
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आम सर्वसाधारणका लागि खुलाShreenagar Agritech Industries Limited Opens IPO for the General Public
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आम सर्वसाधारणका लागि खुला श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्कासन खुला गरेको छ। कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यमा कुल ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर जारी गर्ने अनुमति पाएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ६३ हजार १२५ कित्ता आईपीओ वितरण गरिसकेको छ। अब कम्पनीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लागि १ लाख ५४ हजार ९६९ कित्ता र आफ्ना कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी २५ लाख १० हजार ४९३ कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गरेको हो।Shreenagar Agritech Industries Limited Opens IPO for the General Public Shreenagar Agritech Industries Limited has opened its Initial Public Offering (IPO) for the general public starting today, October 12, 2025 (Ashoj 26, 2082). The company has been approved to issue a total of 3,262,500 ordinary shares at a par value of Rs. 100 per share. Earlier, the company had already allotted 309,938 shares to Nepalis working abroad and 163,125 shares to the project-affected locals. Now, it has reserved 154,969 shares for mutual funds and 123,975 shares for employees, while the remaining 2,510,493 shares have been opened for general investors.


















