
२ दिनपछि नेप्सेमा सुधार, कारोबार रकम घट्योNEPSE Rebounds After Two Days, Trading Volume Declines
२ दिनको लगातार गिरावटपछि सोमबार नेप्से परिसूचक १२.९१ अंक बढेर २७६२.७४ विन्दुमा पुगेको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ४.०२, १.२९ र १.६१ अंकले बढेका छन्। तर कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ५ अर्ब १० करोड रुपैयाँमा सीमित रह्यो। कम्पनीगत हिसाबमा हिम स्टार उर्जाको शेयर ६% भन्दा बढीले बढ्दा सहकार्य लघुवित्त र विकास हाइड्रोपावर क्रमशः ७.६८% र करिब ५% ले घटे। उपसमूहतर्फ बैंकिङ उपसमूह १.६२% ले बढ्दै अगाडि रह्यो भने व्यापार उपसमूह १.१५% ले घट्दै पछाडि रह्यो। After two consecutive days of decline, the NEPSE index gained 12.91 points to close at 2762.74 on Monday. The Sensitive, Float, and Sensitive Float indices also rose by 4.02, 1.29, and 1.61 points, respectively. However, trading turnover fell to NPR 5.10 billion compared to the previous day. On the stock front, Himal Star Energy gained over 6%, while Sahakarya Laghubitta and Vikas Hydropower dropped by 7.68% and nearly 5%. Among the sub-indices, the Banking sector led with a 1.62% rise, while the Trading sector recorded the biggest loss at 1.15%.


















