NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 84 / 143Next
    • बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा
      Investor

      बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्राFrom Baby Boomers to Gen Z: The Evolution of Retail Trading

      बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा पछिल्लो एक शताब्दीदेखि विश्वव्यापी रूपमा शेयर बजारमा खुद्रा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा परिवर्तन हुँदै आएको छ। यो परिवर्तन पुस्तागत सोच, प्रविधिको विकास र बजार संरचनाको फेरबदलले प्रभावित हुँदै आएको हो। बेबी बुमर्सदेखि जेन जेडसम्म हरेक पुस्ताले आफ्नै सोच, प्राथमिकता र लगानीप्रतिको दृष्टिकोण लिएर आएको छ, जसले खुद्रा लगानीको मार्गचित्र निर्माण गर्दै आएको छ।Over the past century, retail participation in the stock market around the world has undergone a remarkable evolution, influenced by changing generational dynamics, technological advancements, and shifting market landscapes. From the Baby Boomers to Generation Z, each generation has brought its own set of characteristics, preferences, and attitudes toward investing, shaping the trajectory of retail trading around the world.

      Astitwa Sharma ·25 Jun, 2025·4 min read
    • डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्यो
      Investor

      डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्योNepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates: USD Drops, Euro and AUD Rise

      डलरको दर घट्यो, युरो र अस्ट्रेलियन डलरको दर बढ्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा कायम गरिएको छ, जुन मंगलबारको तुलनामा घटेको हो। युरोको मूल्य भने केही बढेर आज एक युरोको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा तोकिएको छ। मंगलबार युरोको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा थियो।Nepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates: USD Drops, Euro and AUD Rise Kathmandu, Asar 11 – Nepal Rastra Bank (NRB) has released the official foreign exchange rates for today (Wednesday), showing a drop in the value of the U.S. dollar while the Euro and Australian dollar have appreciated. According to NRB, the buying rate for one U.S. dollar is NPR 137.27 and the selling rate is NPR 137.87. This marks a decline compared to Tuesday’s rates of NPR 138.51 (buying) and NPR 139.11 (selling). The Euro has risen in value, with the buying rate set at NPR 159.36 and the selling rate at NPR 160.05. On Tuesday, these rates were NPR 158.79 and NPR 159.48 respectively. The Australian dollar also strengthened, with today’s buying rate at NPR 89.40 and selling rate at NPR 89.79. This is higher than Tuesday’s rates of NPR 88.37 and NPR 88.75.

      NEPSE TRADING·25 Jun, 2025·1 min read
    • काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेट
      Investor

      काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेटKathmandu Fails to Announce Budget on Time, While Five Other Metropolises Unveil FY 2082/83 Budgets

      काठमाडौंले बजेट नल्याउँदा अन्य पाँच महानगरपालिकाले सार्वजनिक गरे २०८२/८३ को बजेट काठमाडौं, असार १० – कानुन अनुसार प्रत्येक वर्षको असार १० गतेसम्म अनिवार्य रूपमा स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान रहे पनि काठमाडौं महानगरपालिकाले यस वर्ष सो व्यवस्था पालना गर्न सकेको छैन। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ र ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार बजेट ल्याउनुपर्ने भए पनि मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको असमझदारीका कारण बजेट सार्वजनिक हुन नसकेको हो। बजेट निर्धारण समितिको बैठक समेत बस्न नसक्दा मुलुककै ठूलो महानगरले कानूनी बाध्यतालाई उल्लंघन गरेको छ। यसबाहेक देशका अन्य पाँच महानगरपालिकाले भने समयमै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरिसकेका छन्।Kathmandu Fails to Announce Budget on Time, While Five Other Metropolises Unveil FY 2082/83 Budgets Despite the legal provision requiring all local governments in Nepal to unveil their annual budget by Asar 10 (June–July), Kathmandu Metropolitan City (KMC), the largest in terms of population, failed to do so this year. As per Section 71 of the Local Government Operation Act, 2074, and Section 21 of the Intergovernmental Fiscal Arrangement Act, 2074, every local unit must present its budget on time. However, disagreements between Mayor Balen Shah and Chief Administrative Officer Saroj Guraagai have led to the failure of conducting even the budget ceiling estimation meeting. This internal conflict has prevented the city from fulfilling its legal obligation.

      NEPSE TRADING·24 Jun, 2025·2 min read
    • मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग
      Investor

      मौद्रिक नीतिमा बैंकर्स संघको सुझाव: शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको मागBankers Demand Flexible Loan Classification Policy and Permission for Share Trading

      बैंकर्स संघको सुझाव : कर्जा वर्गीकरणमा लचिलो नीति, शेयर ट्रेडिङ र तरलता व्यवस्थापनमा सुधारको माग बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। संघले हालको कर्जा नोक्सानी व्यवस्था तथा कर्जाको वर्गीकरण प्रणालीमा लचिलो नीति अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै नियामकीय संरचनामा सुधार गर्न माग गरेको हो। संघले दुई वर्षसम्म भाखा नघेको कर्जालाई मात्र खराब कर्जा (एनपीए) मा वर्गीकृत गर्नुपर्ने र त्यसपछि मात्रै १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गर्नुपर्ने व्यवस्था ल्याउन सुझाव दिएको छ। त्यस्तै, संघले वाणिज्य बैंकलाई सर्ट टर्म सेयर ट्रेडिङ गर्न अनुमति दिन माग गरेको छ। हाल सूचीकृत कम्पनीहरूको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने नियमलाई संशोधन गरी समयको सीमा हटाउनुपर्ने उनीहरूको माग छ।Bankers Demand Flexible Loan Classification Policy and Permission for Share Trading The Bankers' Association has submitted a set of recommendations to Nepal Rastra Bank for the upcoming monetary policy of fiscal year 2082/83 (2025/26). The association has urged the central bank to adopt a more flexible approach to loan classification and loss provisioning. They have recommended that loans should only be classified as non-performing assets (NPAs) if they remain unpaid for more than two years past maturity. Only after this period should banks be required to provision 100% of the loan as a loss.

      NEPSE TRADING·24 Jun, 2025·1 min read
    • इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा
      Investor

      इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामाInverted Hammer Candle Reappears as Major Investors Actively Buy Amid Uncertain Market Sentiment

      इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा असार मसान्तको कर सम्वन्धी दबाबका कारण बजारमा मनोवैज्ञानिक प्रभाव देखिए पनि ठूला लगानीकर्ता भने सक्रिय रुपमा स्टक खरिद गरिरहेका छन्। मंगलबार पनि बजारमा इनभर्टेड ह्याम्मर क्यान्डल बनेको छ, तर पछिल्ला पोजेटिभ क्यान्डलहरू जस्तै यस क्यान्डलले पनि हालसम्म पुष्टि दिने क्यान्डल पाउन सकेको छैन, जसले बजार अझै पनि अनिश्चित दिशामा रहेको देखाउँछ। मंगलबारको दिन नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको छ। सोमबार करिब ६ अर्ब ५० करोड बराबरको कारोबार भएकोमा मंगलबार घटेर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। कूल ३१६ स्टकको ६२,७५५ पटकको कारोबारमा १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको हो।Inverted Hammer Candle Reappears as Major Investors Actively Buy Amid Uncertain Market Sentiment Despite tax-related pressure due to the approaching fiscal year-end, major investors appear to be actively accumulating stocks. On Tuesday, another Inverted Hammer candle formed on the NEPSE chart, signaling a potential bullish reversal. However, like the recent series of positive candles, this too lacks confirmation, suggesting continued uncertainty in market direction.

      NEPSE TRADING·24 Jun, 2025·2 min read
    • लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू
      Investor

      लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागूSEBON Tightens IPO Rules for Investment Companies with 8 New Criteria

      लगानी कम्पनीको आईपीओमा धितोपत्र बोर्डको कडाइ, ८ वटा नयाँ मापदण्ड लागू काठमाडौं — नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रक्रियामा कडाइ गर्दै आठ बुँदे नयाँ मापदण्ड सार्वजनिक गरेको छ। धितोपत्र बोर्डको सञ्चालक समितिको हालै सम्पन्न बैठकले विगतको नीतिगत व्यवस्थालाई संशोधन गर्दै लगानी कम्पनीहरूलाई आईपीओ अनुमति दिने क्रममा थप सर्तहरू अनिवार्य बनाएको हो।SEBON Tightens IPO Rules for Investment Companies with 8 New Criteria Kathmandu — The Securities Board of Nepal (SEBON) has introduced stricter provisions for investment companies seeking to issue Initial Public Offerings (IPOs). In a recent board meeting, SEBON revised its previous policy framework and has now mandated eight specific criteria that investment companies must meet to obtain IPO approval.

      NEPSE TRADING·23 Jun, 2025·1 min read
    • नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा
      Investor

      नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा NEPSE Forms ‘Lower Low’; Market Slides Below 2600, Eyes on 2580 Triple Bottom

      नेप्सेमा ‘लोअर लो’ ब्रेकडाउन, २५८० मा ‘ट्रिपल बटम’ को आशा, बजारमा चौथो दिनपनि गिरावट कायमै साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झन्डै तीन महिनापछि फेरि २६ सयको मनोवैज्ञानिक लेवलभन्दा तल झरेको छ। नेप्से सूचक आज ३२.९३ अंकले घट्दै २५९५.९७ विन्दुमा बन्द भएको छ, जससँगै बजार निरन्तर चौथो दिन गिरावटमा रहेको हो। बजारमाथि असार मसान्तको दबाब त छँदै थियो, तर सामाजिक सञ्जालमा फैलिएको तेस्रो विश्वयुद्ध र अमेरिकाको इरानमाथि हमलाको हल्लाले पनि बजार मनोविज्ञानलाई नराम्रोसँग असर पारेको देखिन्छ। यद्यपि केही लगानीकर्ताले यस्ता हल्लाको प्रत्यक्ष असर नपर्ने तर्क गर्दै बजारलाई चापमा ल्याएर सस्तोमा कित्ता उठाउने रणनीति देखिएको बताउँछन्। कारोबार रकम अघिल्लो बिहीबारको ११ अर्ब २३ करोडबाट घटेर आज ९ अर्ब १४ करोड ५८ लाखमा सीमित भएको छ। ३१० वटा स्टकमा ८७ हजारभन्दा बढी पटकको कारोबारमा २ करोड १५ लाख कित्ता शेयर किनबेच भएको हो।NEPSE Forms ‘Lower Low’; Market Slides Below 2600, Eyes on 2580 Triple Bottom The NEPSE index continued its downward trend on Sunday, the first trading day of the week, closing at 2595.97 points, a decline of 32.93 points. This marks the fourth consecutive day of losses and is the first time in nearly three months that the index has fallen below the crucial 2600 level. While the impact of fiscal year-end (Asar masanta) pressure is visible, market sentiment was further shaken by speculative rumors circulating on social media about a possible third world war and an alleged U.S. airstrike on Iran. However, many investors argue these are baseless fears and suggest that large investors might be attempting to trigger panic selling to accumulate cheap shares. The total trading volume also shrank, dropping from NPR 11.23 billion last Thursday to NPR 9.14 billion today. A total of 87,302 transactions were executed across 310 stocks, with 21.5 million units traded.

      NEPSE TRADING·22 Jun, 2025·2 min read
    • वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि
      Investor

      वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडिNon-Banking Assets of Commercial Banks Surge by 62%, Global IME Tops the List

      वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले वृद्धि भई ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ मात्र थियो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा देखिएको छ, जसको कुल गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ५ अर्ब १२ करोड रुपैयाँ छ। तेस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। त्यस्तै, नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड र प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ।Non-Banking Assets of Commercial Banks Surge by 62%, Global IME Tops the List The non-banking assets of Nepal's commercial banks increased by 62.08% by the end of Baisakh in the current fiscal year 2081/82, reaching NPR 38.48 billion. During the same period last year, such assets stood at NPR 23.74 billion. According to data from Nepal Rastra Bank, Global IME Bank holds the highest amount of non-banking assets, totaling NPR 5.95 billion. Himalayan Bank ranks second with NPR 5.12 billion in non-banking assets.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल
      Investor

      बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोलNRB to Withdraw Rs. 60 Billion from Market via Deposit Collection on Ashadh 8

      बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार (असार ८ गते) ६० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमार्फत ४२ दिनका लागि निक्षेप संकलन बोलकबोल प्रक्रियाबाट सो रकम संकलन गरिनेछ । यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरको आधारमा पनि बहुबोलकबोल गर्न सकिनेछ । आवेदन दिने क्रममा संस्थाले निक्षेपको रकम र ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । बोलकबोलका लागि आवेदन राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आज अपरान्ह ३ बजेभित्र दिइसक्नुपर्नेछ ।NRB to Withdraw Rs. 60 Billion from Market via Deposit Collection on Ashadh 8 With excess liquidity in the market, Nepal Rastra Bank (NRB) is set to withdraw up to Rs. 60 billion today, Sunday (Ashadh 8), through a 42-day deposit collection auction. According to the Monetary Management Department of NRB, the funds will be collected using the deposit collection instrument. Only licensed “A”, “B”, and “C” class banks and financial institutions are eligible to participate in the auction. The bidding must be submitted on an interest rate basis, and multiple bids with multiple rates are allowed. Applicants must clearly specify the amount and interest rate (up to four decimal places) they are offering. All bids must be submitted through NRB’s Online Bidding System Software by 3:00 PM today. The minimum bid amount is Rs. 100 million and can be increased in multiples of Rs. 50 million, allowing for full or partial allocation. Based on the submitted bids, NRB reserves the right to accept bids totaling Rs. 60 billion, more, or less.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • AVYAN अभियान लघुवित्तले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा असार ३० गते बोलायो
      Investor

      AVYAN अभियान लघुवित्तले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा असार ३० गते बोलायोAVYAN Abhiyan Laghubitta Calls AGM on Ashadh 30 with Merger Proposal

      अभियान लघुवित्तले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा असार ३० गते बोलायो अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा यही असार ३० गते मध्यान्ह १२:30 बजे ताम्राकार पार्टी भेन्यु, पनौतीमा बस्नेछ । सभामा उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण कार्य गर्न तथा आवश्यक परेमा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पेश गरिनेछ । यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिएको छ । सभाले अघिल्लो आर्थिक वर्षका सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्नेछ । त्यसैले असार १५ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।Abhiyan Laghubitta Calls AGM on Ashadh 30 with Merger Proposal Abhiyan Laghubitta Bittiya Sanstha Limited has announced its upcoming Annual General Meeting (AGM) along with a merger proposal. The meeting is scheduled for Ashadh 30 at 12:30 PM at Tamrakar Party Venue, Panauti. The AGM will propose granting authority to the Board of Directors to initiate necessary procedures for a potential merger with a suitable microfinance institution and to amend the company’s Memorandum and Articles of Association if required. The company has decided not to distribute any dividends to shareholders this year. The AGM will also review and approve the financial statements of the previous fiscal year and appoint an auditor for the current fiscal year along with determining their remuneration.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • GBLBS ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर  हुने
      Investor

      GBLBS ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुनेMerger to Take Place Between GBLBS Grameen Bikas Laghubitta and Samaj Laghubitta Bittiya Sanstha Limited

      ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्तावसहित १०औं वार्षिक साधारणसभा आह्वान गरेको छ । असार ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा असार २८ गते बिहान ११ बजे बुटवलस्थित संस्थाको प्रधान कार्यालयमा गर्ने निर्णय गरेको हो । सभामा विशेष प्रस्तावअन्तर्गत ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढाउने प्रस्ताव पेश हुनेछ । मर्जरपछि दुवै संस्थाबीच १ः१ को अनुपातमा शेयर आदानप्रदान गरिनेछ । हाल ग्रामीण विकास लघुवित्तको जारी तथा चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ । मर्जरपश्चात् शेयर संरचनामा परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।Grameen Bikas Laghubitta Calls 10th AGM on Ashadh 28 with Merger Proposal on Agenda Butwal – Grameen Bikas Laghubitta Bittiya Sanstha Limited has announced its 10th Annual General Meeting (AGM) with a merger proposal on the agenda. The decision was made during a board meeting held on Ashadh 5. The AGM will take place on Ashadh 28 at 11 AM at the company's head office in Butwal. Under the special resolution, the AGM will consider and approve the proposed merger between Grameen Bikas Laghubitta and Samaj Laghubitta Bittiya Sanstha Limited. The merger will proceed with a 1:1 share swap ratio based on the evaluation of assets and liabilities.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • (ALICL) एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
      Top

      (ALICL) एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने(ALICL) Asian Life Insurance to Issue 42% Right Shares from Ashadh 25

      (ALICL) एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने (ALICL) एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हाल कायम चुक्तापुँजीको अनुपातमा १ः०.४२ अर्थात् ४२ प्रतिशत हकप्रद शेयर निष्कासनको स्वीकृति पाइसकेको छ । यसअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।(ALICL) Asian Life Insurance to Issue 42% Right Shares from Ashadh 25 (ALICL) Asian Life Insurance Company Limited is set to issue 42% right shares starting from Ashadh 25. The company has already received approval from the Securities Board of Nepal (SEBON) to issue the shares at a 1:0.42 ratio based on its current paid-up capital. Accordingly, the company will be issuing a total of 14,279,312.48 right shares at a face value of NPR 100 per share. For the purpose of this issuance, the company had already conducted its book closure on Jestha 16. Therefore, only shareholders who held shares until Jestha 14 will be eligible to apply for the right shares. The application period will remain open until Shrawan 13 during banking hours.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयर कारोबार खुला
      Investor

      दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयर कारोबार खुलाDordi Khola Hydropower’s Promoter Shares Now Tradable in Secondary Market

      दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयर कारोबार खुला दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर आज आइतबार (असार ८ गते)देखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीको तीन वर्षे लकइन अवधि हिजो शनिबार (असार ७ गते) समाप्त भएपछि नेप्सेमा सेयर किनबेचको अनुमति खुलेको हो । कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लकइन अवधि सकिएको छ । यसमध्ये ७५ लाख ९० हजार ६७५ कित्ता सेयर संस्थापक समूहका, ७ लाख ५६ हजार ४२० कित्ता आयोजना प्रभावित स्थानीयका, र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारी स्वामित्वका रहेका छन् ।Dordi Khola Hydropower’s Promoter Shares Now Tradable in Secondary Market Promoter shares of Dordi Khola Jalvidhyut Company Limited have become tradable in the secondary market starting today, Sunday (Ashadh 8). The three-year lock-in period ended yesterday, Saturday (Ashadh 7), allowing these shares to be bought and sold on NEPSE. A total of 8,412,960 shares have come out of the lock-in restriction. Among them, 7,590,675 shares belong to the promoter group, 756,420 shares to project-affected locals, and 65,865 shares to company employees.

      NEPSE TRADING·22 Jun, 2025·1 min read
    • रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति अपरिहार्य : योजना आयोग सदस्य श्रेष्ठ
      Top

      रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति अपरिहार्य : योजना आयोग सदस्य श्रेष्ठMonetary Policy Must Support Real Sector Expansion: NPC Member Dr. Shrestha

      रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति अपरिहार्य : योजना आयोग सदस्य श्रेष्ठ काठमाडौं, असार ६ – राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले रियल सेक्टरको विस्तारलाई प्राथमिकतामा राख्ने गरी आगामी मौद्रिक नीति आउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नविल बैंकको सहकार्यमा सुरु भएको दुईदिने "एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट" कार्यक्रममा बोल्दै डा. श्रेष्ठले आर्थिक समृद्धिका लागि वास्तविक क्षेत्र (रियल सेक्टर) को विकास अनिवार्य भएको स्पष्ट पारे। उनका अनुसार अहिलेको आर्थिक शिथिलताले बैकिङ प्रणालीमा समेत असर पारेको छ। “रियल सेक्टर विस्तार हुन नसक्दा बैंकमा पनि असर देखिन थालेको छ,” उनले भने, “यसकारण वास्तविक क्षेत्रको विस्तारमार्फत अर्थतन्त्रमा गतिशीलता ल्याउनुपर्ने बेला आएको छ।”Monetary Policy Must Support Real Sector Expansion: NPC Member Dr. Shrestha National Planning Commission (NPC) Member Dr. Prakash Kumar Shrestha has emphasized the need for a real sector-oriented monetary policy in the upcoming fiscal year. Speaking at the inaugural session of a two-day "Advanced Banking Training for Economic Journalists" organized by Nepal Economic Journalists Society (NAFIJ) in collaboration with Nabil Bank, Dr. Shrestha stated that real sector expansion is essential for sustainable economic prosperity.

      NEPSE TRADING·20 Jun, 2025·1 min read
    • एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज
      Investor

      एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहजNepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR

      एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज अब गैरआवासीय नेपाली (एनआरएन)हरूले नेपाली रुपैयाँमै नेपालका इन्भेष्टमेन्ट कम्पनीमा शेयर आवेदन दिन र लगानी तथा मुनाफा सहजै फिर्ता लैजान सक्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै यस्तो सहजता ल्याएको हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन ऐन, २०१९ को दफा १०(क) अनुसार विनियमावली २०७८ मा आवश्यक संशोधन गरेको जनाएको छ। अब एनआरएनले इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिद गर्न विदेशी लगानी स्वीकृतिपूर्व नै रकम नेपाल ल्याउन सक्नेछन्। स्वीकृति पछि मात्र लगानी प्रक्रिया अघि बढ्ने हो भन्ने अड्चन अब हटेको छ। संशोधनअनुसार, एनआरएनहरूले नेपाली बैंकमा नेपाली रुपैयाँमै खाता खोली त्यही खाताबाट आईपीओ आवेदन दिन सक्नेछन्। यसअघि विदेशी मुद्रामै खाता खोल्नुपर्ने र लगानी गर्नुपर्ने जटिलता हटाइएको छ। यससँगै एनआरएनहरूको १० अर्ब चुक्ता पुँजीमा आधारित एनडीएफ (NRN Development Fund) मार्फत ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन बाटो खुलेको छ।Nepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR Non-Resident Nepalis (NRNs) can now invest in Nepal's capital market using Nepali Rupees (NPR), with the ability to repatriate both their investment and earnings more conveniently. Nepal Rastra Bank (NRB) has amended the "Foreign Investment and Foreign Loan Management Regulations" for the fourth time, easing the rules for NRNs to apply for shares in investment companies. On Wednesday, the Foreign Exchange Management Department of NRB issued a notice outlining the amendments made under Section 10(a) of the Foreign Exchange Regulation Act, 2019. Under the revised provisions, NRNs are now allowed to transfer investment funds into their accounts in Nepal even before obtaining official investment approval, provided approval is acquired subsequently. This change removes a major barrier that previously restricted NRN participation.

      NEPSE trading ·19 Jun, 2025·2 min read
    • ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबा
      Investor

      ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबाHistoric Capital Gains Tax Collection: Over NPR 15 Billion in 11 Months, Traders Dominate the Market

      ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबा चालु आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट संकलन हुने पुँजीगत लाभकरमा ऐतिहासिक वृद्धि भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार, जेठ महिनासम्म मात्रै १५ अर्ब ३० करोड ९८ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भइसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संकलन हो । विश्लेषकहरूले यो संख्यालाई “रेकर्ड ब्रेकर” भन्दै व्याख्या गरिरहेका छन् । असार महिनाको कारोबार अझै बाँकी रहेको हुँदा यो वर्षको अन्तिम संकलन अझै माथि जाने प्रक्षेपण गरिएको छ ।Historic Capital Gains Tax Collection: Over NPR 15 Billion in 11 Months, Traders Dominate the Market In the current fiscal year 2081/82 (2024/25), Nepal has witnessed a historic rise in capital gains tax (CGT) collected from stock market transactions. According to the CDS and Clearing Limited (CDSC), over NPR 15.30 billion has already been collected by the end of Jestha (11th month)—the highest CGT collection in Nepal’s stock market history. With the data from Asadh (final month) still pending, the final figure is expected to rise further, potentially setting a new all-time record in stock market revenue contribution to the government.

      NEPSE TRADING·18 Jun, 2025·1 min read
    • नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप
      Investor

      नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप Pressure in Buying: NEPSE Declines Again but Select Stocks Show Bullish Trend, Retail Investors Still Hesitant

      नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप बुधबार सेयर बजार सूचक नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। अघिल्लो दिनको सामान्य गिरावटपछि आज पनि बजार ओरालो लागेपछि लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन्। खुद्रा लगानीकर्ता अझै बजारप्रवेश गर्न हिच्किचाइरहेका छन् भने केही कम्पनीमा भने ‘बुल रन’ जस्तै उकालो देखिएको छ। बजार विश्लेषकले यस्ता कम्पनीहरूमा अपरेटरको संलग्नता रहेको आशंका समेत व्यक्त गरेका छन्। यद्यपि, नेप्से परिसूचक घटे पनि आजको कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। कुल ३१४ कम्पनीका २ करोड ३४ लाख कित्ता सेयर ७८ हजार पटकभन्दा बढी किनबेच हुँदै ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ।Pressure in Buying: NEPSE Declines Again but Select Stocks Show Bullish Trend, Retail Investors Still Hesitant On Wednesday, the NEPSE index fell by 1.07 points, closing at 2,653.68. After a mild drop the previous day, this continued decline has left retail investors hesitant to re-enter the market. According to analysts, retail participants are still cautious, while some stocks are showing a bullish trend — raising concerns about operator involvement in those counters. Despite the index decline, trading volume saw a notable rise. A total of 314 companies saw transactions involving 23.4 million shares traded in over 78,000 transactions, resulting in a turnover of NPR 9.08 billion — significantly higher than the previous day’s NPR 7.5 billion.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी
      Investor

      महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी Women Entrepreneur Loans Cross NPR 62 Billion

      महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी महिलाको आर्थिक सशक्तिकरणका लागि सरकारले सुरु गरेको ‘महिला उद्यमशील कर्जा’ कार्यक्रम विस्तार हुँदै गएको देखिए पनि फिर्तीको अवस्था भने कमजोर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। २०८२ सालको बैशाख मसान्तसम्ममा ६० हजार ९३७ महिलाले कर्जा लिएका छन्। उनीहरूले लिएको कर्जाको कूल रकम ६२ अर्ब २१ करोड रुपैयाँ नाघिसकेको छ। योजनामार्फत कर्जा लिएका मध्ये थुप्रै महिलाले व्यवसाय विस्तारमा लगानी गरेको दाबी गरे पनि २३ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा हालसम्म फिर्ता नभएको पाइएको छ। बाँकी कर्जाको अनुपात ३७.८७ प्रतिशत पुगेको छ, जुन खासै सन्तोषजनक छैन। यसले योजनाको प्रभावकारिता र दिगोपनमाथि प्रश्न उठाएको छ।Women Entrepreneur Loans Cross NPR 62 Billion The government’s flagship Women Entrepreneur Loan Scheme, introduced to economically empower women through subsidized financing, has seen a sharp rise in participation. According to Nepal Rastra Bank, as of the end of Baisakh 2082, a total of 60,937 women have accessed the scheme, with cumulative loan disbursements exceeding NPR 62.21 billion. While the program’s reach is expanding, concerns are growing over loan recovery. Data shows that more than NPR 23.56 billion, or 37.87 percent of the total approved loans, remains unpaid. The rising outstanding amount has raised serious questions about the scheme’s long-term effectiveness and repayment discipline.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा :  ५५९ जनाले लिए ४५ करोडभन्दा बढी
      Investor

      वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा : ५५९ जनाले लिए ४५ करोडभन्दा बढी Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unrecovered

      वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा : ५५९ जनाले लिए ४५ करोडभन्दा बढी कर्जा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने भन्दै सरकारले सुरु गरेको ‘फर्किएका युवा परियोजना कर्जा’ कार्यक्रम कागजमै सीमित देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभर ५५९ जना फर्किएका युवाले कर्जा लिएका छन्। तर, योजना लागू भएको लामो समय बितिसक्दा पनि बाँकी कर्जा फिर्तीको अवस्था कमजोर देखिएको छ।Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unrecovered The government’s flagship program aimed at helping returnee migrant workers reintegrate into the national economy appears to be losing momentum. According to data published by Nepal Rastra Bank, a total of 559 returnees have received loans under the Returnee Youth Enterprise Loan Scheme as of the end of Baisakh 2082. However, despite the policy intent, repayment progress remains weak. The data shows that NPR 454.39 million has been disbursed so far, but a worrying NPR 132.9 million, or 29.3 percent, of the total loaned amount remains outstanding. This figure has raised concerns over the sustainability and monitoring of a program designed to convert foreign experience into local entrepreneurship.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • शिक्षित युवा स्वरोजगार कर्जा :  ३६ लाख रुपैयाँ  वितरण, ७५ जना युवाहरूले लिए कर्जा
      Investor

      शिक्षित युवा स्वरोजगार कर्जा : ३६ लाख रुपैयाँ वितरण, ७५ जना युवाहरूले लिए कर्जा Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered

      २०८२ बैशाखसम्म शिक्षित युवा स्वरोजगार कर्जामा ३६ लाख रुपैयाँभन्दा बढी वितरण, ३० प्रतिशतभन्दा बढी अझै फिर्ता आउन बाँकी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले शिक्षित युवा स्वरोजगार कर्जा योजना अन्तर्गत कुल ३६ लाख २२ हजार रुपैयाँ (रु ३६,२२३ हजार) कर्जा स्वीकृत गरेका छन्। यस योजनामा हालसम्म ७५ जना शिक्षित बेरोजगार युवाहरूले कर्जा लिएका छन्। योजना विशेषगरी स्वरोजगार तथा साना उद्यम स्थापना गर्न चाहने युवालाई लक्षित गरी ल्याइएको हो। यस योजनाअन्तर्गत ‘क’ वर्गका बैंकहरू अग्रणी देखिएका छन्, जसले ६६ जना युवालाई ३० लाख ३२ हजार रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। सो मध्ये १० लाख ५९ हजार रुपैयाँ फिर्ता आउन बाँकी छ। यस्तै, ‘ख’ वर्गका बैंकहरूले ९ जनालाई ५ लाख ९० हजार रुपैयाँ कर्जा दिएका छन्, जसमा ९७४ हजार रुपैयाँ बाँकी रहेको छ। ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले यो योजनामा कुनै सहभागिता जनाएका छैनन्।Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered Launched to steer educated but unemployed youths toward self-employment, the government's Educated Youth Self-Employment Loan program remains confined to a limited scale even after years of implementation. As per the latest data released by Nepal Rastra Bank, only 75 individuals have received loans under the scheme as of the end of Baisakh 2082, with a total disbursement of just NPR 36.22 million.

      NEPSE TRADING·18 Jun, 2025·2 min read