
आईपीओ पर्खिरहेका १४ कम्पनीको आवेदन अस्वीकृत, ४ अर्बभन्दा बढीको निष्कासन अन्योलमा14 Companies Rejected from IPO Pipeline, Over NPR 4.21 Billion Worth of Issuances in Limbo
आईपीओ पर्खिरहेका १४ कम्पनीको आवेदन अस्वीकृत, ४ अर्बभन्दा बढीको निष्कासन अन्योलमा काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम समयमा आएर आईपीओ निष्कासनको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै पाइपलाइनबाट हटाएको छ । बोर्डको यस निर्णयसँगै करिब ४ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन प्रक्रियामा अन्योलता पैदा भएको छ । अस्वीकृत भएका कम्पनीहरूमध्ये ६ वटा जलविद्युत् कम्पनी, २ वटा औषधि उद्योग, ४ वटा पर्यटन व्यवसाय, १ सञ्चार प्रतिष्ठान र १ हेलिकप्टर सेवा प्रदायक कम्पनी रहेका छन् । यी कम्पनीहरूमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एन्ड सुइट्स, सानिमा हाइड्रोपावर, रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, युनिक हाइडेल, पुवाखोला वान हाइड्रोपावर, एक्कर्ड फर्मास्युटिकल्स, सोपन फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन र प्रभु हेलिकप्टर पर्छन् ।14 Companies Rejected from IPO Pipeline, Over NPR 4.21 Billion Worth of Issuances in Limbo Kathmandu – The Securities Board of Nepal (SEBON) has rejected IPO applications from 14 companies that were in the pipeline for public issuance. This last-minute decision has put IPOs worth NPR 4.21 billion into uncertainty. Among the rejected companies are 6 hydropower firms, 2 pharmaceutical companies, 4 from the tourism sector, one media house, and one helicopter service company. The companies include Apex Hospitality, Orchid Holdings, Annapurna Cable Car, Thamel Plaza Hotel & Suites, Sanima Hydropower, Richet Hydropower, Beni Hydropower, Laughing Buddha Power, Unique Hydel, Puwa Khola One Hydropower, Accord Pharmaceuticals, Sopan Pharmaceuticals, Kantipur Television, and Prabhu Helicopter.


















