायीलाई समान अवसर दिने अपेक्षा गरिएको छ।The government is set to amend the Public Procurement Act, 2063 to make the procurement process more transparent, competitive, and technology-based. Under the new provision, e-bidding will be mandatory for all contracts, ending the paper-based tender system. All bids must be submitted through the e-GP portal only. The reform is expected to reduce irregularities, collusion, and middlemen influence while ensuring equal opportunities for all contractors.


















