NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 42 / 194Next
    • पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून
      Investor

      3 min read

      पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून

      पुसमा मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित, खाद्य मूल्य घट्दा महँगी दबाब न्यून काठमाडौँ— २०८२ साल पुस महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। पछिल्लो तथ्यांकले मुलुकमा महँगीको दबाब उल्लेखनीय रूपमा कम भएको संकेत गर्दछ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहन पुगेको छ। गत वर्ष यही समूहको मुद्रास्फीति ७.६७ प्रतिशत रहेको थियो। खाद्य मूल्यमा आएको गिरावटले समग्र उपभोक्ता मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यता गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.१९ प्रतिशतको तुलनामा केही कम हो।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • भारी गिरावटपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सुधार
      Top

      1 min read

      भारी गिरावटपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सुधार

      केही दिनको लगातार गिरावटपछि माघ १९ गते मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सुधार आएको छ। यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी तोलामा १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। पछिल्ला दिनको तीव्र गिरावटपछि आएको यो वृद्धि मूल्य समायोजनको परिणाम भएको व्यवसायीहरूको भनाइ छ।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा
      Investor

      2 min read

      अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा

      अमेरिका–भारतबीच नयाँ व्यापार सम्झौता, भन्सार दर २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा काठमाडौं— डोनाल्ड ट्रम्प ले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन्। सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्नेछ। यस कदमलाई दुवै देशबीचको व्यापार सम्बन्धलाई नयाँ उचाइमा लैजाने महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने सहमति जनाएको उल्लेख गरेका छन्। साथै, भारतले रुसबाट तेल खरिद रोक्ने प्रतिबद्धता जनाएकाले भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइने उनको भनाइ छ। ट्रम्पका अनुसार यसले अमेरिकी उद्योग र रोजगारीलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत
      Investor

      1 min read

      विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत

      विश्व बैंकद्वारा नेपालमा दिगो तथा समावेशी वित्त विस्तारका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत काठमाडौँ— World Bank को कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो तथा समावेशी वित्त विस्तार गर्न ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको सस्टेनेबल एन्ड इन्क्लुसिभ फाइनान्स परियोजना स्वीकृत गरेको छ। परियोजनामार्फत एक लाखभन्दा बढी साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमुखी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। यसले नेपालका निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाउने, जोखिम साझेदारी विस्तार गर्ने र महिला नेतृत्वका व्यवसायसहित सेवा नपुगेका क्षेत्रका लागि नयाँ ग्यारेन्टी उत्पादन सुरु गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका कन्ट्री डिभिजन डाइरेक्टर डेभिड सिस्लेन का अनुसार वित्तीय पहुँच सहज बनाइँदा र लेनदेनका अवरोध घट्दा एमएसएमईहरू क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा आबद्ध हुन मद्दत पुग्नेछ। यसबाट रोजगारी सिर्जना र निजी क्षेत्र–आधारित आर्थिक वृद्धि प्रवर्द्धन हुने उनको भनाइ छ।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • ६ महिनामा ८.३% ले बढ्यो शेयर धितो कर्जा, कुल लगानी १ खर्ब ५२ अर्ब नाघ्यो
      Top

      1 min read

      ६ महिनामा ८.३% ले बढ्यो शेयर धितो कर्जा, कुल लगानी १ खर्ब ५२ अर्ब नाघ्यो

      चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा शेयर धितो कर्जा ८.३ प्रतिशतले बढ्दै १ खर्ब ५२ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा तरलताको सहजता र ब्याजदर घटेसँगै लगानीकर्ताहरूले कर्जा लिएर शेयर बजारमा लगानी बढाएका छन्। कर्जाको ठूलो हिस्सा ठूला लगानीकर्तामा केन्द्रित भए पनि मध्यम र साना लगानीकर्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको देखिन्छ।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै
      Investor

      1 min read

      प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै

      प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जारी गरेको अवितरित हकप्रद सेयरको लिलाम बिक्री आज माघ २० गते बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले २०८२ कात्तिक ०९ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म १ः१.३४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा अवितरित भई जगेडामा रहेको ४ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर माघ ०६ गतेदेखि न्यूनतम मूल्य प्रतिकित्ता ५५ रुपैयाँमा लिलाम बिक्री खुला गरिएको थियो।

      NEPSE TRADING

      ·

      3 Feb, 2026

    • नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा
      Investor

      1 min read

      नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा

      नाइट क्लबजस्तै सुरक्षा, सेयरधनी बाहिर—सिनर्जी पावरको साधारण सभा ‘हाई–भोल्टेज’ विवादमा काठमाडौं— करिब २०० बाउन्सर, कडा प्रहरी घेरा, सेयरधनीलाई नै धम्की र उम्मेदवारलाई प्रवेश निषेध। सोमबार बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा कम्पनीको इतिहासमै सबैभन्दा विवादित र सनसनीपूर्ण बनेको छ। बिहान १० बजे सुरु भनिएको सभास्थल बाहिर सेयरधनीहरूको भीड थियो, तर भित्र छिर्ने अनुमति केही सीमित व्यक्तिलाई मात्र। सर्वसाधारण सेयरधनी र सञ्चारकर्मीलाई प्रवेश नदिइँदा सभास्थल नाइट क्लबको सुरक्षा व्यवस्थाजस्तै देखिएको आरोप लगानीकर्ताहरूले लगाएका छन्। “सेयरधनी आफ्नै कम्पनीको सभामा छिर्न नपाउने, तर निजी बाउन्सर र सुरक्षा गार्डको रिंग—यो कस्तो सुशासन?” एक आक्रोशित लगानीकर्ताले प्रश्न गरे।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
      Top

      2 min read

      सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

      सरकारले माघ १९ गते ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। यसमा ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गरिनेछ भने १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरिनेछ। बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेकाले पछिल्लो समय ट्रेजरी बिलमा उच्च माग देखिएको छ, जसका कारण डिस्काउन्ट दर घट्दो क्रममा छ। हालैका बोलकबोलहरूमा माग आह्वान रकमभन्दा तीनदेखि छ गुणासम्म बढी परेको देखिएको छ, जसले बैंकहरू सुरक्षित अल्पकालीन लगानीतर्फ आकर्षित भएको संकेत गर्छ।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • दोस्रो त्रैमाससम्म हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले उकासियो
      Top

      1 min read

      दोस्रो त्रैमाससम्म हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले उकासियो

      हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेखनीय नाफा वृद्धि देखाएको छ। लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१.६६ प्रतिशतभन्दा बढीले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार आएको हो। समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २६ रुपैयाँ २४ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा रहेको छ।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा, औद्योगिक विकासलाई गति
      Top

      1 min read

      कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा, औद्योगिक विकासलाई गति

      काठमाडौँ, माघ १९ — नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ। कोहलपुर–सुर्खेत खण्ड सञ्चालनमा आएसँगै ओभरलोड, बारम्बार बत्ती जाने र लो–भोल्टेजको समस्या कम हुने प्राधिकरणले जनाएको छ। यसले कर्णालीमा औद्योगिक विकास, बढ्दो विद्युत् खपत र समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। अब सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढाइने छ।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते, ५ प्रतिशत बोनससहित ५.५२ प्रतिशत नगद लाभांश प्रस्ताव
      Top

      1 min read

      एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते, ५ प्रतिशत बोनससहित ५.५२ प्रतिशत नगद लाभांश प्रस्ताव

      Asian Life Insurance Limited ले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न फागुन ११ गते १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्नेछ।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट, तीन दिनदेखि निरन्तर ओरालो
      Top

      <1 min read

      नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट, तीन दिनदेखि निरन्तर ओरालो

      माघ १९ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा तीव्र गिरावट आएको छ। सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा र चाँदी ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार पछिल्लो तीन दिनदेखि दुवै धातुको मूल्य निरन्तर घट्दो क्रममा छ।

      NEPSE TRADING

      ·

      2 Feb, 2026

    • आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट
      Top

      1 min read

      आईतवार नेप्से दोहोरो अंकले ओरालो, २७ सय मुनि झर्दै कारोबार रकममा पनि गिरावट

      आईतवार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। नेप्से १९.८५ अंकले घट्दा कारोबार रकम पनि घटेर ९ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। मिथिला लघुवित्तको शेयर मूल्य सर्वाधिक बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक र रवा इनर्जीको शेयरमा तीव्र गिरावट देखिएको छ। १३ उपसमूहमध्ये व्यापार उपसमूह बाहेक सबै ओरालो लाग्दा बजार पूँजीकरण ४५.२३ खर्ब रुपैयाँ कायम भएको छ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै
      Investor

      2 min read

      अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै

      अत्यधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन, ५२ दिनका लागि रकम तानिँदै काठमाडौं — बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा कर्जा प्रवाह अपेक्षित रूपमा विस्तार हुन नसक्दा निक्षेपको ठूलो हिस्सा निष्क्रिय अवस्थामा थुप्रिएको देखिन्छ । यही अवस्थालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले छोटो अवधिका लागि बजारबाट तरलता सोस्ने नीति अवलम्बन गरेको हो । पछिल्ला महिनाहरूमा निक्षेप संकलन उपकरणको निरन्तर प्रयोगले प्रणालीमा तरलता अत्यधिक भएको संकेत गरेको केन्द्रीय बैंकको बुझाइ छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज बुधबार दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ ।त्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले तरलता व्यवस्थापनका लागि आज ५२ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रियाबाट उक्त रकम संकलन गर्न लागेको हो ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला ३ लाखमा झर्यो
      Top

      1 min read

      सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला ३ लाखमा झर्यो

      माघ १८ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झरेको छ भने चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। पछिल्ला दुई दिनदेखि निरन्तर गिरावट आएको मूल्यलाई अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग कमजोर हुनु मुख्य कारण मानिएको छ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावत
      Investor

      2 min read

      नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावत

      नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेलमा ३ रुपैयाँ वृद्धि, एलपी ग्यासको मूल्य यथावत काठमाडौं — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट माघ १७, २०८२ मा प्राप्त नयाँ खरिद मूल्यका आधारमा डिजेल, पेट्रोल र एलपी ग्यासको लागत बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार समायोजित मूल्य १ फेब्रुअरी २०२६ (माघ १८, २०८२) को बिहान ००:०१ बजेदेखि लागू हुनेछ । निगमले जनाएको अनुसार आईओसीबाट डिजेलको खरिद मूल्य प्रतिलिटर ४ रुपैयाँ ६६ पैसाले बढेर आए पनि त्यसको पूर्ण भार उपभोक्तामाथि नपार्ने निर्णय गरिएको हो । नयाँ मूल्य संरचनाअनुसार पहिलो वर्गका डिपो क्षेत्रमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ तोकिएको छ । यसअघि पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १३३ रुपैयाँ ५० पैसा, १३५ रुपैयाँ र १३६ रुपैयाँ खुद्रा मूल्य कायम थियो ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षा
      Investor

      2 min read

      भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षा

      भारतीय वित्तमन्त्री सीतारमण आज नवौं बजेट प्रस्तुत गर्दै, कर छुट र कृषिमा प्राथमिकताको अपेक्षा काठमाडौं — भारतकी वित्तमन्त्री निर्मला सीतारमण ले आज लगातार नवौं पटक केन्द्रीय बजेट प्रस्तुत गर्ने भएकी छिन् । उनले नयाँ आर्थिक वर्ष २०२६/२७ का लागि बजेट संसदमा प्रस्तुत गर्न लागेकी हुन् । भारतीय संविधानको धारा ११२ अनुसार सरकारले प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि संसदमा केन्द्रीय बजेट पेश गर्नुपर्ने व्यवस्था छ । भारतको आर्थिक वर्ष प्रत्येक वर्ष अप्रिल १ देखि सुरु भई अर्को वर्षको मार्च ३१ मा समाप्त हुन्छ । भारतमा आर्थिक वर्ष सुरु हुनुभन्दा करिब दुई महिना अघि बजेट प्रस्तुत गर्ने प्रचलन रहँदै आएको छ । आज प्रस्तुत हुन लागेको बजेटलाई वर्तमान आर्थिक अवस्था, आगामी आम निर्वाचनको प्रभाव र मध्यम वर्ग तथा किसानमुखी अपेक्षासँग जोडेर हेरिएको छ । गत आर्थिक वर्षमा वित्तमन्त्री सीतारमणले ५० लाख ६५ हजार ३४५ करोड भारतीय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमा ११ लाख २१ हजार ९० करोड रुपैयाँ पूँजीगत खर्चका लागि र ३९ लाख ४५ हजार करोड रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको थियो । यसपटक भने आर्थिक वृद्धिदर कायम राख्न, पूर्वाधार विस्तार र सामाजिक क्षेत्रलाई थप बल दिन अझ ठूलो र वृहत्तर बजेट आउने भारतीय सञ्चारमाध्यमहरूले अनुमान गरेका छन् ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • खुद ब्याज आम्दानीमा सामान्य सुधार, तर नउठेको ब्याज र खराब कर्जाले बैंकिङ क्षेत्र दबाबमै
      Trending

      3 min read

      खुद ब्याज आम्दानीमा सामान्य सुधार, तर नउठेको ब्याज र खराब कर्जाले बैंकिङ क्षेत्र दबाबमै

      खुद ब्याज आम्दानीमा सामान्य सुधार, तर नउठेको ब्याज र खराब कर्जाले बैंकिङ क्षेत्र दबाबमै काठमाडौं — चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरूको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ । तर, बैंकहरूको नाफामा ठूलो हिस्सा पाकेको तर नउठेको ब्याजबाट आएको तथ्य सार्वजनिक भएपछि बैंकिङ क्षेत्रको वास्तविक वित्तीय स्वास्थ्यप्रति चिन्ता कायमै देखिएको छ । दोस्रो त्रैमाससम्म सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले पुस मसान्तसम्म कुल ९६ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३.७२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा बैंकहरूको कुल खुद ब्याज आम्दानी ९२ अर्ब ६० करोड रुपैयाँ हाराहारीमा सीमित थियो । कुल बैंकहरूमध्ये १४ वटाले आम्दानी बढाएका छन् भने ६ वटा बैंकको खुद ब्याज आम्दानी घटेको देखिन्छ । खुद ब्याज आम्दानीको आधारमा नबिल बैंकले अग्रता कायम राखेको छ । बैंकले पुस मसान्तसम्म ८ अर्ब ८ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८ अर्ब २ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे पनि यसको खुद ब्याज आम्दानी वार्षिक आधारमा घटेको देखिन्छ । तेस्रो स्थानमा रहेको कुमारी बैंकले भने उल्लेख्य सुधार गर्दै २७ प्रतिशतभन्दा बढी वृद्धिदर हासिल गरेको छ ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • निजी क्षेत्रमैत्री घोषणापत्र ल्याउन एफएनसीसीआईको आग्रह, लगानी नबढे अर्थतन्त्र जोखिममा पर्ने चेतावनी
      Investor

      3 min read

      निजी क्षेत्रमैत्री घोषणापत्र ल्याउन एफएनसीसीआईको आग्रह, लगानी नबढे अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

      निजी क्षेत्रमैत्री घोषणापत्र ल्याउन एफएनसीसीआईको आग्रह, लगानी नबढे अर्थतन्त्र जोखिममा पर्ने चेतावनी काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट तथा कार्यान्वयनयोग्य नीति समेट्न आग्रह गरेको छ । शनिबार काठमाडौंमा आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले निजी क्षेत्र लामो समयदेखि उपेक्षित बन्दै जाँदा मुलुकको समग्र आर्थिक पुनरुत्थान नै चुनौतीपूर्ण बन्दै गएको बताए । कुल गार्हस्थ उत्पादनमा करिब ८१ प्रतिशत योगदान र करिब ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र कमजोर हुँदा अर्थतन्त्र नै जोखिममा परेको उनको भनाइ थियो । अध्यक्ष ढकालले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्नु गम्भीर संकेत भएको उल्लेख गरे । “निजी क्षेत्रको मनोबल ऐतिहासिक रूपमा कमजोर अवस्थामा पुगेको छ । यही अवस्था लम्बिँदै गयो भने रोजगारी र राजस्व अझै संकुचित भई देश असफलताको दिशातर्फ जान सक्छ,” उनले चेतावनी दिए ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026

    • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Top

      1 min read

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड ले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्दैछ। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बीबी माइनस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

      NEPSE TRADING

      ·

      1 Feb, 2026