
अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोडFinance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth
अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड काठमाडौं — अर्थमन्त्री रमेश्वर खनालसँग बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) नियमन गर्ने प्रमुख निकायका प्रमुखहरूले मंगलबार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको उक्त भेटमा वित्तीय स्थायित्व, लगानी प्रवर्द्धन तथा आर्थिक सुशासनलगायत विषयमा छलफल भएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहभागी थिए। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार उक्त भेटमा समग्र वित्तीय प्रणाली सुदृढीकरणका विषयमा विचार आदानप्रदान गरिएको थियो।Finance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth Kathmandu — Finance Minister Rameshore Khanal held a meeting with the heads of key financial regulatory bodies on Tuesday, focusing on financial stability, investment promotion, and economic governance. The meeting took place at the Ministry of Finance in Singha Durbar.


















