
नेपालमा ८ महिनामा ६,४०० विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै आयात चीनबाट6,400 Electric Vehicles Imported into Nepal in 8 Months, Majority from China and India
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा नेपाल मा ६ हजार ४०० वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार यस अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ बराबरको ईभी आयात हुँदा ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा धेरै ईभी चीन बाट (६९ प्रतिशत) भित्रिएका छन् भने भारत दोस्रो स्थानमा रहेको छ (२३ प्रतिशत) । अन्य केही ईभी थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण कोरिया लगायतका देशबाट पनि आयात भएका छन् ।In the first eight months of the current fiscal year 2025/26, Nepal imported 6,400 electric vehicles worth Rs 14.96 billion, generating Rs 9.11 billion in customs revenue. The majority of EV imports came from China (69 percent), followed by India (23 percent), while smaller numbers were imported from Thailand, United States, Germany and South Korea.


















