
1 min read
सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने
सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको जनाएको छ। आईपीओ अन्तर्गत १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिनेछ। उक्त सेयरको प्रत्याभूति व्यवस्थापन (इश्यू तथा बिक्री प्रबन्धक) का लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ। सम्झौतापत्रमा सुपर हेवा पावर कम्पनीका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
NEPSE TRADING
·24 Jan, 2026


















