
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै, बैंकहरूको अधिक तरलता व्यवस्थापन गर्न बोलकबोल सुरुNepal Rastra Bank to Absorb Rs. 50 Billion in Deposits Today Through Bidding Process
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै, बैंकहरूको अधिक तरलता व्यवस्थापन गर्न बोलकबोल सुरु नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रूपियाँ बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थाहरूबाट तान्ने भएको छ। राष्ट्र बैंकले मध्यान्ह २ बजे बोलकबोल (auction) मार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकले यो निक्षेप ८६ दिनका लागि तान्न लागेको हो। बोलकबोलमा बाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। सहभागी संस्थाहरूले बोलकबोलमा आफ्नो प्रस्तावित व्याजदर राख्नुपर्ने छ। बैंकहरूले आवश्यक परे बहुबोलकबोल (multiple bidding) पनि गर्न सक्नेछन्। सो क्रममा सबैभन्दा कम व्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।Nepal Rastra Bank to Absorb Rs. 50 Billion in Deposits Today Through Bidding Process Nepal Rastra Bank (NRB) is set to absorb Rs. 50 billion in deposits from banks and financial institutions today. The central bank will conduct the collection through a bidding process at 2:00 PM this afternoon. NRB will withdraw the deposits for a period of 86 days, and commercial banks, development banks, and finance companies are eligible to participate. These institutions must propose the interest rate at which they are willing to place their deposits with NRB. Banks will also be allowed to submit multiple bids, and the bids offering the lowest interest rates will be prioritized by the central bank.


















