
स्थिर सरकार आए पनि नेप्से दबाबमा : ‘क्लिनअप फेज’ बीच अवसर र जोखिम दुबैNEPSE Under Pressure Despite Stable Government: ‘Cleanup Phase’ Signals Both Risk and Opportunity
स्थिर सरकार आए पनि नेप्से दबाबमा : ‘क्लिनअप फेज’ बीच अवसर र जोखिम दुबै राजनीतिक अस्थिरता हटेपछि सेयर बजारले गति लिन्छ भन्ने अपेक्षा व्यापक थियो। तर अहिले देशमा स्थिर सरकार बनेको, नीतिगत स्पष्टता आउने संकेत देखिएको अवस्थामा पनि पुँजीबजार भने तत्कालै सुधारको लय समात्न सकेको छैन। करिब दुई तिहाइ नजिकको बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी को नेतृत्वमा सरकार गठन भए पनि बजारमा अपेक्षित उत्साह देखिन नसक्नुले लगानीकर्ताबीच नयाँ प्रश्नहरू उठ्न थालेका छन्।NEPSE Under Pressure Despite Stable Government: ‘Cleanup Phase’ Signals Both Risk and Opportunity The expectation was clear—once political instability eased, the stock market would regain momentum. However, even after the formation of a stable government with near two-thirds majority under Rastriya Swatantra Party, Nepal’s capital market has yet to respond as anticipated. The lack of immediate upward movement has raised fresh questions among investors.


















