NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 72 / 186Next
    • वाणिज्य विभागद्वारा बजार तह तथा मूल्य मापदण्डका लागि १५ दिनभित्र सुझाव माग
      Investor

      वाणिज्य विभागद्वारा बजार तह तथा मूल्य मापदण्डका लागि १५ दिनभित्र सुझाव मागDepartment of Commerce Calls for Suggestions on Market Levels and Price Standardization

      वाणिज्य विभागद्वारा बजार तह तथा मूल्य मापदण्डका लागि १५ दिनभित्र सुझाव माग उपभोक्ता संरक्षण ऐनअनुसार समिति सक्रिय, नागरिक–उपभोक्ताबाट प्रत्यक्ष सुझाव संकलन हुने वाणिज्य विभागले बजारको तह, वस्तु तथा सेवाको मूल्य निर्धारणका लागि आवश्यक मापदण्ड तयार पार्न सुझाव उपलब्ध गराउन सर्वसाधारण, व्यवसायी तथा उपभोक्तासमक्ष अपील गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ बमोजिम बजारको तह र वस्तु–सेवाको मूल्य मापदण्ड निर्धारणका लागि महानिर्देशकको संयोजकत्वमा विशेष समिति गठन गरिएको विभागले स्मरण गराएको छ। उक्त समितिले अध्ययन प्रतिवेदन तयार गरेर मूल्य मापदण्ड निर्माण गर्नेछ।Department of Commerce Calls for Suggestions on Market Levels and Price Standardization Public and Consumer Input Requested Within 15 Days The Department of Commerce has urged the public, businesses, and consumers to submit suggestions necessary for determining market levels and standards for goods and service pricing. According to Section 13 of the Consumer Protection Act, 2075, a committee has been formed under the coordination of the department’s Director General to prepare a study report for defining market tiers and pricing standards. The department has reminded stakeholders that this committee is now actively working on drafting the required guidelines.

      NEPSE TRADING·17 Nov, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, २९ प्रतिशतले वृद्धि, सरकारलाई ४२ अर्ब उपलब्ध गराउने निर्णय
      Investor

      नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, २९ प्रतिशतले वृद्धि, सरकारलाई ४२ अर्ब उपलब्ध गराउने निर्णयNRB’s Total Assets Exceed Rs 2.6 Trillion, Increase by 29 Percent — Rs 42 Billion to Be Transferred to the Government

      नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, २९ प्रतिशतले वृद्धि सरकारलाई ४२ अर्ब उपलब्ध गराउने निर्णय नेपाल राष्ट्र बैंक (NRB) को कुल सम्पत्ति र दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँमा पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको उल्लेख छ। केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरिसकेपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ। यो रकम आर्थिक व्यवस्थापन तथा सरकारी वित्तीय आवश्यकता पूरा गर्न उपयोग हुने बैंकले जनाएको छ। त्यस्तै, प्रतिवेदनअनुसार आव २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र वासलात, आय–व्यय तथा सम्बन्धित वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष बुझाउनुपर्छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको मौद्रिक प्रणाली, विदेशी मुद्रा भण्डार, सम्पत्ति संरचना तथा आय–व्ययमा सुदृढ प्रगति भएको देखाएको छ।NRB’s Total Assets Exceed Rs 2.6 Trillion, Increase by 29 Percent — Rs 42 Billion to Be Transferred to the Government The total assets and liabilities of Nepal Rastra Bank (NRB) have reached Rs 26 trillion 23 billion 95 million 40 thousand. According to the annual report for fiscal year 2081/82, NRB’s financial position as of the end of Ashad 2082 has grown by 29.23 percent compared to the previous year. The central bank has stated that, after allocating required amounts to various reserve funds, it has decided to transfer Rs 42 billion to the Government of Nepal. This amount will support the government’s financial and economic management needs.

      NEPSE TRADING·17 Nov, 2025·1 min read
    • विद्युत् नियमन आयोगले प्राधिकरणको निर्णयलाई सदर, उद्योगीको माग अस्वीकार
      Investor

      विद्युत् नियमन आयोगले प्राधिकरणको निर्णयलाई सदर, उद्योगीको माग अस्वीकारElectricity Regulatory Commission Upholds NEA’s Decision, Rejects Industries’ Request

      विद्युत् नियमन आयोगले प्राधिकरणको निर्णयलाई सदर, उद्योगीको माग अस्वीकार — डेडिकेटेड र ट्रंक लाइन महशुल विवादमा आयोगको ठोस निर्णय विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादसम्बन्धी प्रकरणमा नेपाल विद्युत् प्राधिकरण (NEA) ले गरेको निर्णयलाई नै सदर गरेको छ। पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलले दर्ता गराएका उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय कानुनी रूपमा सही रहेको ठहर गरेको हो। दुवै उद्योगले प्राधिकरणबाट प्राप्त डेडिकेटेड र ट्रंक लाइनमार्फत लिएको विद्युत् महशुल लामो समयदेखि नतिर्दै आएका थिए। प्राधिकरणले बक्यौता तिर्न २१ दिनको समय दिएर कात्तिक ४ र ५ गते उद्योगको लाइन नै काटेको थियो। त्यसपछि उद्योगहरूले पहिलो किस्ताको महशुल बुझाउँदै आयोगमा अन्तरिम आदेश माग्दै उजुरी दिएका थिए।Electricity Regulatory Commission Upholds NEA’s Decision, Rejects Industries’ Request

      NEPSE TRADING·17 Nov, 2025·1 min read
    • निक्षेप ३ प्रतिशत बढ्दा कर्जा प्रवाह आधा मात्र, आर्थिक सुस्तीले बैंकिङ क्षेत्र झनै दबावमा
      Investor

      निक्षेप ३ प्रतिशत बढ्दा कर्जा प्रवाह आधा मात्र, आर्थिक सुस्तीले बैंकिङ क्षेत्र झनै दबावमाDeposits Rise Twice as Fast as Loans in First Quarter, Reflecting Deepening Economic Slowdown

      निक्षेप ३ प्रतिशत बढ्दा कर्जा प्रवाह आधा मात्र, आर्थिक सुस्तीले बैंकिङ क्षेत्र झनै दबावमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकले बैंकिङ क्षेत्रको वास्तविक अवस्था झनै स्पष्ट पारेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३.० प्रतिशतले बढेको देखिन्छ, तर निजी क्षेत्रमा प्रवाहित कर्जा भने १.५ प्रतिशत वृद्धिमा सीमित छ। निक्षेप वृद्धि कर्जाको तुलनामा करिब आधा मात्र रहेको यस परिदृश्यले आर्थिक क्रियाकलापमा आएको सुस्तीलाई झनै प्रष्ट बनाएको छ। वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १३ प्रतिशतले वृद्धि भएको छ। तर निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि ७.३ प्रतिशत मात्र छ। निक्षेप र कर्जा विस्तारबीचको यो बढ्दो अन्तर बैंकिङ प्रणालीमा बढ्दो तरलता दबाब र कमजोर कर्जा मागको संकेत हो।Deposits Rise Twice as Fast as Loans in First Quarter, Reflecting Deepening Economic Slowdown Nepal Rastra Bank’s latest three-month data for the current fiscal year paints a clear picture of a slowing economy. While deposits at banks and financial institutions (BFIs) grew by 3.0 percent during the review period, loan expansion stood at only 1.5 percent—exactly half the pace of deposit growth. This widening gap between liquidity accumulation and credit flow highlights the deepening economic lethargy affecting businesses, households and investment activities across the country. On a year-on-year basis, deposits at BFIs grew by 13 percent by the end of Ashoj 2082. However, credit to the private sector rose by only 7.3 percent, underscoring a persistent demand-side constraint. Analysts say the divergence between deposit mobilisation and credit expansion reflects weak confidence in the economy, subdued investment appetite and uncertainty surrounding long-term economic policy. During the review period, deposits increased by NPR 218.72 billion, taking the total to NPR 7.482 trillion. Despite this significant liquidity build-up, private-sector credit grew by only NPR 82.93 billion, reaching NPR 5.580 trillion. By comparison, during the same period last year, private-sector credit had grown by 2.5 percent (NPR 128.65 billion)—indicating that credit demand has weakened further this year.

      NEPSE TRADING·16 Nov, 2025·3 min read
    • नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड सार्वजनिक गर्‍यो
      Investor

      नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड सार्वजनिक गर्‍योNabil Bank Launches New Mastercard Debit Card, Enhances Digital Payment Services

      नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड सार्वजनिक गर्‍यो नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड सार्वजनिक गरेको छ। ग्राहकको सुविधा बढाउने र विद्युतीय भुक्तानी प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाउने उद्देश्यसहित काठमाडौंमा आयोजित एक समारोहमार्फत यो कार्ड सार्वजनिक गरिएको बैंकले जनाएको छ। कार्यक्रममा नबिल बैंक तथा मास्टरकार्डका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नयाँ डेबिट कार्ड बैंकको निरन्तर आधुनिकिकरण यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। “नबिल बैंकले सुरुआतदेखि नै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको छ,” ज्ञवालीले भने, “त्यही प्रतिबद्धताको निरन्तरतामा नयाँ मास्टरकार्ड डेबिट कार्ड बजारमा ल्याइएको हो।”Nabil Bank Launches New Mastercard Debit Card, Enhances Digital Payment Services Nabil Bank has launched a new debit card under the Mastercard network, further expanding its digital payment portfolio. The bank introduced the card at an event held in Kathmandu, stating that the new product aims to provide greater convenience to customers and strengthen the electronic payment ecosystem. Senior officials from both Nabil Bank and Mastercard were present at the launch ceremony. Speaking at the event, Nabil Bank’s Chief Executive Officer Manoj Kumar Gyawali said the introduction of the new debit card marks another milestone in the bank’s ongoing commitment to offer world-class services. “Since the beginning, Nabil Bank has been dedicated to providing international-standard facilities to its customers,” Gyawali said. “This new Mastercard debit card is part of that journey.”

      NEPSE TRADING·16 Nov, 2025·2 min read
    • मंसिरमा बैंक ब्याजदर फेरि घट्यो, आधा बैंकले मुद्दती निक्षेप दर कमाए
      Investor

      मंसिरमा बैंक ब्याजदर फेरि घट्यो, आधा बैंकले मुद्दती निक्षेप दर कमाएBank Interest Rates Decline Again in Mangsir, Half of the Banks Cut Fixed Deposit Rates

      मंसिरमा बैंक ब्याजदर फेरि घट्यो, आधा बैंकले मुद्दती निक्षेप दर कमाए विगत केही महिनादेखि निरन्तर ओरालो लागिरहेको बैंक ब्याजदर मंसिर महिनामा पनि घट्ने भएको छ। बैंकहरूले प्रकाशित गरेको नयाँ दरसूची अनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्, भने १० बैंकले कात्तिककै दरलाई स्थिर राखेका छन्। औसत ब्याजदर घट्दै: कात्तिकमा ५.२०%, मंसिरमा ५.०४% मंसिर महिनाका लागि बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर ५.०४ प्रतिशत निर्धारण भएको छ। यो कात्तिकको औसत ५.२० प्रतिशतभन्दा ०.१६ प्रतिशत बिन्दुले कम हो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरूले ब्याजदर घटाएका छन्। कात्तिक महिनाको तुलनामा मंसिरमा ०.०७ प्रतिशत बिन्दुले संस्थागत मुद्दती व्याज घटेको छ।Bank Interest Rates Decline Again in Mangsir, Half of the Banks Cut Fixed Deposit Rates Commercial banks have further reduced their fixed deposit interest rates for the month of Mangsir, continuing a downward trend that has persisted for several months. According to the new rate sheets published by the banks, 10 out of 20 banks have lowered their interest rates, while the remaining 10 banks have kept the Kartik rates unchanged. Average Interest Rates Fall: 5.20% in Kartik → 5.04% in Mangsir The average fixed deposit interest rate for individual depositors has dropped to 5.04% for Mangsir. This is 0.16 percentage points lower than Kartik’s average rate of 5.20%. Similarly, the institutional fixed deposit rate has also decreased by 0.07 percentage points during the review period. This marks another month of easing interest rates across the banking sector.

      NEPSE trading ·16 Nov, 2025·2 min read
    • असोजमा २ खर्बभन्दा बढी रेमिट्यान्स, एक महिनामै अहिलेसम्मकै उच्च
      Investor

      असोजमा २ खर्बभन्दा बढी रेमिट्यान्स, एक महिनामै अहिलेसम्मकै उच्चRemittance Hits Record High in Ashoj, Over NPR 200 Billion in a Single Month

      असोजमा २ खर्बभन्दा बढी रेमिट्यान्स, एक महिनामै अहिलेसम्मकै उच्च दशैं–तिहार पर्वको तयारीसँगै विदेशमा रहेका नेपालीहरूबाट भित्रिएको रेमिट्यान्स असोज महिनामा नयाँ रेकर्ड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ असोज महिनामा मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ, जुन एक महिनामा अहिलेसम्मको सर्वाधिक हो। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। यस वर्षको असोजमा रेमिट्यान्स प्रवाह आकस्मिक रूपमा बढ्नुमा चाडपर्व लक्षित खर्च, वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र वैदेशिक श्रमिकको आम्दानी वृद्धि प्रमुख कारण रहेको विश्लेषकहरूको भनाइ छ।Remittance Hits Record High in Ashoj, Over NPR 200 Billion in a Single Month Remittance inflow to Nepal has reached an all-time high in the month of Ashoj, with over NPR 201.22 billion entering the country in just one month. According to the data released by Nepal Rastra Bank, this is the highest monthly remittance inflow ever recorded in Nepal’s history. The sharp rise is largely attributed to festival-season transfers for Dashain, Tihar and Chhath, when Nepalis abroad typically send more money home. In the same month last year, Nepal had received NPR 144.17 billion in remittances. This year’s Ashoj flow has far surpassed that figure, indicating a significant increase in the amount sent by migrant workers. Analysts note that rising foreign employment, higher earnings abroad and seasonal household demand have collectively boosted the inflow to record levels.

      NEPSE trading ·16 Nov, 2025·2 min read
    • विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियो
      Investor

      विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियोNepal’s Foreign Exchange Reserves Near NPR 30 Trillion, Import Capacity Strengthens

      विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार २०८२ असोज मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकका अनुसार असार मसान्तमा रहेको सञ्चिति तीन महिनामै ११.३ प्रतिशतले वृद्धि भएको हो। विदेशी मुद्राको सञ्चिति बढेसँगै मुलुकको बाह्य क्षेत्र स्थायित्व अझै सुदृढ बन्दै गएको बैंकको निष्कर्ष छ। अमेरिकी डलरमा हेर्दा पनि विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेको देखिन्छ। असार मसान्तमा १९ अर्ब ५० करोड रहेको सञ्चिति असोज मसान्तमा २१ अर्ब २१ करोड पुगेको छ। डलर आधारमा ८.७ प्रतिशतको वृद्धि भएको यो तथ्यांकले अर्थतन्त्रको विदेशी मुद्रा सुरक्षात्मक क्षमता बलियो भएको संकेत गर्दछ।Nepal’s Foreign Exchange Reserves Near NPR 30 Trillion, Import Capacity Strengthens According to the latest data published by Nepal Rastra Bank (NRB), the country’s total foreign exchange reserves have reached NPR 29.79 trillion by the end of Ashoj 2082. The reserves, which stood at NPR 26.77 trillion at the end of Asar, have increased by 11.3 percent in just three months. The central bank states that the continuous rise in reserves has further strengthened Nepal’s external sector stability. Foreign exchange reserves have increased not only in Nepali currency but also in US dollars. The reserve, which stood at USD 19.50 billion at the end of Asar, rose to USD 21.21 billion by the end of Ashoj—an increase of 8.7 percent. This improvement indicates a stronger external liquidity position for the country.

      NEPSE trading ·16 Nov, 2025·2 min read
    • सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाब
      Investor

      सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाबGold and Silver Prices Drop Sharply in Nepal

      सुन–चाँदीको मूल्यमा ठूलो गिरावट, बजारमा पुनः दबाब सुनचाँदी बजार आज पुनः घट्नेतर्फ उन्मुख भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार (आज) सुन र चाँदी दुवैको मुल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ६९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८०० रुपैयाँ कायम गरिएको छ । पछिल्लो केही दिनयताको उतार–चढावसँगै सुनको मूल्य घट्दै गएको छ, जसले बजारमा अनिश्चितता थपिएको छ ।Gold and Silver Prices Drop Sharply in Nepal Gold and silver prices have declined significantly in the domestic market today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, both metals recorded notable losses compared to the previous trading day. Gold price fell by NPR 6,900 per tola, bringing the new trading rate down to NPR 242,800 per tola. The market has seen continuous fluctuations in recent days, adding uncertainty for both investors and buyers.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर
      Investor

      चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असरChandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire

      चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर काठमाडौं — चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमै नोक्सानीमा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले नोक्सानीको प्रमुख कारण जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी परिसरमा भएको तोडफोड र आगजनी लाई बताएको छ। घटनापछि रिसोर्टलगायतका सेवा प्रभावित भए भने केबलकारको बटम स्टेसनमा भएको क्षतिको कारण करिब दुई महिना सेवा पूर्ण रूपमा बन्द गर्नु परेको थियो। सेवामै अवरोध आएपछि आम्दानीमा ठूलो गिरावट आएको कम्पनीको निष्कर्ष छ।Chandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire Kathmandu — Chandragiri Hills Limited has posted a loss in the first quarter of the current fiscal year. According to the company’s recently published financial report, it recorded a net loss of Rs 12.4 million during the period. In contrast, the company had earned a net profit of Rs 25.5 million in the same quarter of the previous fiscal year. The company has attributed the loss primarily to the vandalism and arson that occurred on Bhadra 24 during the Gen Z protest movement. Following the incident, services at the resort were affected, and the cable car’s bottom station suffered significant damage, forcing the company to suspend cable car operations for nearly two months. The prolonged shutdown directly impacted the company’s revenue.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • सोनापुर मिनरल्स एण्ड आयल घाटाबाट नाफामा, पहिलो त्रैमासमै ४ करोड ३६ लाख नाफा
      Investor

      सोनापुर मिनरल्स एण्ड आयल घाटाबाट नाफामा, पहिलो त्रैमासमै ४ करोड ३६ लाख नाफाSonapur Minerals & Oil Turns Profitable, Earns Rs 43.6 Million in First Quarter

      सोनापुर मिनरल्स एण्ड आयल घाटाबाट नाफामा, पहिलो त्रैमासमै ४ करोड ३६ लाख नाफा काठमाडौं — सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनी नोक्सानीबाट नाफातर्फ फर्किएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनी यो वर्ष ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। कम्पनीको नाफामा आएको यो सुधारको प्रमुख कारण बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धि मानिएको छ। यस वर्ष पहिलो त्रैमासमै कम्पनीको बिक्री आम्दानी ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तै अवधिमा यो आम्दानी ३४ करोड ३० लाख रुपैयाँ मात्र रहेको थियो। बिक्री लगभग दोब्बर भएकाले कम्पनीको नाफा सुधारिएको विश्लेषण गरिएको छ।Sonapur Minerals & Oil Turns Profitable, Earns Rs 43.6 Million in First Quarter Kathmandu — Sonapur Minerals & Oil Limited has posted a net profit in the first quarter of the current fiscal year, marking a strong turnaround from last year’s loss. The company, which had recorded a loss of Rs 85.5 million in the same period of the previous fiscal year, has now earned a net profit of Rs 43.6 million, according to its recently published quarterly financial report. The improvement in profitability is largely attributed to a sharp rise in sales revenue. In the first quarter of this fiscal year, the company generated Rs 669.9 million in sales, nearly double the Rs 343 million recorded during the corresponding period last year. The surge in revenue has directly contributed to the company’s return to profit.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • सर्वोत्तम सिमेन्ट घाटाबाट ३२ करोड नाफासम्म, पहिलो त्रैमासमै उल्लेख्य सुधार
      Investor

      सर्वोत्तम सिमेन्ट घाटाबाट ३२ करोड नाफासम्म, पहिलो त्रैमासमै उल्लेख्य सुधारSarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quarter

      काठमाडौं — गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा उल्लेखनीय सुधार गरेको छ। बिक्री आम्दानीमा आएको ठोस वृद्धि र लागत व्यवस्थापनमा भएको सुधारका कारण कम्पनी एक वर्षमै घाटाबाट नाफातर्फ फर्किन सफल भएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा भोगेको घाटाबाट ठूलो मोडको रूपमा हेरिएको छ।Sarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quarter Kathmandu — Sarbottam Cement, which had posted a loss of Rs 22.5 million in the first quarter of the previous fiscal year, has made a strong financial turnaround this year. The company has returned to profitability on the back of significant improvement in sales revenue and better cost management. In the first three months of the current fiscal year, the company earned a net profit of Rs 324.2 million, marking a remarkable shift from last year’s loss.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा
      Investor

      शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफाShivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter

      शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा काठमाडौं — शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले पहिलो तीन महिनामा १५ गुणा बढी खुद नाफा निकालेको छ, जुन cement उद्योगमा हालका वर्षहरूमा देखिएको दुर्लभ वृद्धि मानिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १ करोड २७ लाख ९९ हजार रुपैयाँ थियो। तर यस वर्ष सोही अवधिमा नाफा उछालिँदै २० करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।Shivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter Kathmandu — Shivam Cement has recorded a remarkable jump in profitability in the first quarter of the current fiscal year. The company’s net profit increased 15 times compared to the same period last year, marking one of the strongest quarterly earnings performances in the cement industry in recent years. In the first quarter of the previous fiscal year, the company had posted a net profit of Rs 12.79 million. This year, however, net profit soared to Rs 209.6 million, according to the company’s published financial report.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमति
      Investor

      अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमतिU.S. to Reduce Tariff on Swiss Imports from 39% to 15%, New Trade Framework Reached

      अमेरिकाले स्विस आयातमा लगाइने शुल्क घटायो, नयाँ व्यापारिक मोडेल अन्तर्गत सहमति काठमाडौं — संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्डबाट आउने आयातमा लगाइरहेको ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशतमा ल्याउने निर्णय गरेको छ। महिनौँ लामो संवाद र कूटनीतिक छलफलपछि शुक्रबार सार्वजनिक गरिएको ह्वाइट हाउसको वक्तव्यमा यस्तो सहमति भएको उल्लेख छ। अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एउटा प्रारम्भिक व्यापारिक फ्रेमवर्क तयार भएको र यही ढाँचाअनुसार शुल्क समायोजन गरिएको ह्वाइट हाउसले स्पष्ट पारेको छ। नयाँ सहमतिअनुसार स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्। सो लगानीमध्ये ६७ अर्ब डलर २०२६ भित्रै प्रवाह गर्ने तयारी भएको अमेरिकी प्रशासनले जनाएको छ। दीर्घकालीन रूपमा विभिन्न उद्योग र नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार हुने भएकाले यसले अमेरिकी बजारमा रोजगारी सिर्जनासमेत उल्लेख्य रूपमा बढाउने अपेक्षा गरिएको छ।U.S. to Reduce Tariff on Swiss Imports from 39% to 15%, New Trade Framework Reached Washington — The United States has agreed to cut the tariff on imports from Switzerland from the existing 39 percent down to 15 percent. The decision was made following several months of negotiations, according to a statement issued by the White House on Friday. The U.S., Switzerland, and Liechtenstein have reached an initial trade framework agreement that lays the foundation for revised tariff and investment arrangements. As part of the understanding, companies from Switzerland and Liechtenstein are expected to invest nearly USD 200 billion in the United States. Out of this, USD 67 billion will be invested by 2026, the White House said. The investment will be channeled into multiple industrial and strategic sectors, strengthening America’s long-term economic prospects.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागू
      Investor

      भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागूPetrol and Diesel Prices Increased in Nepal After Revision by Indian Oil Corporation

      भारतीय आयलको दर समायोजनसँगै नेपालमा पेट्रोल–डिजेल महँगियो, आजदेखि लागू काठमाडौं — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। भारतीय आयल कर्पोरेसन (IOC) ले नेपाललाई पठाउने नयाँ मूल्य बढाएपछि निगम सञ्चालक समितिको बैठक बसेर आज मध्यरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु ३ ले वृद्धि गरिएको छ। IOC ले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु २.५४ र डिजेलमा रु ६.५३ ले बढेकाले मूल्य समायोजन अपरिहार्य भएको निगमले स्पष्ट पारेको छ।Petrol and Diesel Prices Increased in Nepal After Revision by Indian Oil Corporation Kathmandu — Nepal Oil Corporation (NOC) has increased the prices of petrol, diesel, and kerosene following the latest price update from the Indian Oil Corporation (IOC). A meeting of the NOC board decided to implement the new rates from midnight today. According to the revised pricing, the corporation has hiked the price of diesel and kerosene by Rs 3 per liter and petrol by Rs 2 per liter. NOC stated that the adjustment was made after IOC sent new rates showing an increase of Rs 2.54 per liter in petrol and Rs 6.53 per liter in diesel.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी
      Investor

      हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारीHimalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Table

      हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी कार्तिक ३० गते, काठमाडौं — दुई महत्वपूर्ण सूचीकृत कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड आज आफ्नो वार्षिक साधारण सभा बसाउँदै छन्। दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव अनुमोदन गर्नुपर्ने भएकाले सो बैठकलाई लगानीकर्ताले विशेष महत्व दिएका छन्।Himalayan Distillery and Siddhartha Bank Holding AGM Today, Dividend Proposals on the Table Kartik 30, Kathmandu — Two major listed companies, Himalayan Distillery Limited and Siddhartha Bank Limited, are holding their annual general meetings (AGM) today. Both companies are set to endorse their respective dividend proposals from the profit of fiscal year 2080/81, making the meetings highly significant for shareholders.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता
      Investor

      मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता24 Local Levels in Madhesh Province Yet to Present Budget Even After Four Months of the Fiscal Year

      मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न सकेनन्, समयसीमा सकिएको चार महिना बित्दा पनि उदासीनता चालु आर्थिक वर्षको चार महिना पूरा भइसके पनि मधेश प्रदेशका २४ स्थानीय तहले अझै आफ्नो वार्षिक बजेट प्रस्तुत गर्न सकेका छैनन्। संवैधानिक रूपमा असार १० गतेभित्र सबै स्थानीय तहले बजेट पेस गर्नुपर्ने व्यवस्था छ। तर, देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ७२८ स्थानीय तहले मात्र बजेट प्रस्तुत गरेका छन्, जबकि २५ स्थानीय तहले अझै आफ्नो आर्थिक योजना सार्वजनिक गर्न बाँकी छ। मधेश प्रदेशमा कूल १३६ स्थानीय तहमध्ये ११२ ले बजेट पेस गरिसकेका छन् भने २४ स्थानीय तहले भने समयमै बजेट ल्याउन असफल भएका छन्।24 Local Levels in Madhesh Province Yet to Present Budget Even After Four Months of the Fiscal Year Even after the completion of the first four months of the current fiscal year, 24 local levels in Madhesh Province have still not presented their annual budget. As per the constitutional provision, all local levels must present their budget by Ashar 10, yet many have failed to meet this mandatory deadline. Out of 753 local levels across the country, 728 have presented their budgets, while 25 local levels nationwide—including 24 from Madhesh Province—have not yet done so. In Madhesh Province, among the total 136 local levels, 112 have submitted their budgets, but 24 local units remain pending.

      NEPSE TRADING·16 Nov, 2025·1 min read
    • सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो
      Top

      सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्योGold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day

      सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो बुधबार प्रतितोला ५ हजार ९ सय रुपैयाँले एकै दिनमा आकस्मिक वृद्धि भएको सुनको मूल्य शुक्रबार भने सीमित रुपमा मात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। केही दिनअघि, असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।Gold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day Gold, which had surged by Rs. 5,900 per tola on Thursday, recorded only a modest correction on Friday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold today has been set at Rs. 249,700 per tola, down by Rs. 500 from the previous day’s price of Rs. 250,200. Earlier, on Asoj 31, gold had reached a record-high level of Rs. 258,000 per tola.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जा
      Investor

      दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जाMinister Kharel Says Visit to Seoul’s AI Smart City Center Provides New Energy for AI Development in Nepal

      दक्षिण कोरियाको ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सञ्चारमन्त्री खरेल : नेपालमा एआई विकासलाई दिनेछ नयाँ उर्जा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रवर्द्धनका लागि नयाँ उर्जा प्राप्त भएको बताएका छन्। ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि मन्त्री खरेलले एआई नेपाललाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ अघि लैजान महत्वपूर्ण सहयोगी उपकरण बन्ने विश्वास व्यक्त गरे।Minister Kharel Says Visit to Seoul’s AI Smart City Center Provides New Energy for AI Development in Nepal Minister for Communication and Information Technology, Jagadish Kharel, who is currently in Seoul to participate in the 11th Global ICT Leadership Forum, has said that the visit has provided fresh motivation and energy to advance Artificial Intelligence (AI) development in Nepal. After observing the Seoul AI Smart City Center, Minister Kharel noted that the Korean model of AI-driven urban development offers important insights for Nepal. He stated that AI will play a crucial role in steering the country toward prosperity through the effective use of information technology.

      NEPSE TRADING·14 Nov, 2025·1 min read
    • सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै
      Top

      सोलु हाइड्रोपावर मंसिर ७ देखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दैSolu Hydropower to Launch IPO from Mangsir 7 for Project-Affected Locals and Nepalis Abroad

      सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयरमध्ये १ करोड कित्ता स्थानीयका लागि र १० लाख कित्ता विदेशमा रहेका नेपालीका लागि प्रतिशेयर १०० रुपैयाँमा जारी गर्न लागेको हो। अत्यधिक प्रभावित वडाका स्थानीयलाई ४० प्रतिशत र अन्य वडाका स्थानीयलाई ६० प्रतिशत शेयर छुट्याइएको छ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीयका लागि निष्काशन मंसिर २१ देखि पुस ७ सम्म र विदेशमा रहेका नेपालीका लागि मंसिर १० देखि मंसिर २१ सम्म खुला रहनेछ। ८२ मेगावाटको तल्लो सोलु आयोजना निर्माणरत कम्पनीलाई इन्फोमेरिक्सले आइआरएन डबल बी रेटिङ्ग दिएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड शेयर बिक्री प्रबन्धक रहेको छ।Solu Hydropower Limited is issuing its IPO from Mangsir 7 for project-affected local residents and Nepalis working abroad. The company will issue 20 million shares worth Rs. 2 billion, including 10 million shares for locals and 1 million shares for Nepalis abroad at a face value of Rs. 100 per share. Locals in highly affected wards will receive 40% of the allocation, while others will receive 60%. Applications can be submitted for 10 to 100,000 shares. The IPO for locals closes between Mangsir 21 and Poush 7, and for Nepalis abroad between Mangsir 10 and Mangsir 21. The company developing the 82 MW Lower Solu Hydropower Project has received an IRN Double B credit rating, indicating moderate risk. Nabil Investment Banking Limited is the issue manager.

      NEPSE TRADING·14 Nov, 2025·1 min read