
काठमाडौँमा ७४ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबारमा दुई जना पक्राउTwo Arrested in Kathmandu for Involvement in Rs. 74.52 Million Crypto Transaction
काठमाडौँमा ७४ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबारमा दुई जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँले रु ७४ लाख ५२ हजार बराबरको अभौतिक (क्रिप्टो) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङ मिक्लाजुङ–१ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। शनिबार काठमाडौँ महानगरपालिका–१०, बिजुली बजार क्षेत्रमा केही व्यक्तिहरू क्रिप्टो मुद्रा कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा आरोपित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरूबाट क्रिप्टो व्यापारमा प्रयोग भएका विभिन्न कम्पनीका पाँच थान मोबाइल फोन समेत बरामद गरेको छ।Two Arrested in Kathmandu for Involvement in Rs. 74.52 Million Crypto Transaction A team from the Kathmandu District Police Range has arrested two individuals for their alleged involvement in trading Rs. 74,52,000 worth of cryptocurrency, which is illegal in Nepal. According to Police Spokesperson SP Pawan Kumar Bhattarai, those arrested have been identified as 36-year-old Bishal Dangol of Kathmandu Metropolitan City–14 and 45-year-old Umesh Shrestha, originally from Miklajung-1, Morang, and currently residing in Kalanki, Kathmandu.


















