
नेशनल फण्ड म्यानेजमेन्ट : आईपीओ निष्कासन प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्तNational Fund Management Appoints Laxmi Sunrise Capital as IPO Issue Manager
नेशनल फण्ड म्यानेजमेन्ट : आईपीओ निष्कासन प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागिएको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा २१ लाख ६ हजार कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ, जसको कुल मूल्य रु. २१ करोड ६ लाख बराबर हुनेछ। यो सेयर कम्पनीको जारी पूँजीको २० प्रतिशत हो। यो सम्बन्धी सम्झौता आज काठमाडौँको नयाँबानेश्वरस्थित सन्राइज क्यापिटलको कार्यालयमा सम्पन्न भयो। सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।National Fund Management Appoints Laxmi Sunrise Capital as IPO Issue Manager National Fund Management Limited has appointed Laxmi Sunrise Capital Limited as the issue and sales manager for its upcoming Initial Public Offering (IPO). The company is preparing to issue 2,106,000 units of ordinary shares at a par value of Rs. 100, amounting to a total IPO size of Rs. 21,06,00,000. This IPO represents 20 percent of the company’s issued capital that will be offered to the general public. The agreement between the two companies was signed today at the office of Sunrise Capital Limited, New Baneshwor, Kathmandu. The MoU was signed by Saroj Guragai, Chief Executive Officer of National Fund Management, and Bijay Lal Shrestha, Chief Executive Officer of Sunrise Capital Limited.


















