
एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहजNepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR
एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज अब गैरआवासीय नेपाली (एनआरएन)हरूले नेपाली रुपैयाँमै नेपालका इन्भेष्टमेन्ट कम्पनीमा शेयर आवेदन दिन र लगानी तथा मुनाफा सहजै फिर्ता लैजान सक्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै यस्तो सहजता ल्याएको हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन ऐन, २०१९ को दफा १०(क) अनुसार विनियमावली २०७८ मा आवश्यक संशोधन गरेको जनाएको छ। अब एनआरएनले इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिद गर्न विदेशी लगानी स्वीकृतिपूर्व नै रकम नेपाल ल्याउन सक्नेछन्। स्वीकृति पछि मात्र लगानी प्रक्रिया अघि बढ्ने हो भन्ने अड्चन अब हटेको छ। संशोधनअनुसार, एनआरएनहरूले नेपाली बैंकमा नेपाली रुपैयाँमै खाता खोली त्यही खाताबाट आईपीओ आवेदन दिन सक्नेछन्। यसअघि विदेशी मुद्रामै खाता खोल्नुपर्ने र लगानी गर्नुपर्ने जटिलता हटाइएको छ। यससँगै एनआरएनहरूको १० अर्ब चुक्ता पुँजीमा आधारित एनडीएफ (NRN Development Fund) मार्फत ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन बाटो खुलेको छ।Nepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR Non-Resident Nepalis (NRNs) can now invest in Nepal's capital market using Nepali Rupees (NPR), with the ability to repatriate both their investment and earnings more conveniently. Nepal Rastra Bank (NRB) has amended the "Foreign Investment and Foreign Loan Management Regulations" for the fourth time, easing the rules for NRNs to apply for shares in investment companies. On Wednesday, the Foreign Exchange Management Department of NRB issued a notice outlining the amendments made under Section 10(a) of the Foreign Exchange Regulation Act, 2019. Under the revised provisions, NRNs are now allowed to transfer investment funds into their accounts in Nepal even before obtaining official investment approval, provided approval is acquired subsequently. This change removes a major barrier that previously restricted NRN participation.


















