
Popular News
Stay informed and invest with latest NEPSE news and analysis.

वाणिज्य बैंकहरूको आधार दर घट्दै, असोजमा ०.२२ प्रतिशतले गिरावट वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) असोजमा ०.२२ प्रतिशतले घटेर ७.६९ प्रतिशत कायम भएको छ। भदौ महिनामा ७.९१ प्रतिशत रहेको आधार दर यस पटक घटेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर घटेको र यसले आधार दरमा पनि कमी आएको छ।Commercial Banks' Base Rate Drops by 0.22% in October The base rate of commercial banks has decreased by 0.22% in October, bringing it down to 7.69%. In September, the base rate was 7.91%, but the excess liquidity in the banking system has led to a reduction in deposit interest rates, which in turn has contributed to the decline in the base rate.

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै पैसा खिच्न लागेको हो। आज अपराह्न ३ बजे निक्षेप संकलनको बोलकबोल हुनेछ।Nepal Rastra Bank to Withdraw NPR 50 Billion from the Banking System Today Nepal Rastra Bank (NRB) is set to withdraw NPR 50 billion from the banking system today. To manage excess liquidity, the central bank will use the deposit collection instrument to pull the money from the system. The bidding process for deposit collection will take place today at 3 PM.

विश्व बैंकको प्रक्षेपण: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकले चालु आर्थिक वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर सुधार हुँदै ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष २०२४ मा ३.९ प्रतिशत रहेको वृद्धिदरमा सुधार आउनेमा विश्व बैंक विश्वस्त देखिएको छ।World Bank's Projection: Nepal's Economic Growth Rate to Reach 5.1% in the Current Fiscal Year The World Bank has projected that Nepal's economic growth rate will improve to 5.1% in the current fiscal year 2025. The bank expressed confidence that the growth rate, which stood at 3.9% in the previous year (2024), will see an upward trend.

बुधबार सुनचाँदीको मूल्य वृद्धि आज बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य: आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार सुनको मूल्य १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य: आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको असरले स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको हो।Gold and Silver Prices Increase on Wednesday Today, Wednesday, the prices of gold and silver have risen. Gold Price: The price of gold has increased by NPR 800 per tola, reaching NPR 160,800 per tola. On Tuesday, the price of gold was trading at NPR 160,000 per tola. Silver Price: The price of silver has also increased by NPR 10 per tola, trading at NPR 1,935 per tola. According to the Nepal Gold and Silver Dealers' Association, the rise in the international market has impacted local markets, leading to an increase in gold and silver prices.

इरानले इजरायलमाथि मिसाइल आक्रमण, युद्ध चर्किने खतरा लामो समयको तनावपछि इरानले इजरायलमाथि भारी मात्रामा मिसाइल आक्रमण गरेको छ। इरानले सयौं मिसाइल प्रहार गरेपछि इजरायलको हवाई प्रतिरक्षा प्रणालीले केहीलाई नष्ट गर्न सफल भए पनि केही मिसाइल इजरायलको सैन्य तथा गैरसैन्य क्षेत्रमा पुगेको बीबीसीले जनाएको छ।Iran Launches Missile Attack on Israel, Escalating War Tensions After prolonged tensions, Iran has launched a massive missile attack on Israel. According to the BBC, while Israel's air defense systems managed to intercept some of the hundreds of missiles, several missiles reached military and civilian areas.

नुम्बुर हिमालय हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने घोषणा, साधारणसभा आह्वान नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव राख्दै कात्तिक ७ गते आफ्नो साधारणसभा आह्वान गरेको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।Numbur Himalaya Hydropower Announces IPO Issuance, Calls for General Meeting Numbur Himalaya Hydropower Limited has announced the issuance of an IPO and called for its general meeting on Kartik 7 (October 23). The meeting will take place at the company's registered office in Naxal, Kathmandu, starting at 11 AM.

माछापुच्छ्रे बैंकले ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।Machhapuchchhre Bank Puts 55,000 Founder Shares Up for Sale Machhapuchchhre Bank has put 55,000 founder shares, held by existing founder shareholders, up for sale.

फरवार्ड माइक्रोफाइनान्सले १४% लाभांश घोषणा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।Forward Microfinance: 14% Dividend Announcement Forward Microfinance Laghubitta Bittiya Sanstha Limited has announced a 14% dividend for its shareholders. This decision was made during the company's board meeting held on Asoj 15 (October 1).

अपि पावर कम्पनीको वार्षिक साधारणसभा र बुक क्लोज स्थगित अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा र बुक क्लोज मिति हाललाई स्थगित गरिएको छ। विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याएपछि यस प्रक्रिया स्थगित भएको हो।Postponement of API Power Company's Annual General Meeting and Book Closure API Power Company Limited's annual general meeting (AGM) and book closure dates have been postponed. The Electricity Regulatory Commission has pointed out the need for a review of the company's proposed dividend, leading to the postponement of these events.

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ।New Executive Committee of Nepal Merchant Bankers Association Elected The Nepal Merchant Bankers Association has elected its new executive committee.

नेपाल राष्ट्र बैंकले बैंकहरूमा ८७ करोड रुपैयाँ लगानी गर्ने नेपाल राष्ट्र बैंकले ८७ करोड रुपैयाँ बैंकहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने जानकारी दिएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै क, ख, र ग वर्गका बैंकहरूमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपमा राख्ने योजना बनाएको हो।Nepal Rastra Bank to Invest NPR 870 Million in Banks Nepal Rastra Bank (NRB) has announced its plan to invest NPR 870 million as fixed deposits in various banks. In a public notice, the central bank revealed its intention to deposit funds from the subsidy and pension fund into fixed deposits across Class A, B, and C banks.

सम्पत्ति शुद्धीकरणमा कडाई: नेपाल राष्ट्र बैंकले जरिवानासहित नयाँ व्यवस्था लागू गर्यो नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण रोकथामका लागि कडाई गर्दै एकीकृत निर्देशन २०८० मा संशोधन गरेको छ। यस निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको उल्लङ्घन गरेमा १० लाखदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना लगाउन सकिने व्यवस्था गरिएको छ।Strict Enforcement on Money Laundering: Nepal Rastra Bank Implements New Rules with Fines Nepal Rastra Bank (NRB) has tightened regulations to prevent money laundering by amending the Integrated Directive 2080. According to this directive, banks and financial institutions found violating anti-money laundering laws will face fines ranging from NPR 1 million to NPR 50 million.

नेपाल राष्ट्र बैंकको वित्तीय स्थितिमा सुधार: विदेशी दायित्व घट्दै, स्थानीय अर्थतन्त्र सक्रिय नेपाल राष्ट्र बैंक (एनआरबी)ले ३१ भद्र २०८१ र ३१ असार २०८१ बीचको तुलनात्मक वित्तीय स्थिति सार्वजनिक गरेको छ। यस प्रारम्भिक प्रतिवेदनले विदेशी र स्थानीय मुद्रामा भएको सम्पत्ति र दायित्वमा महत्त्वपूर्ण परिवर्तनहरूलाई प्रष्ट पारेको छ, जसले बैंकको समग्र वित्तीय स्वास्थ्यलाई थप सुदृढ देखाउँछ। यस प्रतिवेदनले बैंकको मौद्रिक नीति र वित्तीय व्यवस्थापनको क्षेत्रमा सकारात्मक प्रगति भएको सङ्केत गरेको छ।Improvement in Nepal Rastra Bank's Financial Position: Foreign Liabilities Decrease, Local Economy Active Nepal Rastra Bank (NRB) has published a comparative financial report covering the period from August 16, 2024 (31st Bhadra 2081) to July 16, 2024 (31st Ashad 2081). This preliminary report highlights significant changes in both foreign and local currency assets and liabilities, indicating a strengthened overall financial health of the bank. The report signals positive progress in the bank’s monetary policy and financial management.

सरकारले १७ अर्ब ७५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १७ अर्ब ७५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ। यसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल र १२ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुनेछ। The Public Debt Management Office is set to conduct an auction today (Monday) for Treasury bills worth NPR 17.75 billion. This includes NPR 5 billion in new Treasury bills and NPR 12.75 billion for the renewal of existing Treasury bills.

एनएमबि बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर बिक्री खुला एनएमबि बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ। यी शेयरहरू विभिन्न संस्थापक शेयरधनीको नाममा रहेका हुन्, र हालका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।NMB Bank Opens Sale of 180,288 Promoter Shares NMB Bank has opened the sale of 180,288 promoter shares. These shares are currently held by various promoter shareholders, and only the existing promoter shareholders are eligible to purchase them at this time.

रुरु जलविद्युत परियोजनाले १५% बोनस सेयर र नगद लाभांश वितरणको घोषणा रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।Ruru Hydropower Project Announces 15% Bonus Shares and Cash Dividend Distribution Ruru Hydropower Project has announced a 15% bonus share and a 0.78% cash dividend (for tax purposes) distribution from last fiscal year’s profits. The decision was made during the company’s board of directors meeting held on Ashwin 12.

सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको लक-इन पिरियड खुल्दै सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको तीन वर्षको लक-इन अवधि कात्तिक १५ मा समाप्त हुँदैछ। यससँगै, संस्थापक सेयरधनी, कम्पनीका कर्मचारी, र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको नाममा रहेको सेयर बजारमा आउनेछ।Samling Power Company Limited’s Founder Shares Lock-in Period Ending The three-year lock-in period for the founder shares of Samling Power Company Limited is set to expire on Kartik 15. After this date, the shares held by the company's founders, employees, and residents of the project-affected areas will be available for trading in the market.