
नेपाल विद्युत प्राधिकरण नेतृत्वको १,०६३ मेगावाट माथिल्लो अरुण आयोजना : एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ अर्ब ९५ करोडको सेयर निश्कासन प्रस्तावNEA Proposes NPR 12.95 Billion Share Offering to NRNs and Migrant Workers for 1,063 MW Upper Arun Semi-Reservoir Hydropower Project
नेपाल विद्युत प्राधिकरण नेतृत्वको १,०६३ मेगावाट माथिल्लो अरुण आयोजना : एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ अर्ब ९५ करोडको सेयर निश्कासन प्रस्ताव माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा गैरआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको छ। नेपाल विद्युत प्राधिकरण (एनईए) को अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट क्षमताको यो आयोजना हाल वित्तीय संरचना अन्तिम चरणमा पुगेको छ। आयोजनाको लागत निर्माण अवधि ब्याज बाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर रहने अनुमान गरिएको छ। हालको विनिमय दर (१ डलर = १४१ रुपैयाँ) मा यो लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पर्छ। ब्याजसहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। कुल लागतको ३० प्रतिशत (७१ अर्ब ९४ करोड) इक्विटी र ७० प्रतिशत (१ खर्ब ६७ अर्ब ८५ करोड) ऋणमार्फत व्यावस्थापन गर्ने योजना छ।NEA Proposes NPR 12.95 Billion Share Offering to NRNs and Migrant Workers for 1,063 MW Upper Arun Semi-Reservoir Hydropower Project The Nepal Electricity Authority (NEA) has proposed issuing shares worth NPR 12.95 billion to Non-Resident Nepalis (NRNs) and Nepali migrant workers abroad as part of the equity structure for the upcoming 1,063 MW Upper Arun Semi-Reservoir Hydropower Project, to be developed in Botkhola Rural Municipality of Sankhuwasabha district.


















