NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 47 / 194Next
    • सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो
      Investor

      1 min read

      सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो

      सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दर्ता गर्‍यो काठमाडौं — सुप्रिम हेल्थ केयर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ। कम्पनीले माघ ६ गते बोर्डमा औपचारिक रूपमा आवेदन पेस गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसमार्फत कम्पनीले १४ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीका अनुसार संकलित पूँजी स्वास्थ्य सेवासम्बन्धी पूर्वाधार विस्तार तथा व्यवसायिक क्षमता अभिवृद्धिमा प्रयोग गरिनेछ।

      NEPSE TRADING

      ·

      21 Jan, 2026

    • चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियो
      Investor

      3 min read

      चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियो

      चालु आर्थिक वर्षको छ महिनामा सवा एक खर्बभन्दा बढी सार्वजनिक ऋण थपियो काठमाडौं — चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्म १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो। यस अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा ऋण दायित्व अझै बढेको छ। कार्यालयका अनुसार विनिमय दरको असरले मात्रै पुस मसान्तसम्म ७० अर्ब ६८ करोड रुपैयाँ बराबरको अतिरिक्त ऋण दायित्व थपिएको छ। नेपालले बाह्य ऋणको साँवा भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने भएकाले डलर बलियो हुँदा ऋणको भार स्वाभाविक रूपमा बढ्ने गर्छ। राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलर बराबर १४५.७६ रुपैयाँ पुगेको छ।

      NEPSE TRADING

      ·

      21 Jan, 2026

    • चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो
      Top

      1 min read

      चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो

      मंगलबार साताको दोस्रो कारोबार दिन सेयर बजार उकालो लाग्दै नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। चुनावी माहोल तीव्र बन्दै जाँदा लगानीकर्ताको मनोबल बढेको र बजारमा उत्साह देखिएको हो। यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर करिब ११ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्स सकारात्मक सर्किटमा कारोबार हुँदा अधिकांश जलविद्युत र वित्तीय कम्पनीका सेयरमा राम्रो वृद्धि देखिएको छ। १३ वटै उपसमूहका परिसूचक हरियालीमा रहेकामा होटल तथा पर्यटन उपसमूह सर्वाधिक बढेको छ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
      Investor

      1 min read

      शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

      शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आज माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी पहिलो चरणमा आईपीओ बिक्री सुरु गरेको हो। कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँ मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र विदेशमा कार्यरत नेपालीका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत बराबरको ९ करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशन गरिएको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख ८० हजार कित्ता साधारण सेयर बिक्री खुला गरिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रमा उल्लेखित विवरणका आधारमा स्थानीयका लागि सेयर छुट्याइएको कम्पनीले स्पष्ट पारेको छ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • हाइल्याण्ड डिष्टिलरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने, माघ २८ मा वार्षिक साधारणसभा
      Investor

      1 min read

      हाइल्याण्ड डिष्टिलरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने, माघ २८ मा वार्षिक साधारणसभा

      हाइल्याण्ड डिष्टिलरीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने, माघ २८ मा वार्षिक साधारणसभा काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेड ले बुक बिल्डिङ प्रक्रिया प्रयोग गरी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार पुस २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयका आधारमा माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारणसभा बोलाइएको छ। सभामा प्रचलित धितोपत्रसम्बन्धी कानुनअनुसार सर्वसाधारणलाई छुट्याइएको सेयर प्रिमियम मूल्यमा, बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने विषयमा निर्णय गरिने कम्पनीले जनाएको छ। यसका साथै आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता
      Investor

      1 min read

      विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता

      विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न, ४६ हजार ६८१ लगानीकर्ताले पाए १०–१० कित्ता काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले पुस २१ गतेदेखि पुस २४ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) को बाँडफाँट आज बिहान सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमवि क्यापिटल का अनुसार एफपीओमा सहभागी ४६ हजार ६ सय ८१ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने तीमध्ये ७ जनाले थप १–१ कित्ता शेयरसमेत पाएका छन्। लगानीकर्ताले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमवि क्यापिटल, मेरोसेयर एकाउन्ट तथा सीडीएस एन्ड क्लियरिङ ले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सक्नेछन्। यसका साथै कम्पनीको आधिकारिक वेबसाइटबाट पनि नतिजा सार्वजनिक गरिएको छ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • साधारण सभा नहुँदा अपर तामाकोशी संकटमा, डिलिस्टिङको जोखिम बढ्दै
      Investor

      4 min read

      साधारण सभा नहुँदा अपर तामाकोशी संकटमा, डिलिस्टिङको जोखिम बढ्दै

      साधारण सभा नहुँदा अपर तामाकोशी संकटमा, डिलिस्टिङको जोखिम बढ्दै अपर तामाकोशी हाइड्रोपावर लिमिटेड ले समयमै नियमित साधारण सभा गर्न नसक्दा कम्पनीको सुशासन, पारदर्शिता र लगानीकर्ता हितमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। लगातार तीन वर्षदेखि साधारण सभा हुन नसक्दा नियामकीय मापदण्ड उल्लङ्घनको अवस्था सिर्जना भएको छ भने यही अवस्था लम्बिँदै गए सेयर बजारबाट डिलिस्टिङको जोखिमसमेत बढेको देखिन्छ। यसले कम्पनीका सर्वसाधारण लगानीकर्तामा अन्योल र चिन्ता दुवै बढाएको छ। राष्ट्रिय गौरवको आयोजना मानिने माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पछिल्लो समय व्यवस्थापकीय कमजोरी र सुशासनको अभाव स्पष्ट देखिन थालेको छ। आर्थिक वर्ष २०७९/८० को साधारण सभा २०८० साउनमा सम्पन्न गरेपछि कम्पनीले हालसम्म अर्को नियमित साधारण सभा गर्न सकेको छैन। यस अवधिमा लगानीकर्ताले न त कम्पनीको वास्तविक वित्तीय अवस्था बुझ्न पाएका छन्, न त लाभांशको कुनै संकेत नै देखिएको छ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • स्थानीयका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप
      Investor

      1 min read

      स्थानीयका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप

      स्थानीयका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप लमजुङ । सुपर खुदी हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय थप गरेको छ। पुस २२ गतेदेखि स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरिएको आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले स्वीकृत जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही व्यवस्थाअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएर निष्कासन गरिएको हो, जसको कुल रकम १५ करोड ५० लाख रुपैयाँ बराबर हुन्छ। स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता भने मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

      NEPSE TRADING

      ·

      20 Jan, 2026

    • सेबोनले म्युचुअल फण्डको बीज पुँजी व्यवस्था खुकुलो बनायो, अनुभवी व्यवस्थापकलाई सुविधा
      Investor

      2 min read

      सेबोनले म्युचुअल फण्डको बीज पुँजी व्यवस्था खुकुलो बनायो, अनुभवी व्यवस्थापकलाई सुविधा

      सेबोनले म्युचुअल फण्डको बीज पुँजी व्यवस्था खुकुलो बनायो, अनुभवी व्यवस्थापकलाई सुविधा काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजीसम्बन्धी व्यवस्था खुकुलो बनाएको छ। बोर्डको निर्णयअनुसार अब योग्य र अनुभवी योजना व्यवस्थापकहरूले १५ प्रतिशतको सट्टा १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप इकाई निष्कासन गर्न सक्नेछन्। यसअघि सबै म्युचुअल फण्ड योजनामा योजना प्रवर्द्धक तथा व्यवस्थापकले अनिवार्य रूपमा १५ प्रतिशत बीज पुँजी लगानी गर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाले राम्रो कार्यसम्पादन गरेका र अनुभवी योजना व्यवस्थापकलाई थप प्रोत्साहन दिने उद्देश्य राखेको सेबोनले जनाएको छ। यो व्यवस्था माघ १ गतेदेखि लागू भइसकेको छ।

      Dipesh Ghimire

      ·

      20 Jan, 2026

    •  म्युचुअल फण्डमा ‘स्ट्रेस टेस्ट’ अनिवार्य, राम्रो कार्यसम्पादन गर्ने व्यवस्थापकलाई बीउ पूँजीमा सहुलियत
      Top

      2 min read

      म्युचुअल फण्डमा ‘स्ट्रेस टेस्ट’ अनिवार्य, राम्रो कार्यसम्पादन गर्ने व्यवस्थापकलाई बीउ पूँजीमा सहुलियत

      नेपाल धितोपत्र बोर्ड (नेपाल धितोपत्र बोर्ड) ले म्युचुअल फण्ड क्षेत्रमा जोखिम व्यवस्थापनलाई कडा बनाउँदै ‘स्ट्रेस टेस्ट’ अनिवार्य गरेको छ। नयाँ व्यवस्था अनुसार अब योजना व्यवस्थापकहरूले अर्धवार्षिक रूपमा दबाब परीक्षण गरी प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ। साथै, जोखिम व्यवस्थापन नीति लागू गर्नुपर्ने र एउटै व्यवस्थापकका विभिन्न योजनाहरूबीच स्पष्ट भिन्नता हुनुपर्ने व्यवस्था गरिएको छ। यससँगै, राम्रो कार्यसम्पादन गर्ने अनुभवी योजना व्यवस्थापकहरूलाई बीउ पूँजीमा सहुलियत दिइएको छ। निश्चित अनुभव, कोष व्यवस्थापनको आकार र एनएभीको मापदण्ड पूरा गरेमा नयाँ योजनामा ५ वा १० प्रतिशत मात्र बीउ पूँजी राख्न सकिनेछ, अन्यथा पुरानै १५ प्रतिशत व्यवस्था कायम रहनेछ। बोर्डको यो कदमले म्युचुअल फण्ड क्षेत्रलाई थप पारदर्शी, व्यावसायिक र लगानीकर्तामैत्री बनाउने लक्ष्य लिएको छ।

      NEPSE TRADING

      ·

      19 Jan, 2026

    • सूर्यज्योति लाइफका ११.२५ लाख संस्थापक सेयर बिक्रीमा
      Top

      <1 min read

      सूर्यज्योति लाइफका ११.२५ लाख संस्थापक सेयर बिक्रीमा

      सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहअन्तर्गतका ११ लाख २५ हजार ३४४ कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार हालको चरणमा यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिनेछ।

      Nepse Trading

      ·

      19 Jan, 2026

    • सोलु हाइड्रोपावरको आईपीओ ३.८६ गुणा बढी आवेदन
      Top

      1 min read

      सोलु हाइड्रोपावरको आईपीओ ३.८६ गुणा बढी आवेदन

      सोलु हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको आईपीओ ४ माघ २०८२ मा ३.८६ गुणा बढी आवेदनसहित बन्द भएको छ। सीडीएससीका अनुसार ८२ लाख कित्ता सेयरका लागि २५ लाखभन्दा बढी आवेदकबाट ३ करोड १७ लाखभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो भने कम्पनीलाई IRN BB रेटिङ प्राप्त छ।

      NEPSE TRADING

      ·

      19 Jan, 2026

    • कामना सेवा विकास बैंक लिमिटेडको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो
      Top

      1 min read

      कामना सेवा विकास बैंक लिमिटेडको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

      कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज तथा फि–कमिशन आम्दानी बढेपछि नाफा सुधारिएको हो। तर, नाफा बढेपनि वितरणयोग्य मुनाफा भने २१.२५ प्रतिशतले घटेको छ। यस अवधिमा निष्क्रिय कर्जा ४.१ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी २०.४३ रुपैयाँ पुगेको छ।

      NEPSE TRADING

      ·

      19 Jan, 2026

    • सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा
      Top

      <1 min read

      सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा

      माघ ५ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४,२०० रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँले बढेर ५,८१० रुपैयाँ पुगेको छ, जसले दुबै धातुमा नयाँ रेकर्ड कायम गरेको छ।

      NEPSE TRADING

      ·

      19 Jan, 2026

    • कारोबार बढेसँगै नेप्से उकालो, वित्त उपसमूहमा सर्वाधिक वृद्धि
      Top

      1 min read

      कारोबार बढेसँगै नेप्से उकालो, वित्त उपसमूहमा सर्वाधिक वृद्धि

      आइतबार नेपाली शेयर बजार उल्लेखनीय रूपमा उकालो लागेको छ। नेप्से परिसूचक ३१.१२ अंक (१.१७%) बढेर २६७२.५५ विन्दुमा बन्द हुँदा कारोबार रकम पनि बढेर ८ अर्ब ४० करोड रुपैयाँ नाघेको छ। सबै १३ उपसमूहका परिसूचकहरू बढेका छन्, जसमा वित्त उपसमूह सर्वाधिक ५.७३ प्रतिशतले उकालो लागेको छ।

      NEPSE TRADING

      ·

      18 Jan, 2026

    • गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कामु सीईओमा अर्चना प्रधान नियुक्त
      Investor

      <1 min read

      गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कामु सीईओमा अर्चना प्रधान नियुक्त

      गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कामु सीईओमा अर्चना प्रधान नियुक्त गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड को कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन्। संस्थाका हालका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले पुस १७ गते दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।

      NEPSE TRADING

      ·

      18 Jan, 2026

    • हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो
      Investor

      1 min read

      हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो

      हिमालयन बुलियन कम्पनीको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो। उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ज्योति क्यापिटल लाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्मप्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्। कम्पनीका अनुसार, निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली समेत), सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्ट्याइनेछ। सम्झौताअनुसार, ज्योति क्यापिटलले आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्य सम्हाल्नेछ। कम्पनी ऐन, २०६३ र धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी छिट्टै आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

      NEPSE TRADING

      ·

      18 Jan, 2026

    • नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो
      Top

      <1 min read

      नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

      माघ ४ गते आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको छ।

      NEPSE TRADING

      ·

      18 Jan, 2026

    • होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला
      Top

      2 min read

      होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला

      होटल तथा पर्यटन क्षेत्रमा नयाँ पाँचतारे कम्पनीको प्रवेश, होटल फरेष्ट इनको आईपीओ खुला नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन क्षेत्रको उपस्थिति थप सुदृढ बनाउँदै अर्को पाँचतारे होटल कम्पनी होटल फरेष्ट इन लिमिटेड ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि माघ ४ गतेदेखि आईपीओ खुला गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

      NEPSE TRADING

      ·

      18 Jan, 2026

    • सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      सोलु हाइड्रोपावर लिमिटेड को सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन हो। कम्पनीले ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ, जसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी रेटिङ्ग दिएको छ, जसले औषत जोखिम संकेत गर्छ। लगानीकर्ताले सि–आसबामार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      18 Jan, 2026