
नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटेपनि परिसम्पत्तिको गुणस्तरमा सुधारNabil Bank Reports Stable Q1 Results: Profit Declines but Asset Quality Strengthens
नवील बैंक लिमिटेडको नाफा १४.५७ प्रतिशतले घट्दै पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको २ अर्ब ५ करोड रुपैयाँभन्दा कम हो। ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको भए पनि शुल्क तथा कमिसन आम्दानी ६.२९ प्रतिशतले बढेको छ। बैंकको निक्षेप ६.१० प्रतिशतले बढ्दै ५५६ अर्ब ६१ करोड रुपैयाँ, र कर्जा प्रवाह १.९९ प्रतिशतले बढ्दै ४२१ अर्ब रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा (NPL) ०.९७ प्रतिशतमा झरेको छ भने पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशतमा स्थिर छ। नाफा घटे पनि बैंकको परिसम्पत्ति गुणस्तर र स्थिरता सुधारिएको देखिन्छ।Nabil Bank Limited reported a 14.57% decline in net profit in the first quarter of FY 2082/83, earning NPR 1.75 billion compared to NPR 2.05 billion last year. The fall was mainly due to lower interest income, which dropped by 5.77% to NPR 3.09 billion. However, fee and commission income grew by 6.29%, partly offsetting the decline. Deposits increased by 6.10% to NPR 556.61 billion, and loans rose by 1.99% to NPR 421 billion. The bank’s NPL improved to 0.97%, capital adequacy ratio remained strong at 12.67%, and net worth per share stood at NPR 240.72. Despite reduced profit, asset quality and stability improved.


















