
आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरुBudget Preparation Process for Fiscal Year 2026/27 Officially Begins
आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय योजना आयोगले संघीय समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने योजना तथा कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग प्रस्ताव आह्वान गरेसँगै बजेट तयारीको प्रारम्भ भएको हो। आयोगका अनुसार प्रदेश सरकार र स्थानीय तहले संघीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान प्राप्त गर्न माघ महिनाको अन्त्यभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ। प्रस्ताव पेश गर्दा प्रदेश तथा पालिकाले अन्य स्रोतबाट सञ्चालन भइरहेका वा सञ्चालन गर्ने योजना तथा कार्यक्रमसँग दोहोरो नपर्ने गरी आयोजना छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ।Budget Preparation Process for Fiscal Year 2026/27 Officially Begins The process of preparing Nepal’s budget for the upcoming fiscal year 2026/27 (2083/84) has formally begun. The National Planning Commission (NPC) has initiated the process by calling on provincial and local governments to submit project and program proposals to be implemented under federal matching and special grant schemes. According to the NPC, provinces and local governments seeking federal matching and special grants must submit their proposals by the end of mid-January. The commission has instructed subnational governments to ensure that proposed projects do not overlap with programs being implemented through other funding sources or with projects that are already underway.


















