NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 153 / 234Next
    • इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त
      Investor

      इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्तGyani Shwar Pant Appointed as CEO of Infinity Laghubitta

      इन्फिनिटी लघुवित्तमा ज्ञानीश्वर पन्त प्रमुख कार्यकारी अधिकृत नियुक्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्री ज्ञानीश्वर पन्तलाई प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त गरेको छ। २०८२ साल जेठ २४ गते शनिबार बिहान १० बजे बसेको सञ्चालक समितिको ११५औं बैठकको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो। पन्तको नियुक्ति २०८२ जेठ २५ गतेदेखि लागू हुने र उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ। यसअघि उनी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। उक्त नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लगायत सरोकारवाला निकायहरूलाई पठाइएको छ। कम्पनीका सचिवको रूपमा श्री ज्ञानीश्वर पन्तले नै उक्त जानकारी सार्वजनिक गरेका हुन्।Gyani Shwar Pant Appointed as CEO of Infinity Laghubitta Mr. Gyani Shwar Pant has been appointed as the Chief Executive Officer (CEO) of Infinity Laghubitta Bittiya Sanstha Ltd. The appointment was made during the 115th board meeting of the financial institution held on Jestha 24, 2082 (Saturday) at 10:00 AM. Previously serving as the Deputy CEO, Mr. Pant will now take over as the Chief Executive Officer for a term of four years, effective from Jestha 25, 2082. The institution has officially communicated the appointment to relevant regulatory bodies, including the Nepal Stock Exchange (NEPSE), Securities Board of Nepal (SEBON), Nepal Rastra Bank, Office of the Company Registrar, CDS & Clearing Ltd., and Laxmi Sunrise Capital Ltd. The announcement was made public by the company secretary—Mr. Gyani Shwar Pant himself.

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
      Investor

      माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयनMaya Khola Hydropower Concludes AGM, Elects New Board of Directors

      माया खोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन काठमाडौं, जेठ २५ – माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सातौं तथा आठौं वार्षिक साधारणसभा जेठ २३ गते, शुक्रबार सम्पन्न भएको छ। उक्त साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरू निर्वाचित भएका छन्।Maya Khola Hydropower Concludes AGM, Elects New Board of Directors Maya Khola Hydropower Company Limited successfully conducted its 7th and 8th Annual General Meetings (AGMs) on Jestha 23, 2082 (Friday). During the meetings, the company elected a total of six board members, with four from the promoter group and two from the general public shareholders group, in accordance with the company’s regulations.

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्त
      Investor

      सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्तKamala Bagale Appointed as Independent Director of Siddhartha Bank

      सिद्धार्थ बैंकमा कमला बाग्ले स्वतन्त्र सञ्चालक नियुक्त सिद्धार्थ बैंक लिमिटेडले श्रीमती कमला बाग्लेलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको २०८२ साल जेठ २३ गते अपरान्ह ३:३० बजे बसेको ४५२औं बैठकले उक्त निर्णय गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, साथै बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ र बैंकको आन्तरिक नियमावलीअनुसार कमला बाग्लेलाई चार वर्षको कार्यकालका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो। श्रीमती बाग्ले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०४२ साल माघ २८ गते जारी नागरिकता प्रमाणपत्र नं. ३६ को आधारमा नियुक्त भएको उल्लेख छ। उक्त नियुक्तिको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई औपचारिक रूपमा पठाइएको छ। सिद्धार्थ बैंकका कम्पनी सचिव ब्रह्मण घिमिरेद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त सूचना सार्वजनिक गरिएको Kamala Bagale Appointed as Independent Director of Siddhartha Bank Siddhartha Bank Limited has appointed Ms. Kamala Bagale as an independent director of the bank. The decision was made during the 452nd meeting of the bank's Board of Directors held on Jestha 23, 2082 (Nepali calendar) at 3:30 PM. The appointment has been made in accordance with the Bank and Financial Institutions Act, 2073, the Companies Act, 2063, the Regulation on Minimum Qualification and Experience for Directors of Bank and Financial Institutions, 2074, and the internal policies of the bank.

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो
      Investor

      समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्योMerger Agreement Approved Between Samaj Laghubitta and Grameen Bikas Laghubitta

      समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तको मर्ज प्रक्रिया अघि बढ्यो समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पत्र पठाउँदै आफ्नो संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने (मर्ज) प्रक्रियाको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको जानकारी गराएको छ। नेपाल राष्ट्र बैंकले २०८२/०२/२२ मा पठाएको पत्रको आधारमा दुवै संस्थाले मर्ज प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन्। अबको प्रक्रियामा यथासम्भव दुवै संस्थाको शेयर मूल्यांकन, समायोजन योजना, नयाँ नाम र सञ्जाल निर्धारणको काम अघि बढ्नेछ। यस सूचनालाई नेपाल स्टक एक्सचेञ्जका साथै नेपाल राष्ट्र बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, ग्लोबल आइएमई क्यापिटल, कम्पनी रजिष्ट्रार कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइएको Merger Agreement Approved Between Samaj Laghubitta and Grameen Bikas Laghubitta Samaj Laghubitta Bittiya Sanstha Limited has officially notified the Nepal Stock Exchange (NEPSE) that it has received in-principle approval from Nepal Rastra Bank for a merger with Grameen Bikas Laghubitta Bittiya Sanstha Limited. The approval, as stated in the letter from Nepal Rastra Bank dated 2082/02/22 (Nepali calendar), clears the way for both institutions to initiate the merger process. The two microfinance institutions are preparing to proceed with steps such as share valuation, merger ratio finalization, determining the new institution’s name, and operational strategy. The formal communication has been dispatched to various concerned stakeholders including NEPSE, CDS and Clearing Ltd., Global IME Capital, the Office of Company Registrar, and the relevant divisions within Nepal Rastra Bank.

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब!
      Investor

      नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब!Nepal's Commercial Bank CEOs Earn Multi-Crore Salaries!

      नेपालका व्यावसायिक बैंकका CEO हरुको करोडौँ तलब! नेपालका व्यावसायिक बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (CEO) हरुको वार्षिक तलब करोडौँ रुपैयाँमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तलबको आधारमा सबैभन्दा अगाडि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका CEO गोरखा राणा छन्, जसले वार्षिक ८.५ करोड रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका CEO ज्योति प्रकाश पाण्डे को तलब ४.१२ करोड, प्रभु बैंकका CEO अशोक शेरचन को तलब ३.९४ करोड, र NIC एशिया बैंकका CEO रोशन कुमार न्यौपाने को तलब २.९८ करोड रुपैयाँ रहेको छ। यसैक्रममा, NMB बैंकका CEO सुनिल केसी को तलब २.४१ करोड र नेपाल बैंक लिमिटेडका CEO ज्ञानेन्द्र प्रसाद ढुंगाना को तलब २.३६ करोड रुपैयाँ रहेको छ।Nepal's Commercial Bank CEOs Earn Multi-Crore Salaries! The annual salaries of Chief Executive Officers (CEOs) of Nepal's top commercial banks have been revealed, showing figures in multiple crores of Nepali rupees. Topping the list is Gorakha Rana, CEO of Standard Chartered Bank Nepal, with a staggering annual salary of NPR 8.5 crore. Following him is Jyoti Prakash Pandey, CEO of Nepal Investment Mega Bank, earning NPR 4.12 crore. Ashok Sherchan, CEO of Prabhu Bank, takes home NPR 3.94 crore, while Roshan Kumar Neupane of NIC Asia Bank receives NPR 2.98 crore annually.

      NEPSE trading ·8 Jun, 2025·1 min read
    • आर्थिक ऐन २०८२/८३ अन्तर्गत सरकारद्वारा कर दरहरू संशोधन
      Top

      आर्थिक ऐन २०८२/८३ अन्तर्गत सरकारद्वारा कर दरहरू संशोधनGovernment Revises Tax Rates Under New Finance Act for FY 2082/83

      नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि आर्थिक ऐनमार्फत नयाँ कर दरहरु लागू गरेको छ। प्रमुख बुँदाहरू यसप्रकार छन्: १०% दूरसञ्चार सेवा शुल्क मोबाइल, टेलिफोन र इन्टरनेट सेवामा। २% डिजिटल सेवा कर विदेशी सेवा प्रदायकबाट हुने डिजिटल सेवामा (३ लाखसम्म र व्यवसायिक डिजिटल सेवा मा छुट)। १% वैदेशिक रोजगार सेवा कर रोजगार सेवा प्रदायक कम्पनीबाट। १५% देखि २०% फिल्म विकास कर विदेशी चलचित्र र केबिन शोहरूमा। सडक मर्मत कर: पेट्रोलमा लिटरको NPR ४, डिजेलमा NPR २। प्रदूषण नियन्त्रण कर: पेट्रोल तथा डिजेलमा प्रति लिटर Rs. १.५।The Government of Nepal has revised several tax provisions in the Finance Act for FY 2082/83. Key highlights include: 10% Telecommunication Service Fee on services like mobile, telephone, and internet. 2% Digital Service Tax on foreign digital service providers (with exemptions up to NPR 3 million and B2B digital interfaces). 1% Foreign Employment Service Tax on recruitment service providers. 15%-20% Film Development Tax on foreign movies and cabin screenings. Road Repair Tax: NPR 4/liter on petrol, NPR 2/liter on diesel at import. Pollution Control Tax: Rs. 1.5/liter on petrol and diesel. Telephone Ownership Fee: Rs. 500 per user; 2% on SIM and recharge cards

      Nepsetrading·7 Jun, 2025·1 min read
    • बजेट २०८२/८३ मा सामान्य कर दरमा व्यापक संशोधन: इन्धन, सुर्ती, शिक्षा र हरित करमा परिवर्तन
      Top

      बजेट २०८२/८३ मा सामान्य कर दरमा व्यापक संशोधन: इन्धन, सुर्ती, शिक्षा र हरित करमा परिवर्तनNepal Revises General Tax Rates in Fiscal Budget 2082/83: Fuel, Tobacco, Education, and Green Levies Adjusted

      आर्थिक वर्ष २०८२/८३ को बजेटमा नेपाल सरकारले सामान्य कर दरमा महत्वपूर्ण परिवर्तन घोषणा गरेको छ। स्वास्थ्य जोखिम कर अन्तर्गत बिडीमा प्रति सिगरेट ३० पैसा, सिगरेट तथा सिगारमा ६० पैसा, र खैनी, सुर्ती, गुटखा आदिमा प्रति केजी ६० रुपैयाँ कर निर्धारण गरिएको छ। पूर्वाधार विकासका लागि पेट्रोल र डिजेलको आयातमा प्रति लिटर १० रुपैयाँ कर लाग्ने भएको छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले विदेशी मुद्रा साट्दा अब ३% सेवा शुल्क तिर्नुपर्नेछ। पर्यावरणीय सन्तुलनका लागि हरित कर लागू गरिएको छ जसअन्तर्गत कोइला, पेट्रोलियम पदार्थ र अन्य तेलमा प्रति किलो वा लिटर ०.५ देखि १ रुपैयाँ कर लाग्नेछ। क्यासिनोहरूले पनि अब उच्च रोयल्टी तिर्नुपर्नेछ — सामान्य क्यासिनोले वार्षिक ५ करोड र मेसिन चल्ने क्यासिनोले १.५ करोड रुपैयाँ तिर्नुपर्नेछ।In the fiscal year 2082/83 budget, the Government of Nepal has announced major changes in general tax rates. Health risk taxes on tobacco products have increased, with bidi taxed at 30 paisa per stick, and cigarettes, cigars at 60 paisa. Khaini, surti, pan masala, and gutkha are now taxed at NPR 60 per kg. The government introduced an infrastructure development tax of NPR 10 per liter on imported petrol and diesel. Additionally, a 3% education service fee will be charged on foreign currency exchanged by students going abroad. To promote sustainability, a Green Tax has been levied—ranging from NPR 0.5 to 1 per kg/liter—on coal, petroleum products, and oils. Casinos will also pay higher royalties, with NPR 50 million annually for general casinos and NPR 15 million for machine-operated ones, with staggered payment deadlines. These reforms aim to enhance revenue, promote public health, and align with environmental and developmental goals.

      Nepsetrading·7 Jun, 2025·2 min read
    • नेपाल सरकारको आ.व. २०८२/८३ (२०२५/२६) को बजेटका प्रमुख बुँदाहरू
      Top

      नेपाल सरकारको आ.व. २०८२/८३ (२०२५/२६) को बजेटका प्रमुख बुँदाहरूNepal Government Budget Highlights for Fiscal Year 2082/83 (2025/26)

      थप रूपमा, खाद्यान्नमा अग्रिम कर हटाउने, भूमि बैंक विस्तार गर्ने, सहकारी निक्षेप सुरक्षा, दुरुपयोग भएको कोषको फिर्ता व्यवस्था, निर्यात उद्योगलाई बन्डेड गोदाम सुविधा र उद्योगसम्बन्धी सेवाहरूलाई एकद्वार प्रणालीबाट प्रविधिमैत्री बनाउने योजना पनि बजेटमा समावेश छन्।The Government of Nepal has announced a total budget of NPR 1,964.11 billion for FY 2082/83, with a major focus on boosting employment, startups, public health, agriculture, and digital transformation. Key initiatives include increased Dearness Allowance, tax exemptions for EV industries and startups, 3% concessional startup loans, VAT exemption on e-payments, and plans to sell 30% of Nepal Telecom's shares. Additional reforms include removal of advance tax on essentials, land bank expansion, cooperative deposit protection, and new policies to recover misused cooperative funds. The government also plans to modernize industry-related services with a one-stop digital system and support export industries with bonded warehouse facilities.

      Nepsetrading·7 Jun, 2025·5 min read
    • बाफिया संसोधन विधेयकबाट किन तर्सेको ?
      Investor

      बाफिया संसोधन विधेयकबाट किन तर्सेको ?Why is there fear regarding the proposed amendments in the Banking and Financial Institution Act (BAFIA)?

      “बैंकर” र “व्यवसायी” छुट्याउन खोजेको दुई वटा दफाहरु यहाँ चर्चा गरेको छुः पहिलो हो दफा ५२ (१) - यस दफामा भनिएको छः “बैक तथा वित्तीय संस्थाले आफुसंग सम्बध्द व्यक्ति वा कुनै बैकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न पाउने छैन।” यस दफामा प्रयोग भएका तीन वटा शव्दहरुमा यहाँको ध्यान आकर्षण गर्दछु- “आफुसंग”, व्यक्ति र “बैंक” दफा २ मा भएको परिभाषा हेर्दा “बैक” भनेको बाणिज्य बैंक र पूर्वाधार विकास बैंक हो! परिभाषा अनुसार “सम्बध्द व्यक्ति” मा प्रयोग भएको “व्यक्ति” को अर्थ अनुसार प्राकृतिक र कृत्रिम व्यक्ति अर्थात् व्यक्ति तथा संस्था / कम्पनी दुवै पर्दछन भने “उल्लेख्य स्वामित्व” भएको वाक्यांशमा प्रयोग भएको “व्यक्ति” प्राकृतिक व्यक्ति मात्र हो र यस्ले संस्था / कम्पनीलाई समेट्दैन।Why is there fear regarding the proposed amendments in the Banking and Financial Institution Act (BAFIA)? Two sections that seek to distinguish between "bankers" and "businesspeople" have been discussed here: The first is Section 52(1), which states: "A bank or financial institution shall not provide any loan or facility to a person who has a significant ownership in the bank or financial institution or to a related party." The key terms in this section are "related," "person," and "bank." According to the definition in Section 2, "bank" refers to commercial banks and infrastructure development banks. The definition of "related person" includes both natural persons (individuals) and legal persons (companies and institutions). However, the term "significant ownership" refers only to natural persons, not institutions. Therefore, according to the proposed amendment, a bank or financial institution cannot provide loans or facilities to a related person or institution. However, such related persons or institutions may still borrow from other banks and financial institutions. The current law does not contain the term "related," and the proposed amendment clarifies this by making the provision more liberal. This change does not appear to have any significant impact.

      Parshuram Kunwar Chhetri ·6 Jun, 2025·2 min read
    • नेपालमा बीमाको पहुँच नयाँ रेकर्डमा: ४७.३९ प्रतिशत नागरिकमा पुग्यो
      Investor

      नेपालमा बीमाको पहुँच नयाँ रेकर्डमा: ४७.३९ प्रतिशत नागरिकमा पुग्योInsurance Penetration Reaches 47.39% in Nepal

      नेपालमा बीमाको पहुँच हालसम्मकै उच्च ४७.३९ प्रतिशत नागरिकमा पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, बैशाख मसान्तसम्म बीमाको पहुँच २.७५ प्रतिशतले वृद्धि भएको हो। यसअघि गत चैत मसान्तमा ४४.६४ प्रतिशतको रेकर्ड थियो। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख हटाउँदा १६.७७ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ, भने वैदेशिक रोजगार जीवन बीमालेख बाहेक ३९.३१ प्रतिशत नागरिकमा बीमा पहुँच पुगेको छ। सक्रिय जीवन बीमालेखको संख्या १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ। बीमाशुल्क संकलनमा १५.५५ प्रतिशतको वृद्धि हुँदै चालु वर्षको बैशाख मसान्तसम्म १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ संकलन भएको छ। बीमा क्षेत्रको विकासमा लघुबीमा कम्पनीहरूको आगमन र बीमा प्राधिकरणको स्थानीय स्तरमा गरिएको कार्यक्रमले योगदान पुर्याएको छ।Insurance Penetration Reaches 47.39% in Nepal Insurance penetration in Nepal has reached an all-time high of 47.39%, according to the latest data from the Insurance Board of Nepal. This marks a 2.75% increase from the previous record of 44.64% set in the month of Chait. Excluding group, short-term, and foreign employment life insurance policies, insurance coverage has reached 16.77% of the population, while without foreign employment life insurance, the penetration stands at 39.31%. The number of active life insurance policies has reached 15.3 million. The collection of life insurance premiums has increased by 15.55%, totaling NPR 140.35 billion as of the end of Baishakh. The expansion of microinsurance companies and initiatives by the Insurance Board at the local level have played a significant role in this growth.

      NEPSE trading ·6 Jun, 2025·1 min read
    • विश्वव्यापी अनिश्चितताको सामना गर्न ईसीबीद्वारा पुनः ब्याजदर कटौती
      Top

      विश्वव्यापी अनिश्चितताको सामना गर्न ईसीबीद्वारा पुनः ब्याजदर कटौतीECB Cuts Interest Rates Again to Face Global Uncertainty

      विश्वव्यापी अनिश्चितताको सामना गर्न ईसीबीद्वारा पुनः ब्याजदर कटौती युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले विश्वव्यापी अनिश्चितताको सामना गर्न आफ्नो ब्याजदर पुनः कटौती गरेको छ। ईसीबीले सातौं पटक आफ्नो प्रमुख निक्षेप दरलाई ०.२५ अङ्कले घटाउँदै दुई प्रतिशतमा झारेको हो। यस कटौतीको उद्देश्य ऋणको लागत घटाउँदै युरो क्षेत्रको अर्थतन्त्रलाई स्थिर राख्नु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर आक्रमणका कारण मूल्यमा गिरावटको दबाव सिर्जना भएको छ, जसले मुद्रास्फीतिको पूर्वानुमानलाई घटाएको छ। अब, ईसीबीको लक्ष्य मुद्रास्फीतिलाई दुई प्रतिशतको आसपासमा राख्ने रहेको छ। ईसीबी प्रमुख क्रिस्टिन लेगार्डले, अमेरिकी व्यापार युद्ध र अन्य आर्थिक अनिश्चिततासँग सामना गर्दै, युरो क्षेत्रको अर्थतन्त्रमा बढ्दो शक्तिका संकेतहरू देखिएको बताइन। उनले भने, “हामी आउँदै गरेको अनिश्चित परिस्थितिलाई नेतृत्व गर्न राम्रो स्थितिमा छौँ।”ECB Cuts Interest Rates Again to Face Global Uncertainty The European Central Bank (ECB) has once again cut its interest rates to address global uncertainty. For the seventh time, the ECB reduced its main deposit rate by 0.25 percentage points to 2%, aiming to lower the cost of borrowing and stabilize the Eurozone economy. The cut follows pressure from US President Donald Trump's tax actions, which have created downward pressure on prices, leading to a reduction in inflation forecasts. The ECB's goal is now to keep inflation near 2%.

      NEPSE trading ·6 Jun, 2025·1 min read
    • नेप्से सीईओ चिरञ्जीवी चापागाईंलाई तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाए
      Top

      नेप्से सीईओ चिरञ्जीवी चापागाईंलाई तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाएThree Investor Associations Submit Memorandum to NEPSE CEO Chiranjivi Chapagai

      नेप्से सीईओ चिरञ्जीवी चापागाईंलाई तीन लगानीकर्ता संघले ज्ञापन पत्र बुझाए नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चिरञ्जीवी चापागाईंलाई आज तीन प्रमुख लगानीकर्ता संघहरूले भेटेर ज्ञापन पत्र बुझाएका छन्। यी संघहरूले, जसमा शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघ समावेश छन्, चापागाईंको नेतृत्वको सराहना गर्दै बधाई प्रस्तुत गरेका छन्। संघहरूले यस अवसरमा पूँजी बजारको पारदर्शिता, प्रविधिमा आधारित कारोबार प्रणाली र दीर्घकालीन स्थायित्वमा उल्लेखनीय सुधारको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले भनेका छन् कि नीति स्पष्टता र प्रभावकारी नियमनले पूँजी बजारको गुणात्मक सुधारमा योगदान पुर्याउनेछ।Three Investor Associations Submit Memorandum to NEPSE CEO Chiranjivi Chapagai Today, three major investor associations—Share Investors Association Nepal, Capital Market Investors Association, and Independent Capital Market Investors Association—met with Nepal Stock Exchange (NEPSE) CEO Chiranjivi Chapagai and submitted a memorandum. On this occasion, the associations expressed their appreciation for Chapagai's leadership and conveyed their congratulations. They emphasized their expectation of significant improvements in market transparency, technology-driven trading systems, and long-term stability. According to them, clear policies and effective regulations will contribute to qualitative improvements in the capital market.

      NEPSE trading ·6 Jun, 2025·1 min read
    • नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य नयाँ उच्चतम बिन्दुमा
      Top

      नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य नयाँ उच्चतम बिन्दुमाGold Price Stable in Nepali Market, Silver Hits New Record High

      जेठ २३ गते, नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य नयाँ उच्चतम बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य २ हजार १५० रुपैयाँ प्रति तोलामा पुगेको छ, जुन अघिल्लो रेकर्डलाई तोडेर नयाँ उच्चतम मूल्यमा कारोबार भइरहेको हो।On June 23, the price of gold remained stable, while silver reached a new record high in the Nepali market. According to the Nepal Gold and Silver Business Association, the price of hallmarked gold was trading at NPR 193,700 per tola. Meanwhile, silver reached NPR 2,150 per tola, breaking its previous record and marking the highest price ever.

      NEPSE TRADING·6 Jun, 2025·1 min read
    • हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरु
      Stock

      हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरुHim Star Energy Company Limited IPO Launch

      हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ निष्काशन प्रक्रिया सुरु हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्दैछ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर स्थानीय बासिन्दाका लागि उपलब्ध गराइने छ। ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दा यस आईपीओमा आवेदन दिन सक्नेछन्।Him Star Energy Company Limited IPO Launch Him Star Energy Company Limited has announced the launch of its IPO from 30th Jestha. The company is issuing shares for the affected local residents and Nepali citizens employed abroad. The company has received approval to issue shares worth NPR 11 crore 19 lakh, which is 30% of the total capital of NPR 37 crore 30 lakh. Of this, 1 lakh 86 thousand 500 shares will be allocated to the local residents of the affected areas of Okhaldhunga and Solukhumbu districts, with a total value of NPR 1 crore 86 lakh 50 thousand. Additionally, 93 thousand 250 shares will be reserved for Nepalis working abroad. The minimum application is for 10 units, and the maximum is 10,000 units.

      Nepse trading·6 Jun, 2025·1 min read
    • प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु
      Stock

      प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरुApplication Process for Prabhu Mutual Fund’s Prabhu Systematic Investment Scheme Begins

      प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन प्रक्रिया आज, जेठ २३ गतेदेखि सुरु भएको छ। नेपाल धितोपत्र बोर्डले ४० करोड रुपैयाँको इकाइ बिक्री अनुमति दिएको छ, जसमा १० रुपैयाँ अंकित मूल्यमा ४ करोड इकाइ निष्कासन गरिनेछ।Application Process for Prabhu Mutual Fund’s Prabhu Systematic Investment Scheme Begins The application process for the Prabhu Systematic Investment Scheme under Prabhu Mutual Fund began today, 23rd Jestha. The Securities Board of Nepal has granted approval to release units worth NPR 40 crore, with a total of 4 crore units to be issued at an issue price of NPR 10 per unit.

      Nepse trading·6 Jun, 2025·1 min read
    • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर: राजनीति वृतमा हलचल
      Latest

      पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर: राजनीति वृतमा हलचलFormer Prime Minister Madhav Kumar Nepal Faces Corruption Charges: Political Circles Stirred

      पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर: राजनीति वृतमा हलचल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन्। ‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले भने। उनका अनुसार केहीबेरमा औपचारिक विज्ञप्ति जारी गरिनेछ। पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको विषयमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।Former Prime Minister Madhav Kumar Nepal Faces Corruption Charges: Political Circles Stirred The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against former Prime Minister and Chairman of the CPN Unified Socialist Party, Madhav Kumar Nepal. The commission has set a liability of NPR 185.85 million and filed the case at the Special Court on Thursday.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शन
      Investor

      इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शनIPPAN Protests: Opposition to the Government's "Take and Pay PPA" Arrangement with Black Banner Display

      इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारले बजेटमा व्यवस्था गरेको टेक एन्ड पे पीपीएको निर्णयको विरोध गर्दै काठमाडौँमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेको छ। इप्पानका प्रतिनिधिहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त निर्णयलाई ऊर्जा क्षेत्रको लागि हानिकारक र अस्वीकार्य बताएको छ। सरकारले २०८२ सालको बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनामा मात्र टेक एन्ड पे पीपीए व्यवस्था गर्ने निर्णय गरेको थियो। यस निर्णयले ऊर्जा उत्पादन र खपतको सन्तुलनमा गम्भीर असर पार्ने इप्पानको दाबी छ।IPPAN Protests: Opposition to the Government's "Take and Pay PPA" Arrangement with Black Banner Display The Independent Power Producers' Association (IPPAN) has protested the government's decision to implement a "Take and Pay" Power Purchase Agreement (PPA) for Run-of-the-River (ROR) hydropower projects by displaying black banners in Kathmandu. During a press conference held on Thursday, IPPAN representatives expressed their strong disapproval of the government's decision, arguing that it would have a detrimental impact on the energy sector. The government’s budget for the fiscal year 2082 has proposed that only ROR hydropower projects can enter into PPAs under the "Take and Pay" arrangement.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • आगामी बजेट कार्यान्वयनको तयारी सुरु
      Top

      आगामी बजेट कार्यान्वयनको तयारी सुरु Finance Ministry Begins Preparation for Next Year's Budget Implementation

      अर्थ मन्त्रालयले आगामी बजेट कार्यान्वयनको तयारी सुरु गरेको घोषणा अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको तयारी कार्य सुरु गरेको छ। मन्त्रालयमा आयोजित बैठकमा नीति, कार्यक्रम, बजेट र माइलस्टोनबीचको समन्वय गरेर कार्य योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा बजेटमा समावेश गरिएका विभिन्न कार्यक्रम र आयोजनाहरूको खरिद प्रक्रियालाई अघि बढाउन निर्देशन दिएका छन्। उनले भने, “बजेट स्वीकृत भएपछि चाँडो सम्झौता गर्न सकिने गरी तयारी गर्दा कार्यको गति बढाउन मद्दत पुग्नेछ।”Finance Ministry Begins Preparation for Next Year's Budget Implementation The Ministry of Finance has officially begun preparations for the implementation of the upcoming year's budget. A meeting held at the ministry discussed coordinating between policies, programs, budgets, and milestones to create a working plan for smooth execution. Deputy Prime Minister and Finance Minister Vishnu Prasad Paudel directed that preparations for procurement related to the various programs and projects included in the budget be accelerated. He emphasized that by preparing in advance, agreements could be made swiftly once the budget is approved, thus ensuring faster work progress.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, प्रधानमन्त्री कार्यालयको चासो
      Top

      घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, प्रधानमन्त्री कार्यालयको चासोBank Statement Made Mandatory for Real Estate Transactions, Prime Minister's Office Expresses Concern

      घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य, प्रधानमन्त्री कार्यालयको चासो घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गर्ने विभागको निर्देशनपछि प्रधानमन्त्री कार्यालयको चासो बढेको छ। घरजग्गा व्यवसायीको दबाबमा मन्त्रालय र विभागका सचिव तथा महानिर्देशकबीच छलफल भइरहेको छ। निर्देशन अनुसार, घरजग्गा खरिद बिक्री गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट प्रस्तुत गर्नु अनिवार्य हुनेछ। १० लाख भन्दा बढीको कारोबार गर्दा रजिस्ट्रेशन शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट तिर्नुपर्ने छ। एफएटीएफको दबाबपछि विभागले यो कडाइ गरेको हो, तर यसको प्रभावकारी कार्यान्वयनमा आशंका उत्पन्न भएको छ। Bank Statement Made Mandatory for Real Estate Transactions, Prime Minister's Office Expresses Concern Following the issuance of a directive making bank statements mandatory for real estate transactions, the Prime Minister's Office has shown increased concern. Discussions are underway between the ministry's secretary and the department's director general due to pressure from real estate businesses. According to the directive, both the buyer and seller must present their bank statements when completing real estate transactions. For transactions above 10 lakh, the registration fees and charges must be paid from the buyer’s bank account.

      NEPSE trading ·5 Jun, 2025·<1 min read
    • बोनस र हकप्रद शेयर वितरणपछि NLICL, NLG र BARUN का सेयर मूल्य समायोजन
      Top

      बोनस र हकप्रद शेयर वितरणपछि NLICL, NLG र BARUN का सेयर मूल्य समायोजनShare Price Adjustments for NLICL, NLG, and BARUN Following Bonus and Right Share Issuances

      NLICL, NLG र BARUN कम्पनीहरूको सेयर मूल्य हालैको बोनस र हकप्रद शेयर घोषणाका कारण समायोजन गरिएको छ। NLICL को मूल्य ५% बोनस शेयरपछि रु. ५९८.४४, NLG को मूल्य २.५०% बोनस शेयरपछि रु. ७४१.४८ र BARUN को मूल्य १००% हकप्रद शेयरपछि रु. २९०.३६ मा समायोजन गरिएको हो। यी समायोजनहरूले शेयर मूल्यमा आएको पतन र बजार सन्तुलन दर्शाउँछन्। किताब बन्द मितिभन्दा अघि शेयर होल्ड गर्ने लगानीकर्ताहरूले सम्बन्धित लाभ पाउनेछन्।The share prices of three companies—NLICL, NLG, and BARUN—have been adjusted following recent corporate actions. NLICL’s price has been revised to Rs. 598.44 after a 5% bonus share, while NLG’s adjusted price is Rs. 741.48 after a 2.50% bonus share. BARUN’s share price dropped to Rs. 290.36 due to a 100% right share issuance. These adjustments reflect dilution and maintain market accuracy. Shareholders holding stocks before book closure are eligible for the respective benefits.

      NEPSE TRADING·5 Jun, 2025·1 min read