
सर्वोत्तम सिमेन्ट घाटाबाट ३२ करोड नाफासम्म, पहिलो त्रैमासमै उल्लेख्य सुधारSarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quarter
काठमाडौं — गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा उल्लेखनीय सुधार गरेको छ। बिक्री आम्दानीमा आएको ठोस वृद्धि र लागत व्यवस्थापनमा भएको सुधारका कारण कम्पनी एक वर्षमै घाटाबाट नाफातर्फ फर्किन सफल भएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा भोगेको घाटाबाट ठूलो मोडको रूपमा हेरिएको छ।Sarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quarter Kathmandu — Sarbottam Cement, which had posted a loss of Rs 22.5 million in the first quarter of the previous fiscal year, has made a strong financial turnaround this year. The company has returned to profitability on the back of significant improvement in sales revenue and better cost management. In the first three months of the current fiscal year, the company earned a net profit of Rs 324.2 million, marking a remarkable shift from last year’s loss.


















