
सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउनेGovernment to Raise Nearly Rs 20 Billion Through Treasury Bills
सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउने काठमाण्डौ, कार्तिक २४, २०८२ (सोमबार) नेपाल सरकारले झण्डै २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ट्रेजरी बिलको बोलकबोलमार्फत कुल १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ऋण संकलन गर्न लागिएको हो। यस अन्तर्गत ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी हुने र १४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको नवीकरण गरिनेछ। यी ऋणपत्रहरू १८२ दिन र ३६४ दिन अवधिका हुने जनाइएको छ। बोलकबोल सोमबार दिउँसो २ बजेसम्म खुला रहनेछ भने मंगलबार ट्रेजरी बिल जारी गरिनेछ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता भएकाले ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। मागभन्दा धेरै आवेदन पर्ने भएकाले डिस्काउन्ट रेट २.७५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो बोलकबोलमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.३६ प्रतिशत र १८२ दिने बिलको १.६१ प्रतिशत निर्धारण भएको थिGovernment to Raise Nearly Rs 20 Billion Through Treasury Bills Kathmandu, November 10, 2025 (Monday) The Government of Nepal is set to raise nearly Rs 19.85 billion in internal loans through the auction of Treasury Bills, according to the Public Debt Management Office. Out of the total amount, Rs 5 billion worth of new Treasury Bills will be issued, while Rs 14.85 billion worth of existing bills will be renewed. The instruments will have maturities of 182 days and 364 days. The auction will remain open until 2 PM on Monday, and the bills will be issued on Tuesday. Due to the abundance of liquidity in the banking system, demand for Treasury Bills has been very high, resulting in a decline in discount rates below 2.75 percent. In the previous auction, the weighted average interest rate for 91-day bills was 2.36 percent, while for 182-day bills it was 1.61 percent.


















