
बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेBudget Session Begins Today, PM Oli to Address Parliament
बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । गत चैत १९ मा हिउँदे अधिवेशन समाप्त भएपछि तीन साता बित्दा सांसदहरू फुर्सदमा थिए । तर, शिक्षकहरूको आन्दोलनको दबाबमा बजेट अधिवेशन निर्धारित समयभन्दा केही दिन अगावै बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको पहिलो दिन आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने जानकारी दिए । उनले भने, “बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ र पछिल्ला घटनाक्रमबारे कुरा राख्नुहुनेछ ।”Budget Session Begins Today, PM Oli to Address Parliament The budget session of the Federal Parliament commences today, with the first meetings of both the House of Representatives and the National Assembly scheduled for 1 PM. The winter session had concluded on April 1, leaving lawmakers idle for three weeks. However, the session has been called earlier than planned due to pressure from ongoing teachers' protests.


















