
हातवे इन्भेष्टमेन्ट : १७औं वार्षिक साधारण सभा आह्वान, १२.६३% लाभांश पारित गर्नेHathway Investment Nepal Calls 17th Annual General Meeting, Proposes 12.63% Dividend
हातवे इन्भेष्टमेन्ट : १७औं वार्षिक साधारण सभा आह्वान, १२.६३% लाभांश पारित गर्ने हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले आउँदो भदौ २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्केटमा १७औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजीका आधारमा १२ प्रतिशत बोनस सेयर (१६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बराबर) र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश (८९ लाख ४१ हजार रुपैयाँ बराबर) गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिनेछ। Hathway Investment Nepal Calls 17th Annual General Meeting, Proposes 12.63% Dividend the AGM of Hathway Investment will approve a 12.63% dividend, increase capital, and select external auditors for the upcoming fiscal year.


















