NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 118 / 195Next
    • हिम स्टार ऊर्जा कम्पनीको आईपीओ : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम मौका
      Investor

      हिम स्टार ऊर्जा कम्पनीको आईपीओ : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम मौका

      हिम स्टार ऊर्जा कम्पनीको आईपीओ : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम मौका हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूलाई लक्षित गर्दै जारी गरिरहेको प्राथमिक शेयर (आईपीओ) अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने आज असार १३ गते अन्तिम दिन हो। कम्पनीले गत जेठ ३० गतेदेखि आईपीओ सार्वजनिक गरेको थियो। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने समय अझै केही दिन बाँकी छ — उनीहरूले छिटोमा आजभित्र र ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING·27 Jun, 2025·1 min read
    • पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
      Investor

      पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

      पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। यस योजनाअनुसार, लगानीकर्ताले हालको १० कित्ता सेयर बराबर ५ कित्ता नयाँ सेयर आवेदन दिन सक्नेछन्। हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ६३ हजार कित्ता निष्कासन गरिनेछ। हकप्रद सेयरमा आवेदन दिन असार २२ गतेदेखि साउन ११ गतेसम्मको समय सीमा तोकिएको छ। कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको हुँदा सो मितिको अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य हुनेछन्। कम्पनीले यो हकप्रद निष्कासनबाट पुँजी वृद्धिसँगै परियोजना विस्तार तथा वित्तीय मजबूती गर्ने लक्ष्य लिएको बताएको छ।

      NEPSE TRADING·27 Jun, 2025·1 min read
    • नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामा
      Investor

      नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामा

      नेप्से सूचक ओरालो, बजार अझै ‘हेर्नु र कुर्नु’को अवस्थामा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २,५९५.७४ विन्दुमा पुगेको छ। पछिल्ला केही दिनदेखि बजार स्थिर देखिएको छ र सूचक २,६०० को हाराहारीमै घुमिरहेजस्तो छ। आज कूल ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन अघिल्ला दिनको तुलनामा केही बढेको हो। कूल ३०६ कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर किनबेच भएको देखिन्छ।

      NEPSE trading ·26 Jun, 2025·2 min read
    • नेपालमा सुन र चाँदीको मूल्य बढ्यो
      Top

      नेपालमा सुन र चाँदीको मूल्य बढ्यो

      असार १२ गते, २०२५ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर १,९२,३०० रुपैयाँ पुगेको छ। चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेर २,१७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग बढेका कारण भएको हो।

      NEPSE TRADING·26 Jun, 2025·1 min read
    • छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ सम्म थप
      Investor

      छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ सम्म थप

      छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ सम्म थप छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ। यसअघि जेठ २३ गतेदेखि खुला गरिएको हकप्रद शेयरको निष्कासन आज बन्द गर्ने भनिए पनि पर्याप्त आवेदन नपरेपछि कम्पनीले समय थप गर्दै अब असार २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३८ लाख ९ हजार ७७५ कित्ता शेयर जारी गरिएको हो, जसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यस हकप्रद निष्कासनका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १ गतेसम्म कम्पनीको शेयरधनी रहेको व्यक्ति मात्र यसमा आवेदन दिन योग्य छन्।

      NEPSE TRADING·26 Jun, 2025·1 min read
    • नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक
      Investor

      नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक

      नेपाली शेयर बजार स्थिर, असार मसान्तको प्रभावसँगै लगानीकर्ताको मनोविज्ञान निर्णायक साताको चौथो दिन बुधबार पनि नेपाली शेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.३३ अंकले घट्दै २६००.२० विन्दुमा बन्द भएको हो । असार मसान्तको प्रभावले बजारमा केही दबाब देखिए पनि लगानीकर्ताको मनोविज्ञानले अझै निर्णायक असर पुर्‍याइरहेको विश्लेषकहरूको भनाइ छ । आजको कारोबारमा १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर ६१ हजार पटक किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ । कुल ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनी घटेका छन् । मोदि इनर्जी लिमिटेडको शेयरमा ९.९९% ले सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर, पञ्चकन्या माई, त्रिशुली हाइड्रो, र माउन्टेन हाइड्रोको मूल्य समेत उल्लेख्यरुपमा बढेका छन् । उपसमूहतर्फ होटल तथा पर्यटन समूह १.४३% ले अगाडि देखिँदा इन्भेस्टमेन्ट समूहको कारोबार हिस्सा ८% बाट १०% मा पुगेको छ । कारोबारमा बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहँदा उसले मात्र ५३ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको छ ।

      NEPSE TRADING·25 Jun, 2025·2 min read
    • गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी
      Investor

      गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी

      गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पदमा नियुक्त भएपछि कानुनी प्रावधानअनुसार उनले बुधबार आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा प्रवर्द्धक (संस्थापक) सेयरधनीका रूपमा कूल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जी रहेका छन्। ग्लोबेको प्रालि नाम दोहोरिएर उल्लेख भएको छ।

      NEPSE TRADING·25 Jun, 2025·1 min read
    • सुन र चाँदीको मूल्यमा गिरावट, आजको दर कति ?
      Top

      सुन र चाँदीको मूल्यमा गिरावट, आजको दर कति ?

      Wednesday, Asar 11 – The price of gold in Nepal has dropped by Rs. 1,500 per tola, now trading at Rs. 192,000. Silver has also decreased by Rs. 20 per tola and is currently priced at Rs. 2,140.

      NEPSE TRADING·25 Jun, 2025·1 min read
    • बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा
      Investor

      बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा

      बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा पछिल्लो एक शताब्दीदेखि विश्वव्यापी रूपमा शेयर बजारमा खुद्रा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा परिवर्तन हुँदै आएको छ। यो परिवर्तन पुस्तागत सोच, प्रविधिको विकास र बजार संरचनाको फेरबदलले प्रभावित हुँदै आएको हो। बेबी बुमर्सदेखि जेन जेडसम्म हरेक पुस्ताले आफ्नै सोच, प्राथमिकता र लगानीप्रतिको दृष्टिकोण लिएर आएको छ, जसले खुद्रा लगानीको मार्गचित्र निर्माण गर्दै आएको छ।

      Astitwa Sharma ·25 Jun, 2025·4 min read
    • डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्यो
      Investor

      डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्यो

      डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा कायम गरिएको छ, जुन मंगलबारको तुलनामा घटेको हो। युरोको मूल्य भने केही बढेर आज एक युरोको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा तोकिएको छ। मंगलबार युरोको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा थियो।

      NEPSE TRADING·25 Jun, 2025·1 min read
    • काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेट
      Investor

      काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेट

      काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेट काठमाडौं, असार १० – कानुन अनुसार प्रत्येक वर्षको असार १० गतेसम्म अनिवार्य रूपमा स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान रहे पनि काठमाडौं महानगरपालिकाले यस वर्ष सो व्यवस्था पालना गर्न सकेको छैन। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ र ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार बजेट ल्याउनुपर्ने भए पनि मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको असमझदारीका कारण बजेट सार्वजनिक हुन नसकेको हो। बजेट निर्धारण समितिको बैठक समेत बस्न नसक्दा मुलुककै ठूलो महानगरले कानूनी बाध्यतालाई उल्लंघन गरेको छ। यसबाहेक देशका अन्य पाँच महानगरपालिकाले भने समयमै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरिसकेका छन्।

      NEPSE TRADING·24 Jun, 2025·2 min read
    • मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग
      Investor

      मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग

      बैंकर्स संघको सुझाव : कर्जा वर्गीकरणमा लचिलो नीति, शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। संघले हालको कर्जा नोक्सानी व्यवस्था तथा कर्जाको वर्गीकरण प्रणालीमा लचिलो नीति अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै नियामकीय संरचनामा सुधार गर्न माग गरेको हो। संघले दुई वर्षसम्म भाखा नघेको कर्जालाई मात्र खराब कर्जा (एनपीए) मा वर्गीकृत गर्नुपर्ने र त्यसपछि मात्रै १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव दिएको छ। त्यस्तै, संघले वाणिज्य बैंकलाई सर्ट टर्म सेयर ट्रेडिङ गर्न अनुमति दिन माग गरेको छ। हाल सूचीकृत कम्पनीहरूको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने नियमलाई संशोधन गरी समयको सीमा हटाउनुपर्ने उनीहरूको माग छ।

      NEPSE TRADING·24 Jun, 2025·1 min read
    • इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा
      Investor

      इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा

      इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा असार मसान्तको कर सम्वन्धी दबाबका कारण बजारमा मनोवैज्ञानिक प्रभाव देखिए पनि ठूला लगानीकर्ता भने सक्रिय रुपमा स्टक खरिद गरिरहेका छन्। मंगलबार पनि बजारमा इनभर्टेड ह्याम्मर क्यान्डल बनेको छ, तर पछिल्ला पोजेटिभ क्यान्डलहरू जस्तै यस क्यान्डलले पनि हालसम्म पुष्टि दिने क्यान्डल पाउन सकेको छैन, जसले बजार अझै पनि अनिश्चित दिशामा रहेको देखाउँछ। मंगलबारको दिन नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको छ। सोमबार करिब ६ अर्ब ५० करोड बराबरको कारोबार भएकोमा मंगलबार घटेर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। कूल ३१६ स्टकको ६२,७५५ पटकको कारोबारमा १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको हो।

      NEPSE TRADING·24 Jun, 2025·2 min read
    • सुन र चाँदीको मूल्यमा भारी गिरावट
      Top

      सुन र चाँदीको मूल्यमा भारी गिरावट

      मंगलबार, असार १० गते नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। छापावाल सुन तोलामा १,७०० रुपैयाँ घटेर १,९३,५०० रुपैयाँमा पुगेको छ भने चाँदी १० रुपैयाँ घटेर २,१६० रुपैयाँमा कारोबार भएको छ। मूल्य घट्नुलाई अन्तर्राष्ट्रिय बजारको असर मानिएको छ।

      NEPSE TRADING·24 Jun, 2025·1 min read
    • लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू
      Investor

      लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू

      लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू काठमाडौं — नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रक्रियामा कडाइ गर्दै आठ बुँदे नयाँ मापदण्ड सार्वजनिक गरेको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको हालै सम्पन्न बैठकले विगतको नीतिगत व्यवस्थालाई संशोधन गर्दै लगानी कम्पनीहरूलाई आईपीओ अनुमति दिने क्रममा थप सर्तहरू अनिवार्य बनाएको हो।

      NEPSE TRADING·23 Jun, 2025·1 min read
    • प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको लागि बोनस सेयर र नगद लाभांश प्रस्ताव गर्यो
      Top

      प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको लागि बोनस सेयर र नगद लाभांश प्रस्ताव गर्यो

      प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि १९.४७४% लाभांश प्रस्ताव गरेको छ, जसमा १८.५% बोनस सेयर र ०.९७४% नगद लाभांश समावेश छन्। ४१४ औं सञ्चालक समितिको बैठकबाट पारित यो प्रस्ताव बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट स्वीकृति हुनुपर्नेछ।

      NEPSE TRADING·23 Jun, 2025·1 min read
    • सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि
      Top

      सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि

      सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रही प्रतितोला १,९५,२०० रुपैयाँमै कायम रह्यो भने चाँदीको मूल्य १० रुपैयाँले बढेर २,१७० रुपैयाँ प्रतितोला पुगेको छ।

      NEPSE TRADING·23 Jun, 2025·<1 min read
    • दरम खोला हाइड्रो इनर्जीले आजदेखि आईपीओ निष्काशन गर्दै
      Top

      दरम खोला हाइड्रो इनर्जीले आजदेखि आईपीओ निष्काशन गर्दै

      दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ, जसमा १० लाख ३० हजार ५०० कित्ता स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। शेयरको न्यूनतम आवेदन १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिन्छ। कम्पनीलाई “IRN BB-” रेटिङ दिइएको छ।

      NEPSE TRADING·23 Jun, 2025·1 min read
    • नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा
      Investor

      नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा

      नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा, बजारमा चौथो दिनपनि गिरावट कायमै साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झन्डै तीन महिनापछि फेरि २६ सयको मनोवैज्ञानिक लेवलभन्दा तल झरेको छ। नेप्से सूचक आज ३२.९३ अंकले घट्दै २५९५.९७ विन्दुमा बन्द भएको छ, जससँगै बजार निरन्तर चौथो दिन गिरावटमा रहेको हो। बजारमाथि असार मसान्तको दबाब त छँदै थियो, तर सामाजिक सञ्जालमा फैलिएको तेस्रो विश्वयुद्ध र अमेरिकाको इरानमाथि हमलाको हल्लाले पनि बजार मनोविज्ञानलाई नराम्रोसँग असर पारेको देखिन्छ। यद्यपि केही लगानीकर्ताले यस्ता हल्लाको प्रत्यक्ष असर नपर्ने तर्क गर्दै बजारलाई चापमा ल्याएर सस्तोमा कित्ता उठाउने रणनीति देखिएको बताउँछन्। कारोबार रकम अघिल्लो बिहीबारको ११ अर्ब २३ करोडबाट घटेर आज ९ अर्ब १४ करोड ५८ लाखमा सीमित भएको छ। ३१० वटा स्टकमा ८७ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड १५ लाख कित्ता शेयर किनबेच भएको हो।

      NEPSE TRADING·22 Jun, 2025·2 min read
    • वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि
      Investor

      वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि

      वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले वृद्धि भई ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ मात्र थियो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा देखिएको छ, जसको कुल गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ५ अर्ब १२ करोड रुपैयाँ छ। तेस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। त्यस्तै, नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड र प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ।

      NEPSE TRADING·22 Jun, 2025·1 min read