
माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ देखि आईपीओ निष्कासन गर्दैMabilung Energy Ltd. to Issue IPO from Ashar 22 for Project-Affected Locals and Nepalis Working Abroad
माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ देखि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दै माबिलुङ्ग इनर्जी लिमिटेडले आइतबार असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। कम्पनीले कुल जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ करोड ९० लाख ५३ हजार रुपैयाँ मूल्यका १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। यस अन्तर्गत पहिलो चरणमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि जारी गरिनेछ। सो आवेदन संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाहरूले दिन सक्नेछन्।Mabilung Energy Ltd. to Issue IPO from Ashar 22 for Project-Affected Locals and Nepalis Working Abroad Mabilung Energy Limited is set to issue its Initial Public Offering (IPO) from Ashar 22 (July 6) targeting project-affected locals and Nepali citizens currently employed abroad. The company has received approval to issue 18,90,530 shares, equivalent to 48.9998% of its total issued capital of Rs. 385.824 million. The IPO will be issued in phases, starting with local residents of the affected areas and Nepalis with foreign employment permits. In the first phase, the company will issue 385,824 shares at a face value of Rs. 100 per share, amounting to Rs. 38.5824 million, specifically for locals of the project-affected areas. Eligible applicants must be permanent residents of Madi Municipality Wards 7, 8, and 9, and Chainpur Municipality Wards 2, 3, 7, 8, and 9 in Sankhuwasabha District.


















